Blog

  • हुम्लामा निर्माण भएको बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुने

    हुम्लामा निर्माण भएको बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुने

     प्रधानमन्त्री केपी शर्मा ओली यही असार २२ गते हुम्ला आउने भएका छन् ।

    कर्णाली करिडोरअन्र्तगत हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रिजको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउन लागेका हुन् । नेकपा एमाले कर्णाली प्रदेशका सदस्य नवराज महताराले यही असार २२ गते प्रधानमन्त्री ओली नयाँ निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न हुम्ला आउन लागेको जानकारी दिए ।

    यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला आउने कार्यक्रम तय भएको उनले बताए । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ । केही दिन अघि प्रधानमन्त्री ओलीले अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिने दिन टाढा नभएको बताएका थिए । सेनाले सो बेलिब्रिजको स्टिल पार्टको जडान कार्य पूरा गरेर एप्रोज वाल समेत निर्माण गरिसकेको छ । साथै पुलको पश्चिमतर्फ ग्याविन वाल लगाउने कार्य समेत पूरा भइसकेको छ । नेपाली सेनाले निर्माण गरेको सो बेलिब्रिको लम्बाइ ५२ मिटर रहेको छ । दोजाम कर्णाली नदीमा पुल नभएका कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि माग गरेका थिए ।

    गत पुसमा सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रिजको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएलगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगन्ज र काठमाडौँसम्म गाडीमा यात्रा गर्न सकिने छ । सेनाले सो बेलिब्रिज असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम गर्ने जिम्मेवारी पाएको थियो ।

  • जुम्लाको कोईरेलीमा एकघर, एकधारा योजना सम्पन्न

    जुम्लाको कोईरेलीमा एकघर, एकधारा योजना सम्पन्न

     जुम्लामा वर्षौदेखी खानेपानी अभाव भोगिरहेको हिमा गाउँपालिका वडा नं. २ स्थित कोईरेली गाउँमा एकघर,एकधारा निर्माण भएको छ । खानेपानी विकासलाई प्रथामिकता दिएको हिमाले विकट कोईरेली गाउँमा एक घर,एकधारा निर्माण गरेको हो ।

    हिमा गाउँपालिकाको आर्थिक लगानी रसुस्वा परियोजनाको प्राविधिक सहयोगमा कोईरेली गाउँका ४३ घरधुरीमा एकघर एकधारा पुराईएको छ । बुधबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले कोईरेली खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । आयोजनाको उद्घाटनपछि बोल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी विकासमा कर्णालीकै नमुना बनाउने अठोट लिएको बताए । पछि आउने जनप्रतिधिले खानेपानी विकास कुनै पनि काम गर्नु नपर्नेगरी लगानी गरिरहेका छौ । उनले भने, तीन वर्षको अवधिमा हिमाका १२ सय बढी घरमा एकघर,एकधारा निर्माण भएका छन् । निर्माण भएका योजनाको दिगो संचालन,व्यवस्थापन तथा मर्मत संभारका लागि हामी गम्भीर छौ । खानेपानी योजनाको मर्मत कोषनै खडा गरिसकेका छौ ।

    पाँच वर्षभित्र हिमालाई खानेपानीयुक्त पालिका बनाउने गरि काम अघि बढीरहेको र जिल्लाकै पहिलो,पूर्ण सरसफाईयुक्त पालिका बनाउने लक्ष्य रहेको बताए । कोईरेली खानेपानी योजना निर्माणमा हिमा गाउँपालिकाको ६९ लाख ७७ हजार ७७६ रुपैया लगानी गरेको छ । हिमाका ४३ घरधुरीमा स्वच्छ पानीको एकघर,एकधारा निर्माण भएको हिमा गाउँपालिका वास संयोजक सुमित्ता शाहीले बताईन् । उनका अनुसार कोईरेलीले खानेपानी आयोजनामा लगानी नगरेपनि योजना सुरुदेखी निर्माण सम्पन्न हुनेबेला सुस्वा परियोजले प्राविधिक सहयोग गरेको थियो । कूल ६९ लाख ७७ हजार ७७६ लगानी मध्य स्थानीय नागरिकको श्रमदान १३ लाख ३५ हजार ६६४ रुपैया,साथै उपभोक्ता समितिबाट नगद सहयोग १७ लाख ६ हजार र हिमा गाउँपालिकाको ५४ लाख ६६ हजार ११२ रुपेैया गरि कूल ६९ हजार ७७ हजार ७७६ रुपैया लगानीमा एकघर,एकधाारा निर्माण गरिएको कोईरेली खानेपानी आयोजनाका सचिव काली बहादुर रोकायाले बताए । सचिव रोकायाले आयोजना निर्माणको खर्च विवरण सुनाएका थिए ।

    खानेपानी आयोजनाबाट कोइरेली गाउँका ४३ घरधुरीका २६१ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । जम्मा महिला ११४ र पुरुष १४७ जना रहेका छन् । पानीकोे मुहान रहेको ओदीगाउँबाट करिब ५ किमी दुरी टाढाबाट पाईप लाईन बिछ्याएर ल्याईएको छ । पानीको स्रोत प्रयाप्त भएपनि लगानी अभावले सदुपयोग नहुँदा स्थानीय पानीको अभाव झेल्न बाध्य थियौ । स्थानीय बल बहादुर रोकायाले भने, हिमा गाउँपालिकाले आबश्यकता मध्यनजर गर्दै लगानी गरेर खानेपानी योजना बनेपछि घरघरमै धारा पुगेका छन् । अहिले खानेपानी अभावको समस्या मात्र टरेको छैन् । नियमित पानीको उपभोगदेखि करेसाबारी सिँचाई,सरसफाईमा पनि सहज भएको छ । घरघरमा धारा पुगेपछि कोईरेलीबासी खुसी छन् ।

    खानेपानी योजना निर्माणका अध्यक्ष समेत रहेका बुढाले खानेपानी योजनाको संरक्षण तथा मर्मत संभारमा ध्यानदिनु पर्ने समेत उल्लेख गरे । सुस्वाका वास सल्लाहकार गोविन्द रोकायाले हिमा गाउँपालिकाले खानेपानी विकासमा गरेको काम उदाहरणीय रहेको बताए । सुस्वा परियोजना लागू भएका मध्य कर्णालीमा सबै भन्दा उत्कृष्ट कार्य हिमामा भएको उल्लेख गरे । सुस्वा र पालिकाका् सयुक्त लगानीमा निर्माण भएका करोडौका खानेपानी आयोजनाको दिगो व्यवस्थापन,मर्मत संभार तथा पानी उपभोग ध्यान दिन आबश्यक रहेकोमा जोड दिए । सरसफाई र खानेपानी मानव जीवनको आयू संग जोडिएको विषय भएकोले खानेपानी विकासलाई प्रथामिकतता दिनु पर्नेमा जोड दिए ।

    हिमाकी निवर्तमान उपाध्यक्ष हिमाली रोकायाले खानेपानीको चरम अभाव भोगिरहेको कोईरेलीबासीको प्यास मेटाउन घरघरमा पानी पुराएकोमा धन्यबाद दिईन् । नदीको पानीफपिउने बाध्यता थियो । उनले भनिन, महिलालाई विहान बेलुका पानीकै जोहो गर्न धौ हुन्थ्यो । तर ढिलै भएपनि घरघरमा स्वच्छ पानी पुग्यो । अब पानीका दुःख अन्त्य भए । घरघरमा धारा छर्किएका छन् । तरकाी बारिमा सिँचाईफपुगेको छ । आनीवानी परिर्वतन दिनचर्या पनि सहज भएको छ । काकाकूल कोईरेलीमा पानी पुगेपछि स्थानीयबासी उत्साहित भएका छन् । वर्षौपछि घरघरमा खानेपानी धारा पुगेपछि स्थानीहरुले बाजागाजा सहित हर्ष मनाएका छन् ।

     

  • कालिकोटमा विद्यालय लक्षित लागुऔषधविरुद्ध सचेतना अभियान

    कालिकोटमा विद्यालय लक्षित लागुऔषधविरुद्ध सचेतना अभियान

    कालिकोटमा विद्यालय लक्षित लागुऔषधविरुद्ध सचेतना अभियान  सञ्चालन भएको छ ।

    सामाजिक विकास कार्यालयले यसअघि सान्नीत्रिवेणी–१ सेरिज्युलाको शंकर माविमा अन्तक्रिया गरेको थियो भने खाँडाचक्र–५ घोडेनास्थित चुलीमालिका माविमा बुधबार लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक विकास कार्यालय र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन भयो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, अभिभावकसहितका सरोकारवालाले सडक सञ्जालको विस्तारसँगै लागुऔषध दुर्व्यसनको चपेटामा युवाहरु परेको भन्दै चिन्ता व्यक्त गरे । सडक नहुँदासम्म लागुऔषध दुर्व्यसनको समस्या थिएन, अभिभावक अलिवहादुर शाहीले भने, सडक गाउँ पुग्यो, लागुऔषधको कुलत पनि सँगै भित्रियो । प्रहरीले गाउँगाउँमा सचेतनासँगै गाडीको जाँचमा पनि कडाइ गर्नुपर्ने उनले सुझाव दिए ।

    परिवारको माया नपाएका बालबालिका र युवा लागुऔषधको दलदलमा फसेको अधिवक्ता सरिता विश्वकर्माले बताइन् । उनले यातायातका साधनमार्फत लागुऔषधको ओसारपसार र मेडिकलबाट बिक्री वितरण बढी हुने गरेको पाइएको सुनाउँदै दण्ड सजाय मात्राअनुसार फरक भए पनि सेवन गर्नेलाई १ महिनादेखि ५ वर्ष कैद र बिक्री वितरण गर्नेलाई १ वर्षदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको सुनाइन् । १५ देखि ३५ वर्ष उमेर समूहका युवा बढी लागुऔषध दुर्व्यसनको कुलतमा रहेको सुनाउँदै नगारिक समाजका अगुवा तथा गैर सरकारी संस्था महासंघ कालिकोटका सचिव रमेश नेपालीले युवालाई गुणस्तरीय शिक्षा, आत्मनिर्भर हुने खालका सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    लागुऔषध दुर्व्यसनबारे समाजमा जागरण ल्याएर न्यूनीकरण गर्ने, विद्यार्थीमार्फत समुदायमा अभियान सञ्चालन गरेर सभ्य समाजको निर्माण गर्ने उद्देश्यले विद्यालय लक्षित अन्तक्रिया सञ्चालन गरिएको सामाजिक विकास कार्यालय प्रमुख रछाने लोहारले बताए । शिक्षक, अभिभावक र विद्यार्थी सँगै राखेर छलफल चलाउँदा प्रभावकारी हुने रहेछ उनले भने, सबैले लागुऔषध दुर्व्यसनविरुद्ध टोलटोलमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् । मावि तहको पाठ्यक्रममा लागुऔषधका बारेमा पढाउने गरेको भए पनि जिल्लाका सरोकारवाला गाउँमा पुगेर अन्तर्क्रिया गर्दा थप स्पष्ट हुने मौका पाइएको विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीले प्रतिक्रया दिए । लागुऔषध दुर्व्यसनले युवा र किशोर किशोरीको स्वास्थ्य, शिक्षा, सामाजिकीकरणमा क्षति पुरर्‍याएको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यसविरुद्ध स्थानीय तहले कार्ययोजना बनाएर टोलटोलमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    नेपालमा २ लाख ३४ हजार लागुऔषध दुर्व्यसनी रहेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले लागुऔषध के हो, यसको असर, उत्पति, समाजमा हुने क्षति, न्यूनीकरणका उपाय, कानुनी प्रावधानबारे अभिमुखीकरण गरे । उनका अनुसार कालिकोटमा प्रहरीले एक वर्षको अवधिमा ८ जनाविरुद्ध मुद्दा चलाएको छ । समुदाय प्रहरी साझेदारी अभियानमार्फत कालिकोटका ९ वटै स्थानीय तहमा १ वर्षको अवधिमा ५९ वटा माविमा लागुऔषध दुर्व्यसनविरुद्ध चेतनामूलक अभिमुखीकरण, अन्तर्क्रिया, र्‍याली, सडक नाटक लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

  • सल्यान अस्पतालमा पेट र मुटु विशेषज्ञ सेवा सुरु

    सल्यान अस्पतालमा पेट र मुटु विशेषज्ञ सेवा सुरु

     जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष स्वास्थ्य सेवा सुरु गरिएको छ ।

    विहिबार एक कार्यक्रमकाबिच इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवाको औपचारिक रूपमा सुरुवात गरिएको हो । यस प्रकारका विशिष्ट स्वास्थ्य सेवाका लागि यसअघी अन्यन्तै जानुपर्ने बाध्यता रहेकोमा जिल्लाबाटै सुविधा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल, अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद श्रेष्ठले बोल्दै स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि यस्ता सेवा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. अर्जुन बुढाले सेवा प्रारम्भ भएको जानकारी गराउँदै नियमित रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    अस्पतालका अनुसार पेट र अन्ननलीको भित्री भागको भिडियो परीक्षण, अपच, ग्यास्ट्रिक, अल्सर, रक्तश्राव आदि समस्याको निदानका लागि इन्डोस्कोपी सेवा सुरु गरिएको हो । यस्तै, ठूलो आन्द्राको भित्री भागको परीक्षण लगाएत रोगको पहिचानका लागि कोलोनोस्कोपी सेवा र मुटु रोग पहिचानका लागि इकोकार्डियोग्राफी सेवा उपयोगी हुने बताइएको छ । रोगको छिटो निदान र उपचारले बिरामीको जीवनस्तरमा सकारात्मक सुधार हुने भएकाले सल्यान अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको हो ।

  • पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

    पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

     पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

    ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गरेको एक उच्च स्रोतले मध्यान्तरलाइ जानकारी
    दिए । भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेको स्रोतले जनाएको छ ।

  • सरकारले “दुई वर्षभित्र विद्युत् पहुँचलाई १००% पुर्‍याउने लक्ष्य राखेको” घोषणा : मन्त्री खड्का

    सरकारले “दुई वर्षभित्र विद्युत् पहुँचलाई १००% पुर्‍याउने लक्ष्य राखेको” घोषणा : मन्त्री खड्का

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

    आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरू अगाडि बढाइएको बताएका हुन् । उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रूपमा पनि लाखौँ रूपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्ने गरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।’

  • होटलभित्र जुवातास खेलिरहेका पाँच जना पक्राउ

    होटलभित्र जुवातास खेलिरहेका पाँच जना पक्राउ

    डोल्पा जिल्लामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    डोल्पाको सदरमुकाम दुनैस्थित बी एण्ड बी होटलको तेस्रो तलामा बाजी नै लगाएर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी रुकबहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार यसअघिका घटनामा डोल्पा प्रहरीले जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरे पनि मुद्दा नचल्ने अवस्था रहेकोमा यसपटक पहिलो पटक जुवाडेहरूविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको हो।

    जुवाखालबाट नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले आरोपितहरूले जुवातास खेलेको रकम नगद तथा बैंकमार्फत कारोबार गरेको खुल्न आएको जनाइएको छ ।

  • राष्ट्रिय अनुसन्धान कार्यालयको भवन उद्घाटन

    राष्ट्रिय अनुसन्धान कार्यालयको भवन उद्घाटन

     राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुकुम पश्चिमको कार्यालय भवन उद्घाटन गरिएको छ ।

    बुधबार राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । यस अवसरमा विभागका निर्देशक थापाले नेपालको समग्र हितका लागि सम्पूर्ण पक्षको एकता र सहकार्य आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षा मजबुद बनाउन सबै मिलेर काम गर्नुपर्ने र अनुसन्धान विभाग त्यसको एक हिस्सा भएको उल्लेख गरे । भवन निर्माणको ठेक्का गौरीमाई लियोपार्ड सञ्जीवनी जेभी काठमाडौंले पाएको थियो । तोकिएको मापदण्ड तथा समय सिमाभित्र भवन सम्पन्न गरेर हस्तान्तरण गरेको भन्दै ठेकेदार कम्पनीलाई विभागले कदर पत्र समेत प्रदान गरेको छ । यस अवसरमा भवन निर्माणमा विभिन्न तवरले सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतलाई पनि सम्मान गरिएको छ ।

    भवन उद्घाटन कार्याक्रममा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अनुसन्धान निर्देशक ओम बहादुर खड्का, जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवहाक प्रमुख देवबहादुुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख बिमल कुमार पुन, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायतको आतिथ्यता रहेका थिए ।

  • श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

    श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

    बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछ बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कलाल बचाउन गएका थिए ।

    करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई भने उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।