काठमाडौं। दसैं बिदापछि खुलेको नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार दसैंअघि कायम मूल्यको तुलनामा सुनको भाउमा उल्लेख्य कमी आएको हो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। दसैंपछिको पहिलो कारोबार दिनमै सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा बहुमूल्य धातुको भाउमा गिरावट देखिएको छ। यद्यपि, आगामी दिनमा मूल्य कस्तो रहने भन्ने कुरा बजारको उतारचढावमा निर्भर हुनेछ।








