२०८३ जेठ २४ , आइतबार

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतमा नयाँ नेतृत्व चयन



सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतमा नयाँ नेतृत्वका रूपमा खगेन्द्र विक्रम राणा अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी विक्रम गिरी वरिष्ठ उपाध्यक्ष, राजेन्द्र शाही उपाध्यक्ष, चित्रनाथ योगी महासचिव, टोपबहादुर महतारा सचिव तथा मङ्गल श्रेष्ठ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै, कार्यसमितिको महिला सदस्यमा पूनम खड्का निर्वाचित भएकी छन् भने सदस्यहरूमा अर्जुनजंग शाही, रमेश खत्री, खम्बबहादुर शाही र कृष्ण खड्का चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत विकास, व्यवसायिक एकता तथा निर्माण क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार