सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६, मङ्गलगढी चोकमा काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नागरिकलाई सहज, गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको पोलिक्लिनिकमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा उपलब्ध हुने जनाइएको छ ।
पोलिक्लिनिकमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिका थापा, डा. शिक्षा आचार्य, वरिष्ठ फिजिसियन डा. कुलराज शाही, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. तेजेन्द्र साउद, वरिष्ठ बालरोग विशेषज्ञ डा. महेश चौलागाईं र डा. केशव अधिकारी, वरिष्ठ रेडियोलोजिस्ट डा. अमित कुमार ठाकुर, वरिष्ठ जनरल सर्जन डा. प्रकाशन राई तथा एम.एस. जनरल सर्जरी डा. अशोक कुमार रोकायालगायत चिकित्सकहरू आबद्ध छन्।

पोलिक्लिनिकमा विभिन्न रोगको विशेषज्ञ परामर्शसँगै आवश्यक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा उपलब्ध हुने छन् । नयाँ स्वास्थ्य संस्था सञ्चालनमा आएसँगै सुर्खेत तथा कर्णाली प्रदेशका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन बाहिर जानू पर्ने छैन् ।
काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरले स्वास्थ्य सेवा सहज, भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यसहित विशेषज्ञ चिकित्सक तथा आधुनिक स्वास्थ्य परीक्षण सेवामार्फत नागरिकलाई सेवा प्रदान गर्ने जनाएको छ ।








