बाढीमा फसेका ५० जनाको सफल उद्धार

काठमाडौं ।
 चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीस्थित जलविद्युत् आयोजना (हाइड्रोपावर) को ड्याम साइडमा फसेका ५० जनाको सफल उद्धार गरिएको छ ।

मंगलबार दिउँसो १२ः५० बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सुरक्षा निकायले जनाएका छन् ।

प्रहरीका अनुसार उद्धार गरिएकामध्ये ४ महिला र ४६ पुरुष छन् । उनीहरूलाई झोलुङ्गे पुल प्रयोग गरेर पैदलमार्गबाट सुरक्षित स्थानमा ल्याइएको हो ।

उद्धार गरिएकामध्ये १ जना चिनियाँ नागरिक समेत रहेको जनाइएको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै चीनतर्फबाट आएको बाढीले ड्याम साइडमा काम गरिरहेका कामदार तथा अन्य व्यक्तिहरू त्यहाँ फसेका थिए ।

सुरक्षा निकायका अनुसार अझै पनि केही स्थानमा जोखिम कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours