सुर्खेत । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित डाइनामिक इङ्गलिस मिडियम बोर्डिङ स्कुलले ५१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

वीरेन्द्रनगर–१० स्थित विद्यालय परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेको हो ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयले विपत्तिमा परेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै मानवीय सहयोगका लागि सबैलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेको छ।
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार







