एकै परिवारको चार जनाको हत्या

काठमाडौँ ।
 भोजपुरमा एकै परिवारको चार जनाको हत्या भएको छ  । रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरका चार जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  ।

प्रहरीका अनुसार  ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।

प्रहरीका अनुसार बेलबदुरको ज्वाइँ राजेन्द्र राईले चारै जनाको हत्या गरेको अनुमान गरेको छ । घटनास्थलमै घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours