काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीका लागि परिचयपत्र अनिवार्य गरेको छ।
विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै परिसरमा प्रवेश गर्दा आफ्नो परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको हो। एनपीएलको तेस्रो संस्करणअन्तर्गतका क्रिकेट खेलहरू कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा सञ्चालन हुँदैछन्। खेल अवधिमा विश्वविद्यालय परिसरमा आवतजावत गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको पहिचान सुनिश्चित गर्न परिचयपत्र साथमा राख्न अनुरोध गरिएको विश्वविद्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक ८ गते आइतबार








