Blog

  • विश्व पौडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

    विश्व पौडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

    Writ against Vishwa Paudel was heard by the Supreme Court

    सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार तीन कारण उल्लेख गर्दै पौडेलविरुद्धको रिट दरपीठको निर्णय गरिएको छ ।

    ‘विपक्षीले कुन कारणले सामुहिक हक अधिकारको हनन भएको भन्ने रिट निवेदनमा खुलाउन नसकेको देखायो । विपक्षीलाई गभर्नर सिफारिस समितिले गभर्नर पदमा सिफारिस गरेको अवस्था नदेखिएको र अनिश्चित विषयमा निवेदन दर्ताका लागि निवेदन पेस भएकाले दरपीठको आदेश भएको छ,’ पाण्डेले भने ।

    पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गरेका थिए । उनीहरूले गभर्नर हुनका लागि पौडेलको योग्यता नपुग्ने पनि दाबी गरेका थिए ।

  • आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच सम्झौता

    आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच सम्झौता

  • ४३.१ प्रतिशत विद्यालयमा पुग्यो इन्टरनेट

    ४३.१ प्रतिशत विद्यालयमा पुग्यो इन्टरनेट

     ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ ।

    महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको उल्लेख गरेको छ ।

    तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने लिएको थियो ।

    माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ ।

    उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत प्रगति देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

  • पूर्वक्याम्पस प्रमुखको मृत्यु

    पूर्वक्याम्पस प्रमुखको मृत्यु

  • डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी

    डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी

    डोल्पा जिल्लाको उत्तरी चिनियाँ सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

    भौगोलिक हिसाबमा जिल्लाकै विकट क्षेत्र मानिने उक्त क्षेत्रमा सरकारले इलाका प्रशासन कार्यालय तयारी गरेको हो । डोल्पो बुद्ध गाउँपालिका-१ मा कार्यालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । प्रजिअ महतले भने, उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय राख्ने विषयमा गृह मन्त्रालयबाट विवरण माग गरिएको थियो, माग भए बमोजिमका सबै विवरण भरेर पठाइसकेका छौं ।

    इलाका प्रशासन कार्यालय स्थापना भएपछि डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकहरू लाभान्वित हुने छन् । तत्कालीन अवस्थामा कार्यालय सञ्चालनका लागि भवन भने डोल्पो बुद्ध गाउँपालिकाले गराउने बताइएको छ । उपल्लो डोल्पाबाट सदरमुकाम झर्नै तीन चार दिन लाग्ने भएकाले नागरिकता, राहदानी, सिम पास लगायतका सरकारी सेवा सुविधा लिन ठूलो समस्या भोग्नु परेको ताक्सीका स्थानीयले गुनासो गरेका छन् ।

  • विद्यार्थीको संख्या ८५ लाख ८७ हजार, शिक्षक ३ लाख २५ हजार

    विद्यार्थीको संख्या ८५ लाख ८७ हजार, शिक्षक ३ लाख २५ हजार

    विद्यालय तहमा विद्यार्थीको संख्या बढेको छ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यार्थीको संख्या बढेको देखाएको हो ।

    महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् । जसमा सामुदायिक विद्यालयमा ५६ लाख ३५ हजार ३४२ जना, निजीमा २७ लाख ९४ हजार ४४५ जना र धार्मिक विद्यालयमा १ लाख ५७ हजार ४१८ जना विद्यार्थी छन् ।

    अघिल्लो वर्ष ८० लाख ५७ हजार ९३० जना विद्यार्थी थिए । महालेखाको दुई आर्थिक वर्षको प्रतिवेदन हेर्दा ५ लाख २९ हजार २७६ जना विद्यार्थीको संख्या बढेको देखिन्छ ।

    ७७.६ प्रतिशत सामुदायिक विद्यालयमा ६५.६२ प्रतिशत विद्यार्थी छन् । संस्थागततर्फ विद्यालयको हिस्सा १९.९० प्रतिशत र विद्यार्थीको हिस्सा ३२.५४ प्रतिशत रहेको छ ।

  • गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड

    गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन् ।

    शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी- मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने ।

    उनले अगाडि भने, ‘यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।’

    सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशा तिर हिँडेको छ ।’

    जनताको आवाजलाई, जनताको मतलाई बेवास्था गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतीलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई-मधेश-पहाड-हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।

  • रविका कानुन व्यवसायीले उठाए इजलासमाथि प्रश्न

    रविका कानुन व्यवसायीले उठाए इजलासमाथि प्रश्न

    पेशीबारे जानकारी नै नदिई मुद्दाको सुनुवाइ गरेको भन्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् ।

    उच्च अदालत पोखरामा आफूहरूलाई जानकारी नै नदिई १ जेठ (बिहीबार)का लागि पेशी तोकिएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन् ।

    कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध चर्को धरौटी माग गरेको भन्दै आदेश बदरका लागि लामिछाने उच्च अदालत गएका थिए । यस्तै, सरकारी वकिलको कार्यालय र जाहेरवालाले पनि धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

    त्यसमाथि बिहीबार सुनुवाइ राखिएको थियो । लामिछाने पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै प्रश्न गरेका हुन् ।

    आफ्नो पक्षलाई कुनै जानकारी नै नदिई मुद्दाको पेशी तोकेको भन्दै लामिछानेका कानुन व्यवसायीहरूले प्रश्न उठाएका हुन् । उनीहरूका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न माग गरेको थिए ।
    जाहेरवालाहरूको तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने त्यसको प्रतिवाद गरेका थिए । यद्यपि मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र मिलनकुमार राईको इजलासमा शुक्रबार पनि सुनुवाइ चलिरहेको छ ।
  • कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

    कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।

    शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने बताए ।
    शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।

    ‘यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ । यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौं । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’

    कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।

    ‘अहिले हामी विक लिंकमा पुगेका छौं । जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले भने, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’

    स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको उनले बताए । त्यस्तै ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको उनको भनाइ छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको उनले बताए ।

    ‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’ कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।

  • राजनीतिक आस्थाकै कारण मानिस पक्राउ गर्दै जाने हो : लिङ्देन

    राजनीतिक आस्थाकै कारण मानिस पक्राउ गर्दै जाने हो : लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले  सरकारले संविधानको धारा १७, २७० र २७४ को निरन्तर उल्लंघन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले रवीन्द्र मिश्रलगायतलाई विचारकै आधारमा अपमानपूर्वक प्रहरी खोरमा राखेको आरोप लगाए ।

    उनले  राजसंस्था मान्छु, हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण उनीहरूलाई अपमानपूर्वक खोरमा राखेको बताए । राजनीतिक आस्थाकै कारण एकपछि अर्काे मानिसलाई पक्राउ गर्दै जाने हो भने  आफूहरू विद्रोहमा जान बाध्य हुने चेतावनी दिए ।