२०८३ कात्तिक ९ , सोमबार

प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्। प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेट टोली तथा खेलकुद क्षेत्रलाई शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

करिब एक महिनासम्म चल्ने प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले यस वर्ष केही नयाँ व्यवस्था गरेको छ। यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिनेछ। यस प्रणालीले खेलका क्रममा अम्पायरबाट भएका निर्णयको पुनरावलोकन गर्न सहयोग पु¥याउनेछ।

यसपटक विभिन्न देशका चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहने भएकाले प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार