२०८३ कात्तिक ९ , सोमबार

विराटनगरमा ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक मृत भेटिए



विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ र मृत्युको यकिन कारण खुल्न बाँकी छ।
विदेशबाट फर्किएर खत्रीले विराटनगर, काठमाडौं र विराटचोकमा पिजफायर शाखा सञ्चालन गरेका थिए। ८ असोज, विराटनगर । विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, केराबारी गाउँपालिकास्थित धारापानी जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा शनिबार अपरान्ह मृत फेला परेका हुन् ।

कहिलेकाही केराबारीसम्म पुग्ने गरेको खुलेपनि मृत्युको यकिन कारण भने हालसम्म खुल्न बाँकी रहेको उनले बताए । उनको शव फेला पर्दा परिवारका सदस्य भने भारत थिए । आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले जनाएको छ । लामो समय रोजगारीको सिलसिलामा विदेशमा बिताएका खत्रीले स्वदेश फर्किएर विराटनगरको सेन्ट्रल मलबाट पिजफायर सुरु गरेका थिए । त्यसपछि काठमाडौं र मोरङको विराटचोकमा पनि पिजफायरको शाखा सुरु गरेका थिए । पछिल्लो समय भने विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए । विराटनगरमा आधुनिक ‘पिज्जा कल्चर’ भित्र्याउन र लोकप्रिय बनाउन खत्रीको योगदान रहेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते आइतबार