Blog

  • टहरामा ढुंगा खस्दा दिदी बहिनीको मृत्यु

    टहरामा ढुंगा खस्दा दिदी बहिनीको मृत्यु

     जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको एक स्थानीयले जानकारी दिए । बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

  • लाइसेन्स प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द

    लाइसेन्स प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द

     सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको हो।

    अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सबै बन्द गरिएको विभागले उल्लेख गरेको छ। देखिएको समस्या समाधानको काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा उपलब्ध नहुने सूचनामा उल्लेख छ।

    “आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जानकारी गराइन्छ,” विभागले सूचनामा भनेको छ।

    विभागले सेवा बन्द हुँदा, यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

  • तालिवान सरकारलाई रुसले मान्यता दियो

    तालिवान सरकारलाई रुसले मान्यता दियो

     रुसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिएको छ । चार वर्षअघि अमेरिकी सहयोगको सरकारलाई लखेटेर तालिवानले शासन थालेपछि यो सत्तालाई मान्यता दिने रुस विश्वकै पहिलो देश बनेको छ ।

    रुसका लागि अफगानी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै रुसले तालिवनासँगको सहकार्यको ढोका खोलेको हो ।

    रुसी विदेश मन्त्रालयले भनेको छ- हामीलाई विश्वास छ कि इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।

    तत्कालीन सोभियत संघको पालामा पनि रुसी कम्युनिस्ट सत्ताले अफगानिस्तानमा आफ्नो पक्षको शासन चलाएको थियो । त्यसबेला रुसी कम्युनिस्ट पक्षधरविरुद्ध अमेरिकाले बिन लादेनहरू खडा गरेको आरोप छ । कालान्तरमा लादेन नै अमेरिकाको दुश्मन बनेर अमेरिकाबाटै मारिएका थिए ।

  • पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

    पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

    पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए ।

    न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

    ‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।

    निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

  • सेयर बजारमा एकल अंको वृद्धी

    सेयर बजारमा एकल अंको वृद्धी

     साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार एकल अंकले बृद्धि भएको छ । आजको कारोबारमा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

    आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाँले बृद्धि भएको छ ।

    त्यस्तै, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भुगोल इनर्जीको ६.७८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

  • उपनिर्वाचनका उमेदवार सूची पठाउन राप्रपाको निर्देशन

    उपनिर्वाचनका उमेदवार सूची पठाउन राप्रपाको निर्देशन

    twitter sharing button

     राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

    पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुने उनले बताए।

    त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममूखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    त्यस्तै बैठकले असोजका मसान्तसम्म सवै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारबिरुद्धको गतिविधिलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

    बैठकले भिजिट भिसा प्रकरणको छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भाद्रको दोश्रो साता बस्ने श्रेष्ठले उल्लेख गरे।

  • लिभरपुलका डियगो जोटाको कार दुर्घटनामा निधन

    लिभरपुलका डियगो जोटाको कार दुर्घटनामा निधन

     

     इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन छ ।

    बिहीबार मध्यराति स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

    दुर्घटनामा परी उनका भाईको पनि निधन भएको छ । २६ वर्षीय आन्द्रे जोटा पनि फुटबलर हुन् ।

    २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत थिए। प्रारम्भिक जानकारी अनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। डियगोको केही दिनअघि मात्र विवाह भएको थियो । रोयटर्सका अनुसार उनको विवाह गत जुन २२ मा रुट कार्दोसो हुन् । उनीहरुका तीन सन्तान छन् ।

  • संसदीय प्रणाली खसीको टाउको, कुकुरको मासु बेच्ने सिस्टम हो : प्रचण्ड

    संसदीय प्रणाली खसीको टाउको, कुकुरको मासु बेच्ने सिस्टम हो : प्रचण्ड

     नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्थालाई कडा आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ जस्तो रहेको टिप्पणी गरेका छन् ।

    दाहालले जनवादी क्रान्तिको क्रममा माक्र्सवादको प्रचार गर्दा संसदीय व्यवस्था कसरी समाजको मूलधारसँग मेल नखाने प्रणालीको रूपमा चित्रित गरिएको थियो भन्ने कुरा प्रस्ट पारे । उनका अनुसार, अहिले पनि समितिको प्रतिवेदन र निजामति विधेयकमा भइरहेको छेडखानी सोही पुरानो प्रवृत्तिको पुनरावृत्ति हो ।

    ‘हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ, संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो,’ दाहालले भने, ‘अहिले जे भइरहेको देखिन्छ, प्रतिवेदनहरुमाथि भएका छेडखानीहरू त्यसैको उदाहरण हुन् । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेचेको जस्तो स्थिति बनिरहेको छ ।’

    अध्यक्ष दाहालले आफू सरकारमा हुँदा समाजवादको पक्षमा दृढ रहेको दाबी गर्दै, नेपालको पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको बताए । ‘नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ र यसका लागि कम्युनिष्टहरूले प्रमुख भूमिका निभाउनुपर्ने छ ।’

  • उम्मेदवारलाई जनताको मन बाट छानौ नेताको खल्ती बाट होईन : ज्ञानेन्द्र शाही

    उम्मेदवारलाई जनताको मन बाट छानौ नेताको खल्ती बाट होईन : ज्ञानेन्द्र शाही

    sharethis sharing button
     प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रुपहेन्दी क्षेत्र ३ को उम्मेदवारी लाई लिएर अबका उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताएका छन्।

    हिजो मात्रै रुपहेन्दिका राप्रपा नेताहरुले राजेन्द्र लिङ्देनको निवासमा राप्रपा रुपहेन्दिको उम्मेद्बारी बारे छलफल गरेका थिए सोही बिषयलाई लिएर प्रबक्ता शाहिले यस्तो लेखेका हुन।

    रुपहेन्दी क्षेत्र ३मा राप्रका नेता दिपक बोहोराले जितेका थिए। उनको मृत्यु भएपछी रुपहेन्दी क्षेत्र ३ मा कार्तिकमा उपनिर्वाचन हुदैछ। नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको भन्दै उम्मेदवार जनताको मन बाट छानिनु पर्ने धारणा राखेका छन्।

    ‘चुनावमा उम्मेदवार जनताको मन बाट छानिनु पर्छ कुनै नेताको खल्ती बाट होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’
  • करेन्ट लागेर एक जनाको मृत्यु

    करेन्ट लागेर एक जनाको मृत्यु

    रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर–२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

    खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।