Blog

  • ‘रोटरी जुर्नो अर्वाड २०२५’ बाट पत्रकार सागर परियार पुरस्कृत

    ‘रोटरी जुर्नो अर्वाड २०२५’ बाट पत्रकार सागर परियार पुरस्कृत

    कर्णाली मिसनका प्रकाश तथा प्रधान सम्पादक सक्रिय पत्रकार सागर परियार प्रतिष्ठित ‘रोटरी जुर्नो अर्वाड–२०२४–०२५ बाट पुरस्कृत भएका छन् ।

    रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विद्याका अर्वाड मध्य यसवर्षको खानेपानी र सरसफाई तर्फको प्रतिष्ठित रोटरी जुर्नो अर्वाड–२०२५ पत्रकार परियारले प्राप्त गरेका हुन् ।

    शनिवार एक समारोहका बीच रोटरी ईन्टरनेश्नलका डिस्ट्रीक गर्भनर राजेन्द्रमान शेर्चनले पत्रकार परियारलाई अर्वाड हस्तान्तरण गरे । रोटरी ईन्टरनेश्नल संस्थाले दिगो शान्ति,खानेपानी तथा सरसफाई,शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ । विभिन्न विद्याका पुरस्कार मध्य खानेपानी र सरसफाई क्षेत्रमा निन्तर कलम चलाएको भन्दै परियारलाई रोटरी जुर्नो अर्वाड प्रदान गरिएको हो ।रोटरीले प्रदान गर्ने रहेक पुरस्कारको विशेष महत्व छ । अर्वाडका लागि सार्वजानिक सूचना आह्वान गरिएको थियो । जसमध्य देशभरबाट ५५ जना पत्रकारको आवदेन परेको थियो । जुरी कमिटिले प्राप्त आवेदन र प्रकाशित स्टोरी गहन अध्यायन गरेर खानेपानी र सरसफाई तर्फको अर्वाडका सागर परियारलाई छनोट गरेको हो ।

    खुल्ला आवेदन मार्फत देशभरमध्य छनोट भई उत्कृष्ट पत्रकारका रुपमा छनोट भई पत्रकार परियारलाई रोटरी जर्नो अर्वाड प्रदान गरिएको हो । कारोबार दैनिक,रेडियो नेपालका संवाददाता तथा कर्णाली मिसनका प्रकाशक प्रधान सम्पादक समेत रहेका परियारलाई शनिवार ललितपुरमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरिएको छ । पत्रकार परियारलाई नगद रु ५१ हजार सहित सम्मानपत्र प्रदान गरिएको छ । रोटरी ईन्टरनेश्नलले दिगो शान्ति,उपचार तथा रोकथाम आर्थिक विकास,खानेपानी तथा सरसफाई लगायतका सात विधामा अर्वाडका लागि आवेदन मागेको थियो । प्राप्त आवेदन उपर मुल्यांकन समितिले विद्यागत रुपमा उत्कृष्ट लेख्ने पत्रकारहरुलाई अर्वाडका लागि सिफारिस गरेको हो । जसमा जुम्लाका पत्रकार सागर परियारले खानेपानी र सरफाईका क्षेत्रमा पत्रकारिता मार्फत उल्लेखीय योगदान दिएकोले ५१ हजार नगद रासीको रोटरी अर्वाडका लागि छनोट गरेको आयोजकले जनाएको छ ।

    प्राकृतिक स्रोत संरक्षण,खानेपानी विकास,सरसफाई,खानेपानीमा लगानी जस्ता कुराामा निरन्तर समचार स्टोरी लेखेकामा पुरस्कृत भएका हुन ।कर्णालीको जल सम्पदाको संरक्षण तथा सदुपयोगमा समेत जोड दिईएको छ । अर्वाड ग्रहणपछि पत्रकार परियारले खुसी व्यक्त गरेका छन् । पुरस्कारले पेशा प्रति थप जिम्मेवारी बढेको उनको भनाई छ । म मेहनत र कर्ममा विश्वास गर्छु । यस्ता प्रोत्साहनले पेसा प्रति थप लगनशील र सर्पित हुने उर्जा दिन्छ । देशभरीबाट उत्कृष्ट पत्रकारको सम्मान पाउँदा अत्यन्तै खुसी छु ।साथ सहयोग हौसला प्रदान गर्ने सबैलाई धन्यबाद।

    रोटरी डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेर्चरलेले नेपालका पत्रकारले सामाजिक विकास तथा रुपान्तरणका लागि तथ्य उजागर गर्ने नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्न अर्वाड वितरण गरिएको बताए । रोटरी ईन्टरनेश्लन एक सेवा मुलक संस्था हो । उनले भने, यसले सामाजिक रुपान्तरणका लागि काम गरिरहेको छ । विशेषगरी शिक्षा,स्वास्थ्य,खानेपानी,सरसफाई,दिगो शान्ति लगायतका क्षेत्रमा काम गर्छौ । यी क्षेत्रमा सशक्त तथ्यपरक कमल चलाउने पत्रकारलाई प्रोत्साहन गर्न अर्वाड दिएका हौ ।

    छनोट समितिका सदस्य तथा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिपक आर्चायले पत्रकारको मेहनतको कदर गर्दै हौसल प्रदान गर्न दिईएको अर्वाडले पत्रकारलाई थप जिम्मेवार बनाएको बताए । साथै जुम्लामा बसेर समाजका विभित पक्षमा पत्रकार सागर परियारले निरन्तर कलम चलाएको विषयमा समेत प्रशंसा गरे । सबै विद्यामा अब्बल स्टोरी लेखिएपनि खानेपानी र सरसफाई क्षेत्रमा उत्कृष्ट लेखन गरेका देशभरीबाट अर्वाडका लागि पत्रकार परियार छनोटमा परेको समेत उल्लेख गरे ।

    पत्रकार परियार सहित विभिन्न विद्यामा देशभरका सात जना पत्रकारले जनही रु ५१ हजार नगद राखीको रोटरी जर्नो अर्वाड प्राप्त गरेका छन् । यसअघि उनले नेपाल सरकारले दिने यूवा पत्रकारिता पुरस्कार र मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार समेत पाईसकेका छन् ।

  • बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइँदै छ: रिमाल भन्छन्

    बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइँदै छ: रिमाल भन्छन्

  •  विद्यालयलाई ल्यापटप हस्तान्तरण

     विद्यालयलाई ल्यापटप हस्तान्तरण

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ स्थित माध्यमिक विद्यालय कोटजहारीलाई ल्यापटपसहितका उपकरण प्रदान गरिएको छ ।

    शनिबार चौरजहारी नगरपालिका रुकुम र साझा शिक्षा ई-पाटी नेपालसँगको सहकार्यमा कम्प्युटर लगायतका उपकरण हस्तान्तरण तथा अभिमुखीकरण गरिएको छ । साझा शिक्षा ई–पाटी नेपालले प्लान इन्टरनेशनलको सहयोगमा कम्प्युटर उपकरण हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरहेको हो ।

    नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार डिजिटल सिकाइ ल्याब व्यवस्थापन तथा शिक्षक अभिमुखीकरण कार्यक्रम कार्यान्वयनका लागि डिजिटल सामग्री प्रदान गरिएको छ । चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रलाल शर्मालाई डिजिटल शैक्षिक सामग्रीसहितका उपकरण हस्तान्तरण गरेका हुन् । २० वटा ल्यापटप, एक वटा अफलाइन ई–पुस्तकालय सर्भर, एक वटा राउटर, आठ वटा पावरस्ट्रिप र २० वटा हेडफोनसहितका सामग्री हस्तान्तरण गरेका छन् ।

    सामग्री हस्तन्तरण कार्यक्रममा नगर प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी शर्मा बिएम, ७ नम्बर वडा अध्यक्ष भीमप्रसाद जैसी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो । नगरपालिकाले प्राप्त सामग्रीको सही सदुपयोग गरी विद्यालयले शिक्षण सिकाइमा नयाँपन ल्याउने विश्वास गरेको छ ।

  • जन्मदिनमा केसीले बिरामी र बालबालिकालाई सहयोग

    जन्मदिनमा केसीले बिरामी र बालबालिकालाई सहयोग

     रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहेका भिमराज केसीले जन्मदिनको अवसरमा विपन्न बालबालिका र बिरामीलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

    गरिबीका कारण पठनपाठनमा समस्या भएका ६ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि र आर्थिक अभावका कारण उपचारमा समस्या भएका दुई जना बिरामीलाई नगद रकम प्रदान गरेर केसीले जम्मदिन मनाएका हुन् । केसीले सानीभेरी गाउँपालिका ६ छहरास्थित जनता माविमा कक्षा १ मा अध्ययनरत छात्र कमल केसी, अमरज्योति आवि सल्लिचौरमा कक्षा २ मा अध्ययनरत छात्रा दीपकला विक, लक्ष्मी आवि कोटगाउँमा कक्षा ४ मा अध्ययनरत छात्र धनसिं पुन, पृथ्वी आवि देउताखोलामा कक्षा ४ मा अध्ययनरत छात्र धनबहादुर घर्ती, सानीभेरी–गाउँपालिका ३ को सूर्योदय मावि बेल्टापूमा कक्षा ५ मा अध्ययनरत छात्र कमल नकाल र सानीभेरी गाउँपालिका ९ को राप्ती ज्ञानोदय मावि सिम्लीमा कक्षा १ मा अध्ययनरत छात्रा रिता खड्कालाई पाँच पाँच हजारका कापी, कलम, झोला, लगाएतका शैक्षिक सामाग्रि सहयोग गरेका हुन्।

    यसैगरी उनले कलेजोको समस्या भई उपचार गराईरहनुभएका सानीभेरी गाउँपालिका ६ का धनबहादुर घर्ती र हृदयघातका कारण उपचाररत सानीभेरी गाउँपालिका ३ का खडकबहादुर विकलाई जनही १० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। उनिहरुको उपचारमा सहयोग पुग्ने मनसायले उक्त सहयोग गरिएको हो । शनिवार सानीभेरी गाउँपालिकाको सिम्लीमा पत्रकार नारायण ओलीको सहजीकरणमा उक्त शैक्षिक सामाग्री र नगद हस्तान्तरण गरिएको हो । केसीको उक्त कार्यलाई उदाहरणिय र उत्कृष्ट सामाजिक कार्यका रुपमा चर्चा गरिएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर यहाँका एक व्यक्तिले सामाजिक कार्यमा खर्च गरेका छन् ।

  • राउटे बस्तीमा खाद्य संकट

    राउटे बस्तीमा खाद्य संकट

    सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिएको छ ।

    सुर्खेतमा दुई स्थानमा बस्दै आएको यो समुदायले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएको छैन । राउटेको एक समूह बराहताल गाउँपालिका–९ को सोतखोला किनारमा र अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।
    सोतखोला बस्तीका मुखिया सूर्यनारायण शाहीको बैशाख १५ गते निधन भएको
    थियो । अहिले सो बस्ती रानो विनाको मौरीजस्तै छ । १९ घरको नेतृत्व कस्ले गर्ने भन्ने टुंगो लागेको छैन । बड्डीचौरबाट खोला किनारै किनार डेढ घण्टा हिँडेर पुगिने बस्तीमा एक महिनायता कुनै दाता आएका छैनन् । ‘भएको चामल मुखियाको किरियाकर्ममा सकियो,’ मृतक सूर्यनारायणका भाइ शेरबहादुरले भने, ‘भत्ता पनि आएको छैन, सहयोग गर्ने मानिसहरू पनि कोही आएका छैनन् ।’
    शेरबहादुरले सरकारलाई चाँडोभन्दा चाँडो भत्ता उपलब्ध गराइदिन अनुरोध गरे । ‘हामीले बनाएका काठका सामानहरू विक्री हुँदैनन्, सरकारले भत्ता नदिएको चार महिना भयो,’ उनले भने, ‘हामीलाई छाक टार्न मुस्किल भइसक्यो ।’ राउटेलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले दिने गरेको
    छ । हरेक तीन–तीन महिनामा भत्ता दिने गरेको गुराँसले चार महिना बित्दा पनि उपलब्ध गराएको छ ।
    वीरेन्द्रनगरको सोतखोलामा बस्दै आएको राउटे समुदायका मुखिया वीरबहादुर शाहीले चामल नहुँदा सोतकोखामा बितेका मुखिया सूर्यनारायणको मृत्यु कर्म गर्न नपाएको
    बताए । ‘१३ दिनसम्म प्रत्येक घरले सबैलाई बोलाएर खाना खुवाउने, चामलबाट घरेलु मदिरा बनाएर खाने चलन हुन्छ,’ उनले भने, ‘खाद्यान्न नहुँदा मृत्यु कर्म गर्न पाएका
    छैनौँ ।’ करेखोला वीरेन्द्रनगर बजारदेखि नजिकै छ । यहाँ छाक टार्नका लागि सानोतिनो सहयोग जुटिरहेको छ, सोतखोलामा भने सहयोगीहरू कोही पुगेका छैनन् ।
    मुखिया वीरबहादुर दुबै बस्तीमा खाद्यान्न संकट भएपनि सोतखोलाको बस्तीमा अझ ठूलो समस्या रहेको बताए । ‘त्यहाँ गाडी पनि जाँदैन, मानिस पनि जाँदैनन्,’ उनले भने, ‘कि भत्ता कि चामल मिलाइदिन पर्‍यो ।’
    गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले यसै साता राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए । उनले पालिकाबाट संघ सरकारमा विवरण पठाउन ढिलाइ भएका कारण सामाजिक सुरक्षा भत्ता आउन ढिलो भएको बताए ।

    ‘पालिकाले राउटे समुदायको विवरण पठाएपछि तीन–तीन महिनामा भत्ता निकासा हुन्छ,’ उनले भने, ‘यो पटक विवरण पठाउन ढिलो भएकाले केही समस्या भएको
    हो ।’ उनले दुई ठाउँमा छरिएर रहेका राउटे समुदायलाई आगामी साता बस्तीमै पुगेर तीन महिनाको भत्ता एकमुष्ट वितरण गरिने
    बताए । राउटे समुदायको हालको जनसंख्या १३५ हो । ७५ जना महिला र ६० जना पुरुष राउटे
    छन् ।

  • मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

    मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको हो । “मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको बताउनुभएको छ । “जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

    तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

  • छोरी सञ्जालको अध्यक्षमा विनिता बस्नेत

    छोरी सञ्जालको अध्यक्षमा विनिता बस्नेत

    श्री ज्योति फाउन्डेसनले बैशाख २७ गतेदेखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको प्रथम कर्णाली छोरी सम्मेलनबाट प्रदेश स्तरीय छोरी सञ्जाल गठन गरिएको छ ।

    प्रदेश स्तरीय छोरी सञ्जालको अध्यक्षमा विनिता बस्नेत सर्वसम्मत चयन भएकी छन् । २१ सदस्यीय कार्यसमिती रहने गरी गठन भएको छोरी सञ्जालको उपाध्यक्षमा प्रिन्सा बम, सचिव यमुना थापा मगर, सहसचिव सन्तोषी भग्री र कोषाअध्यक्षमा रेजिना सिंह चयन भएका हुन ।

    कर्णाली प्रदेशका १० जिल्लाबाट सहभागि भएका दुई सय जना छोरीहरुबाट यो सञ्जालको गठन गरिएको हो । कर्णाली प्रदेश स्तरीय छोरी सञ्जालको सदस्यहरुमा सुस्मा हमाल, स्माइल रेग्मी, लक्ष्मी बस्नेत, सपना शाही, जेनिसा बुढा, विपना खड्का, विनिता विश्वकर्मा, लोकसरा खड्का, धर्मा शाही, विन्दु कोमल राना, निशा पहराई मगर, लक्ष्मी खत्री, हिरा कुमारी, रोशनी रोकाया, दिपा डाँगी र स्मृति बोगटी चयन भएका हुन ।

    साथै कर्णाली प्रदेशका ७९ वटै पालिकामा पनि पालिका स्तरीय छोरी सञ्जाल गठन हुने र यस सञ्जालले छोरी सवालहरुमा काम गर्ने श्री ज्योती फाउन्डेसनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिइन् ।

    प्रथम कर्णाली छोरी सम्मेलनमा ७९ वटा स्थानीय तहबाट र लोपन्मुख राउटे, राजी, कसुण्डा वादी र बोटे समुदायका छोरीहरुको सहभागिता रहेको थियो ।

  • व्यक्तिप्रतिको धारणा अलग–अलग होला, विधि बचाउने जिम्मा साझा हो : सोबिता गौतम

    व्यक्तिप्रतिको धारणा अलग–अलग होला, विधि बचाउने जिम्मा साझा हो : सोबिता गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायालयमा विधि बचाउने साझा जिम्मेवारी भएको टिप्पणी गरेकी छिन् ।

    उच्च अदालत पोखरामा पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालतले गरेको निर्णयविरुद्ध परेको रिटको सुनुवाइबारे जानकारी नगराएको विषयमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

    कानुनको विद्यार्थी समेत रहेकी सांसद गौतमले उच्च अदालत पोखरामा अनौठो दृश्य देखिएको उल्लेख गर्दै इजलासको प्रवृत्तिप्रति शंका सिर्जना भएकोमा प्रश्न गरेकी छिन् ।

    बिहीबारबाट सुरु भएको सुनुवाइबारे लामिछानेका वकिलहरूले जानकारी नगराइएको भन्दै शुक्रबार इजलासमै प्रश्न उठाएका थिए ।

    त्यसपछि उक्त सुनुवाइबारे तत्काल जानकारी गराउन उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आदेश जारी गरेको थियो ।

    सांसद गौतमले उक्त विषय कानुनी त्रुटिमात्रै नभएको भन्दै संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट भएको बताएकी छिन् ।

    ‘यो केवल कानुनी त्रुटि होइन, अदालतले नै संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट हो,’ सांसद गौतमले भनेकी छिन्, ‘संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न पनि जन्मिएको महसुस गरेको छु ।’

    संविधानको धारा २० (९) मा ‘प्रत्येक व्यक्तिलाई स्वच्छ सुनुवाइको अधिकार हुनेछ’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले अघि भनेकी छिन्, ‘न्यायिक प्रकृयाको सहि पालनाबिना निष्पक्षता सम्भव हुँदैन । र, यो अधिकार त झन थुनामा रहेका प्रतिवादीका लागि अत्यन्त संवेदनशील हुन्छ ।’

    अदालतले कार्यकालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गरेको खण्डमा देशमा विधिको शासन बाँकी नरहने उनको तर्क छ ।

    ‘यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने, यो देशमा विधिको शासन बाँकी रहँदैन । केवल विधिको आवरण बाँकी रहन्छ,’ गौतमले भनेकी छिन्, ‘त्यो स्थिति आयो भने जनताको आक्रोश सडकमा पोखिनु इतिहासको स्वाभाविक परिप्रवाह हो ।’

    अदालतले ‘ड्यु प्रोसेस अफ ल’ को उल्लंघन गर्न थालेको उनले बताएकी छिन् । ‘व्यक्तिप्रतिको धारणा अलग– अलग होला तर विधि बचाउने जिम्मा साझा हो । ‘ड्यु प्रोसेस अफ ल’ अनिवार्य हो,’ उनले भनेकी छिन् ।

    न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या गरिएको उनको भनाइ छ । ‘यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने, यो अब संसद् र नागरिक समाजको साझा चासोको विषय हो,’ सांसद गौतमको भनाइ छ ।

  • माओवादी जनताको बलमा सत्तामा पुगेको हो : दाहाल

    माओवादी जनताको बलमा सत्तामा पुगेको हो : दाहाल

     नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।

    शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

    उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।’

    अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पिरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।