
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
एमाले विधान महाधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै ओलीले ०८४ सालमा एमालेले बहुमत ल्याउन सम्भव रहेको बताएका हुन् ।
‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ, यदि जनताको बीचमा सक्रियतापूर्वक गयौं भने– पार्टी र जनवर्गीय कमिटीका सदस्य र कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन,’ ओलीले भने । ओलीले ०८४ सालको चुनावमा धाँधली हुन नदिने बताए । ‘हामी सरकारमा छौं, आउँदो निर्वाचन कसैले धाँधली गर्न पाउने छैन । निष्पक्ष, स्वतन्त्र निर्वाचन हुनेछ,’ ओलीले भने ।


Leave a Reply