Blog

  • सांसद डम्बर तामाङविरूद्ध पक्राउ पुर्जी जारी

    सांसद डम्बर तामाङविरूद्ध पक्राउ पुर्जी जारी

     

     बागमती प्रदेशका सांसद डम्बर तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा सांसद तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको हो  ।

    सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।

    उनी धादिङ(२ (ख) बाट निर्वाचित भएका हुन् भने प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।

    ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।
  • कलाकार लक्ष्मी श्रेष्ठको निधन

    कलाकार लक्ष्मी श्रेष्ठको निधन

     कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। क्यान्सरपीडित श्रेष्ठको शुक्रबार राति निधन भएको हो । टेली सिरियल मेरी बास्सैमा अप्सारा आमाको भूमिकामा कार्यरत रहेकी थिइन्  ।

    कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ। शनिबार बिहान पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो।

    त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर सम्मान गरिएको थियो। उनको अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला, गायिका राधिका हमाललगायत कलाकार सहभागी भएका थिए।

  • हराएको १५ दिनपछी भेरी नदिमा भेटियो विष्टकाे सव

    हराएको १५ दिनपछी भेरी नदिमा भेटियो विष्टकाे सव

    भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला परेको थियो।

    उक्त शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक विष्टको भएको परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनी असार ५ गतेदेखि बेपत्ता थिए ।

    दैलेख चामुण्डाबीन्द्रासैनी नगरपालिका-२ घरका उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्दै आएका थिए। उनले आफू काम गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकको काम गर्ने डिएसपी बुढथापाले बताए ।

    उनले असार ५ गते सोही मन्त्रालयको क.प्र.०२-००१ ब. ००७२ नम्बरको मोटरसाइकल लिएर गएका थिए, उनले भने, ६ गते बिहान कार्यालय बिरामी छु भनेर कार्यालय नगएको सूचना प्राप्त भएको छ ।

    उनका परिवारले निवेदन दिएपछि खोज तलासको क्रममा असार ९ गते बिहान ९ बजे भेरीगंगा नगरपालिका-२ भेरीपुलदेखि ५० मिटर पूर्वतिर मोटरसाइकल भेटिएको थियो। त्यतिबेलादेखि नै उनको फोन भने लागेको थिएन ।

  • चट्याङ लाग्दा एकको मृत्यु, चार जना घाइते

    चट्याङ लाग्दा एकको मृत्यु, चार जना घाइते

    सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आज दिउँसो करिब ३ बजे बिर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिल बहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनामा परेर पर्वत विक, हुम बहादुर थापा, नविन विक  र सुनिता गिरी  सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

  • टेलिफोन सेवा अवरुद्ध

    टेलिफोन सेवा अवरुद्ध

     हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।

    खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताए ।

    दुई हप्ता बढीदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको शाहीले बताए। रातिको समयमा मात्रै टावर आउने गरेको उनको भनाइ छ । रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट बञ्चित हुनुपरेको हो ।

    त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप र उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या बनाएको स्थानीयको भनाइ छ ।

    रीप गाउँका विनोद फडेराले मौसम परिवर्तन भएको समयमा वर्षा हुँदा कुनैबेला अचानक क्षति भए पनि फोन गर्न टावर नहुँदा समस्या बनाएको बताए । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उनको भनाइ छ । यस्तै, पालिका केन्द्र सर्केगाडमा पनि नमस्ते टेलिफोन सेवाले काम गर्न नसकेको सर्केगाडमा व्यवसाय गर्दै आएका गगन ऐडीले बताए ।

    जिल्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङ करिब एक महिनादेखि टेलिफोन सेवाबाट बञ्चित बनेको छ । टेलिफोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको यहाँका स्थानीयको भनाइ छ ।

    गाउँपालिका केन्द्रमात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता छ ।

    सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भएनभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने स्थानीय बसुना तामाङको गुनासो छ । गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुनेगरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाएको भए पनि त्यसले पूर्णता नपाउँदा समस्या बनाएको हो ।

    पालिकाकै मेलछाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए। गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको उनले बताए।

    गाउँपालिका कार्यालयमा राखिएको टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता पनि छ । जनताका गुनासा र समस्या धेरै जसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शाहीको भनाइ छ ।

    गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरपर्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए।

    गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन ।

  • गिट्टी कुट्दै गरेकी बुढालाई पहिरोले पुर्‍यो

    गिट्टी कुट्दै गरेकी बुढालाई पहिरोले पुर्‍यो

    मुगुमा सडक निर्माणमा क्रममा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निमार्णमा संलग्न सोही ठाउँकी ३७ जानु बुढाको मृत्यु भएको हो ।

    सडकको नाला निमार्णका लागि गिट्टी कुट्दै बुढाको ज्यान गएको खत्याड गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाही (किसोर)ले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटना घटेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थालतर्फ गएको छ ।

    बुढा केही दिनयता सो ठाउँमा गिट्टी कुट्ने काम गर्दै आएकी थिइन् । गिट्टी कुटिरहेकै बेला बिहान १०ः५० बजेतिर पहिरो खसेको थियो ।

  • वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

    वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

     गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा अपरिहार्य रहेको बताएका छन् ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सात वटा संविधान परिवर्तन भइसकेको स्मरण गराउँदै वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताएका हुन् ।

    उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन आवश्यक भएको भन्दै अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको जानकारी दिए । ‘हामी दुई ठूला प्रतिस्पर्धी दल मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो,’ मन्त्री लेखकले भने ।

    उनले गठबन्धनका आधारमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने पनि स्पष्ट पारे ।

    सरकारप्रति आएका गुनासाहरूलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले केही साना समस्या भए पनि ती समाधान गर्दै सरकार अगाडि बढिरहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताए। साथै, महाकाली करिडोरमा बजेट अभाव देखिएको भन्दै यसमा सरकारले आवश्यक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

    प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

     स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री ओली  विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए।

    उनी आज दिउँसो  अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ   स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष( प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

    यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्  ।

  • सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

    सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

     श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ ।

    मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर ९प्रदेश ३–०१–००२ झ ५३६७० नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

    श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ ।

    श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको समाचारमा उल्लेख छ ।

    गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पठाइएको बताए ।