२०८३ कात्तिक ९ , सोमबार

उदयपुरमा बोलेरो जिप दुर्घटना, १५ जना घाइते



उदयपुर। उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरको अवस्था थप उपचार आवश्यक परेकाले उनलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार