२०८३ कात्तिक ९ , सोमबार

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी माग



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।

समितिले सोमबार सूचना जारी गर्दै डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध १० दिनभित्र उजुरी दिन आग्रह गरेको हो। सिफारिस भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन समितिले अनुरोध गरेको छ।

उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउनुपर्नेछ। तर, उजुरीकर्ताले चाहेमा निजको नाम गोप्य राखिने समितिले जनाएको छ। यसअघि असोज २० गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार