Blog

  • डिभिजन लिगमा बढुवा भए मोफसलका बागमती युवा क्लब र रारा रेन्जर्स

    डिभिजन लिगमा बढुवा भए मोफसलका बागमती युवा क्लब र रारा रेन्जर्स

    मोफसलका दुई क्लब सर्लाहीको बागमती युवा क्लब र सुर्खेतको रारा रेन्जर्स (आरसी ३२) ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सानेपा क्लबले तेस्रो स्थानमा रहेको पुल्चोक स्पोर्ट्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेसँगै ‘बी’ डिभिजन लिगमा बढुवा हुने दुई टोलीको टुंगो लागेको हो।

    बागमती र आरसी ३२ पहिलो पटक ‘बी’ डिभिजनमा बढुवा भएका हुन्। गत वर्ष ‘सी’ डिभिजन छनोट जितेको बागमती लगालग बढुवा हुन सफल भएको हो। आरसी ३२ ले भने ‘बी’ डिभिजनमा उक्लिन दुई सिजन लगायो।

    सानेपाको जितमा खेमराज तामाङले सातौं र ६५औं मिनेटमा गोल गरे। ८६औं मिनेटमा दीपसेन ठकुरीले गोल गर्दै पुल्चोकलाई २-१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि पुल्चोचको खेलमा फर्किन सकेन र नतिजा २-१ गोलअन्तरले सानेपालाई सुम्पियो।

    मंगलबार नै भएको अर्को खेलमा आरसी ३२ ले बाजुराको रानीवन स्पोर्ट्स क्लबलाई ५-० गोलअन्तरले पराजित गर्‍यो। खेलको ३४औं मिनेटमा रोशन कार्कीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। ४४औं मिनेटमा विवेक राईले गोल गरे।

    पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा किस्मत लिम्बूले गोल गर्दा आरसी ३२ ले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। ६६औं मिनेटमा सञ्जय सुब्बाले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सञ्जयले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए।

    ‘बी’ डिभिजनमा बढुवा भएकोे आरसी ३२ ले नियमविपरीत झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगर र श्री भगवती युथ क्लबमा दर्ता भएका बबिन बोहरालाई खेलाएका भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गर्दै चार अंक खोसेको थियो।

    यद्यपि, १२ खेलबाट आठ जित, दुई बराबरी र दुई हारसहित २६ अंक जोड्दै आरसी ३२ बढुवा हुन सफल भयो। शीर्ष स्थानमा रहेको आरसी ३२ ले एक खेल खेल्न बाँकी छ। बागमतीले ११ खेलबाट आठ जित, दुई बराबरी र एक हारसहित २६ अंक नै जोडेको छ। तर, गोलअन्तरमा बागमती आरसी ३२ भन्दा पछि रहेको छ। यद्यपि, बागमतीले लिगका दुई खेल खेल्न बाँकी रहेको छ।

    पराजित पुल्चोक भने १२ खेलबाट ६ जित, तीन बराबरी र तीन हारसहित २१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। पुल्चोकलाई पराजित गरेको सानेपा १२ खेलबाट चार जित, तीन बराबरी र पाँच हारसहित १५ अंक जोड्दै सातौं स्थानमा रहेको छ। समान खेलमा एक जित, पाँच बराबरी र ६ हार बेहोरेको रानीवन स्वयम्भू क्लबसँगै रेलिगेसन क्षेत्रमा रहेको छ।

  • प्रभु बैंकका ग्राहकलाई जिपलाइन र रिसोर्टमा छुट

    प्रभु बैंकका ग्राहकलाई जिपलाइन र रिसोर्टमा छुट

    हार्नेस जिप लाइन, गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ।

    सम्झौताअनुसार कुश्मामा अवस्थित हार्नेस जिपलाइन र बेसीसहरको गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकले छुट पाउनेछन्।

    हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्टका प्रबन्धक नकुल गिरी र प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत (गण्डकी प्रदेश) राजु राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट-क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङलगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

    यस्तै हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत, खाना र मनोरञ्जनलगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

  • हाम्रो चुरे, हाम्रो भविष्य

    हाम्रो चुरे, हाम्रो भविष्य

    अघिल्लो हप्तामात्रै ‘चुरे संरक्षण पदयात्रा’ मा सप्तरीदेखि २५ दिन लगाएर काठमाडौं आइपुगेका अभियन्ताहरूको पीडा र आवाजलाई अलिकति मात्र पनि महसुस गर्ने हो भने राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।

    यसै सन्दर्भमा, विश्वका धनी राष्ट्रहरूले वार्षिक एक सय बिलियन डलर रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको हरित जलवायु कोष जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न पेरिस सम्झौतापछि खडा गरिएको संसारकै सबैभन्दा ठुलो जलवायु कोष हो र यसमा प्राप्त भएको रकम जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका लागि प्रस्ताव आह्वान गरी अल्पविकसित मुलुकहरूलाई सशर्त अनुदानका रूपमा प्रदान गरिन्छ।

    हाल नेपालमा हरित जलवायु कोषअन्तर्गत चारवटा परियोजना सञ्चालित छन्, जसमध्ये चुरे उत्थानशील आयोजना पहिलो हो। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा यो आयोजना कार्यान्वयन गरिरहेका छन्। सन् २०२० मे ३ मा सम्झौता भई सात वर्ष अवधिका लागि सुरुवात भएको यस आयोजनाको मुख्य लक्ष्य एकीकृत ग्रामीण विकास र दिगो प्राकृतिक स्रोत व्यवस्थापनको माध्यमबाट चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीमा सुधारका साथै यस क्षेत्रमा बसोबास गर्ने संकटासन्न समुदायको जलवायु समानुकूलन क्षमतामा अभिवृद्धि गर्ने हो।

    यद्यपि सीमित आर्थिक स्रोत र साधनका कारण गुरुयोजनाले राखेका लक्ष्यअनुरूप क्रियाकलापहरू गर्न सकिरहेको छैन। जलवायु परिवर्तन सिर्जित विपत्तिहरू प्रतिवर्ष बढ्दै जाँदा संरक्षणका क्रियाकलापहरूको आकासिँदो मागलाई सरकारले धान्न सकिरहेको छैन।

    चुरे संरक्षण

    नेपालको पूर्वी भाग इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे क्षेत्रले नेपालको जम्मा भूभागको १२.७८ प्रतिशत क्षेत्र समेट्छ । यस चुरे क्षेत्र संरक्षणका लागि सरकारले विगत केही दशकदेखि नै विविध क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।

    २०७४ सालमा २० वर्षे दीर्घकालीन चुरे तराइ मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गरी राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा विविध क्रियाकलाप सञ्चालन हुँदै आएको छ। यद्यपि सीमित आर्थिक स्रोत र साधनका कारण गुरुयोजनाले राखेका लक्ष्यअनुरूप क्रियाकलापहरू गर्न सकिरहेको छैन। जलवायु परिवर्तन सिर्जित विपत्तिहरू प्रतिवर्ष बढ्दै जाँदा संरक्षणका क्रियाकलापहरूको आकासिँदो मागलाई सरकारले धान्न सकिरहेको छैन।

    आयोजनाका विभिन्न क्रियाकलापहरू कार्यान्वयनका लागि समन्वय गर्न केन्द्रमा आयोजना व्यवस्थापन इकाइ रहेको छ भने तीन वटै प्रदेशमा कार्यक्रम कार्यान्वयन गर्न कोसी प्रदेशको इटहरीमा, मधेस प्रदेशको बर्दिवासमा र बागमती प्रदेशको सिन्धुलीमा एक, एक वटा प्रदेश आयोजना व्यवस्थापन इकाइहरू रहेका छन्।

    यसै अवस्थालाई मध्यनजर गर्दै गुरुयोजनाले पहिचान गरेका चुरे जलाधार क्षेत्रलाई समेट्ने एक सय ६४ वटा नदी प्रणालीहरूमध्ये पूर्वी चुरे क्षेत्रका २६ वटा जोखिमयुक्त नदी प्रणालीका क्षेत्रहरूमा चुरे उत्थानशील आयोजनाले कार्य गरिरहेको छ। आयोजनाका लागि हरित जलवायु कोषको तीन करोड ९३ लाख अमेरिकी डलर नगद र नेपाल सरकारको ८० लाख ४२ हजार अमेरिकी डलर बराबरको नगद तथा वस्तुगत योगदानसमेत गरी कुल जम्मा चार करोड ३४ लाख ४२ हजार अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब ६० लाख नेपाली रूपैयाँ लगानी रहेको छ।

    चुरे उत्थानशील आयोजनाले तोकिएको कार्यक्षेत्रका २६ नदी प्रणालीहरूमा जलवायु उत्थानशीलता बढाउनका लागि दिगो प्राकृतिक स्रोत व्यवस्थापन योजना निर्माण, संस्थागत सुदृढीकरण तथा स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्दै आएको छ। उपलब्ध प्राकृतिक स्रोतहरूको सहभागितात्मक र दिगो व्यवस्थापन गरी सर्लाहीदेखि पूर्व झापा जिल्लासम्मको चुरे भूपरिधि तथा यसमा अवस्थित समुदायको उत्थानशीलता बढाउन यस आयोजना क्रियाशील रहेको छ।

    दुइ वर्षे तयारी चरण र पाँच वर्षको कार्यान्वयन चरण भएको यस आयोजनाका सुरुवाती चरणमा नै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको असरका कारण कार्यान्वयन चरणमा प्रवेश गर्न केही ढिला भए तापनि गत आर्थिक वर्षदेखि नै यसका क्रियाकलापहरू द्रुत स्तरमा कार्यान्वयन भइरहेका छन्।

    आयोजनाका विभिन्न क्रियाकलापहरू कार्यान्वयनका लागि समन्वय गर्न केन्द्रमा आयोजना व्यवस्थापन इकाइ रहेको छ भने तीन वटै प्रदेशमा कार्यक्रम कार्यान्वयन गर्न कोसी प्रदेशको इटहरीमा, मधेस प्रदेशको बर्दिवासमा र बागमती प्रदेशको सिन्धुलीमा एक, एक वटा प्रदेश आयोजना व्यवस्थापन इकाइहरू रहेका छन्। पूर्वी चुरे क्षेत्रका २६ वटा नदी प्रणालीअन्तर्गत रहेका करिब सात सय ५० वटा वन तथा जलाधार संरक्षणमा कार्यरत समुदायस्तरका संस्थाहरू परिचालन गरी कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।

    दुइ वर्षे तयारी चरण र पाँच वर्षको कार्यान्वयन चरण भएको यस आयोजनाका सुरुवाती चरणमा नै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको असरका कारण कार्यान्वयन चरणमा प्रवेश गर्न केही ढिला भए तापनि गत आर्थिक वर्षदेखि नै यसका क्रियाकलापहरू द्रुत स्तरमा कार्यान्वयन भइरहेका छन्।

    चुरे क्षेत्रका वनमाथिको चाप कम गर्ने तथा समुदायको जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले किसानहरूको जग्गामा निजी वन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने र नदी उकास तथा सार्वजनिक जग्गाहरूमा वृक्षरोपण र बाँस रोपणजस्ता कार्य गर्ने योजना यस आयोजनाको रहेको छ।

    संवेदनशील पारिस्थितिकीय प्रणाली पुनस्र्थापना योजनाले निर्देश गरेका स्थानहरूमा सम्बन्धित डिभिजन वन कार्यालय तथा स्थानीय वडाहरूको समन्वय र सहकार्यमा वन व्यवस्थापन, वन क्षेत्रमा बिरुवाको पुनरुत्पादन प्रवर्धन, झाडी सफाइ तथा गोडमेल, अग्निरेखा निर्माण तथा नर्सरी स्थापना र विरुवा उत्पादनका कार्यहरू भइरहेका छन् भने सम्बन्धित समुुदाय तथा स्थानीय सरकारको सहकार्यमा संरक्षण पोखरी निर्माण, गल्छी तथा खहरे नियन्त्रण, नदी किनार संरक्षणलगायतका जलाधार व्यवस्थापनका कार्यहरू भइरहेका छन्।

    स्थानीय कृषक तथा वनका उपभोक्ताहरूलाई सशक्तीकरण गर्दै जलवायु उत्थानशील प्राकृतिक स्रोत व्यवस्थापन योजना निर्माणमा सहजीकरण गर्ने र स्थानीय प्राकृतिक स्रोतहरूको पहिचान तथा दिगो व्यवस्थापनमा उनीहरूलाई सक्रियतापूर्वक लाग्न अभिप्रेरित गर्ने उद्देश्यले प्राकृतिक स्रोत व्यवस्थापन कृषक पाठशालाहरू सञ्चालन गरिएका छन्। चुरे क्षेत्रका वनमाथिको चाप कम गर्ने तथा समुदायको जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले किसानहरूको जग्गामा निजी वन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने र नदी उकास तथा सार्वजनिक जग्गाहरूमा वृक्षरोपण र बाँस रोपणजस्ता कार्य गर्ने योजना यस आयोजनाको रहेको छ।

    जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न प्रदान गरिने यस्ता कोषहरूवाट परिचालन गरिने सहयोग निकै लामो प्रक्रिया तथा आवश्यक सर्तहरू पूरा गरेपछि मात्र प्राप्त हुने र तीबाहेक अन्य स्रोतहरूबाट खासै रकम प्राप्त नहुने भएकाले हाल प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्न सके मात्र भविष्यमा थप सहयोगको आशा गर्न सकिन्छ।

    जलवायु वित्तको महत्त्व

    विगत वर्षहरूझैं यो वर्ष पनि हामी विश्व वातावरण दिवसका रूपमा जुन ५ लाई ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाउँदै छौं। चुरे क्षेत्रको वातावरण तथा पारिस्थितिकीय प्रणालीलाई दिगो र प्रभावकारी बनाउन र चुरे उत्थानशील आयोजनाको लक्ष्य प्राप्तिका लागि यो नारा अझै सान्दर्भिक देखिन्छ। तर यस्ता वार्षिक दिवसहरूको मर्म र सन्देशलाई मनन गरी ती नाराहरूको व्यावहारिक कार्यान्वयन फितलो मात्र होइन, चुनौतीपूर्ण बन्दै गइरहेको छ।

    यस वर्षको वातावरण दिवसको नाराको उद्देश्य र चुरे संरक्षणका अभियन्ताहरूले आवाज उठाएझैं नेपालको चुरे क्षेत्रको भूमिको संरक्षण, समस्त चुरे भावर तथा तराईमा बसोबास गर्ने समुदायहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले हाम्रो पुस्ताले चुरे क्षेत्रको पुनरुत्थान ‘रेस्टोरेसन’मा आआफ्नो तह र तप्काबाट स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत आर्थिक स्रोतहरूको जोहो गर्दै चुरेको भूमिलाई संरक्षण र दिगो व्यवस्थापन गर्दै यहाँका समुदायलाई जलवायु उत्थानशील बनाउनु आजको टड्कारो आवश्यकता हो।

    नेपाल सरकारले जलवायु वित्तका स्रोतहरू अन्तर्गत प्राप्त हुने यस्ता सहयोगहरूका लागि राष्ट्रिय रूपमा निकै प्रयास गरिरहेको र हालैमात्र काठमाडौंमा सम्पन्न गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादले समेत यस्ता कोषहरूमा विकासोन्मुख देशहरूको पहुँच तथा त्यसको सफल र प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

    नेपालको चुरे क्षेत्रमात्र होइन, जलवायु परिवर्तनका कारण प्रभावित कम विकसति देशका संवेदनशील भूभाग र समुदायलाई आर्थिक सहयोग गर्नकै लागि विश्व समुदायले जलवायु वित्तको व्यवस्थापन गरिरहेका छन्। जलवायु परिवर्तनलाई सम्बोधन गर्न सञ्चालन गरिने न्यूनीकरण र अनुकूलन क्रियाकलापहरूका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय तवरबाट परिचालन गरिने अनुदान, ऋण तथा अन्य प्रकारका सबै सहयोगहरूलाई समग्र रूपमा जलवायु वित्तका रूपमा लिइन्छ।

    जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसिसिसी) ले विकासोन्मुख देशहरूमा जलवायु वित्तको व्यवस्थापनका लागि ग्लोबल इन्भारोन्मेन्ट फ्यासिलिटी (जिइएफ) र ग्रिन क्लाइमेट फन्ड (जिसिएफ) जस्ता संस्थाहरू परिचालन गरेको छ। जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न प्रदान गरिने यस्ता कोषहरूवाट परिचालन गरिने सहयोग निकै लामो प्रक्रिया तथा आवश्यक सर्तहरू पूरा गरेपछि मात्र प्राप्त हुने र तीबाहेक अन्य स्रोतहरूबाट खासै रकम प्राप्त नहुने भएकाले हाल प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्न सके मात्र भविष्यमा थप सहयोगको आशा गर्न सकिन्छ।

    जलवायु परिवर्तनका कारण सिर्जित यस्ता जोखिमले गर्दा प्रमुखतः आधुनिक विकासको सिलसिलामा सक्षम राष्ट्रहरूलाई पछ्याउन नसकेका र उपलब्ध प्राकृतिक स्रोतहरूमा नै जीवन निर्वाह गरिरहेका नेपालजस्ता अल्पविकसित देशहरू थप मारमा परेका छन्।

    नेपाल सरकारले जलवायु वित्तका स्रोतहरू अन्तर्गत प्राप्त हुने यस्ता सहयोगहरूका लागि राष्ट्रिय रूपमा निकै प्रयास गरिरहेको र हालैमात्र काठमाडौंमा सम्पन्न गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादले समेत यस्ता कोषहरूमा विकासोन्मुख देशहरूको पहुँच तथा त्यसको सफल र प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

    हामी सबै सरोकारवालाहरू मिलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्रोतहरूको दीर्घकालीन लाभ लिन सक्ने गरी उपयोग गर्न सक्यौं र जलवायु वित्तअन्तर्गत प्राप्त हुने चुरे उत्थानशील आयोजनाजस्ता कार्यक्रमहरूलाई परियोजनाको क्षणिक अवधिबाट माथि उठी सही कार्यान्वयन गर्न सक्यौं भने २६ वटा नदी प्रणाली मात्र नभई आगामी दिनमा चुरे क्षेत्रका सबै एक सय ६४ वटै नदी प्रणालीहरूमा पुनस्र्थापनाका क्रियाकलापहरू गर्न आर्थिक स्रोतको अभाव हुने छैन।

    बढ्दो तापक्रमका कारण विश्वकै अग्लाइमा रहेका नेपाली हिमशिखरहरूमा रहेको हिउँ पग्लने गति तीव्र भइरहेको छ भने ती हिमशृंखलाहरूबाट उत्पन्न भएका नदीहरूबाट बग्ने पानीलाई आफ्नो जीविकोपार्जनको साधन बनाइरहेका करोडौं मानव समुदाय अनिश्चिततामा बाँचिरहेका छन्।

    विश्व वातावरण दिवस २०८१ का अवसरमा हामी सबैमा चुरे संरक्षणका लागि थप योगदान गर्ने हौसला मिलोस्, शुभकामना !

    १८ औं शताब्दीसम्मको पृथ्वीको स्वच्छ वातावरणलाई १९ औं शताब्दीको सुरुवातसँगै मानव समुदायले गरेको औद्योगिकीकरण र अन्धाधुन्ध विकासले खलल मात्र पुर्‍याएन, २० औं शताब्दीसम्म आइपुग्दा विश्वको समग्र पारिस्थितिकीय प्रणालीलाई नै जलवायु परिवर्तनसिर्जित जोखिममा धकेल्यो। जलवायु परिवर्तनका कारण सिर्जित यस्ता जोखिमले गर्दा प्रमुखतः आधुनिक विकासको सिलसिलामा सक्षम राष्ट्रहरूलाई पछ्याउन नसकेका र उपलब्ध प्राकृतिक स्रोतहरूमा नै जीवन निर्वाह गरिरहेका नेपालजस्ता अल्पविकसित देशहरू थप मारमा परेका छन्।

    ‘जर्मनवाच’ले सन् २०११ मा निकालेको विश्वव्यापी जलवायु जोखिम सूचकांकअनुसार नेपाल जलवायुजन्य उच्च जोखिममा रहेका मुलुकमा शीर्ष १०औं स्थानमा छ। पारिस्थितिकीय प्रणाली पुनस्र्थापनाको महत्त्व महसुस गरी सन् २०२१–२०३० को दशकलाई संयुक्त राष्ट्र संघले पारिस्थितिकीय प्रणाली पुनस्र्थापनाको दशक घोषणा गरेको छ। पारिस्थितिकीय प्रणाली पुर्नस्थापना गर्ने क्रममा हुने विभिन्न क्रियाकलापबाट जैविक विविधतामा उल्लेखनीय सुधार एवं पारिस्थितिकीय प्रणालीबाट प्राप्त सेवामा वृद्धि हुनुका साथै रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।

    साथसाथै चुरे पहाड क्षेत्रमा बढ्दो अनियन्त्रित बसोबास, वन विनाश तथा क्षयीकरण र वातावरणलाई बेवास्ता गर्दैै बनाइएका बाटोघाटोलगायत भौतिक संरचनाका कारण समग्र चुरे क्षेत्र र यसमा बसोबास गर्ने समुदाय मात्र होइन, भावर तथा तराई क्षेत्रका समुदायहरू समेत अप्ठ्यारोमा परिसकेको सर्वविदितै छ।

    बढ्दो तापक्रमका कारण विश्वकै अग्लाइमा रहेका नेपाली हिमशिखरहरूमा रहेको हिउँ पग्लने गति तीव्र भइरहेको छ भने ती हिमशृंखलाहरूबाट उत्पन्न भएका नदीहरूबाट बग्ने पानीलाई आफ्नो जीविकोपार्जनको साधन बनाइरहेका करोडौं मानव समुदाय अनिश्चिततामा बाँचिरहेका छन्।

    यसैगरी पहाडहरूमध्ये कान्छो र एकदमै कमजोर भौगर्भिक बनोट भएको चुरे पहाड क्षेत्र र यसमा बसोबास गर्ने समुदायसमेत अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बढ्दो गर्मी तथा लामो खडेरीका कारण सिर्जित बाढी, पहिरो, नदी कटान तथा खेतीयोग्य जमिन डुबान, लामो खडेरी, आगलागीजस्ता समस्याहरूबाट दिन प्रतिदिन थप संकटमा परिरहेका छन्।

    साथसाथै चुरे पहाड क्षेत्रमा बढ्दो अनियन्त्रित बसोबास, वन विनाश तथा क्षयीकरण र वातावरणलाई बेवास्ता गर्दैै बनाइएका बाटोघाटोलगायत भौतिक संरचनाका कारण समग्र चुरे क्षेत्र र यसमा बसोबास गर्ने समुदाय मात्र होइन, भावर तथा तराई क्षेत्रका समुदायहरू समेत अप्ठ्यारोमा परिसकेको सर्वविदितै छ।

  • राखेपद्वारा खेलकुदको वार्षिक क्यालेन्डर सार्वजनिक

    राखेपद्वारा खेलकुदको वार्षिक क्यालेन्डर सार्वजनिक

    नेपालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका र नभएका दुई सयभन्दा बढी संघ छन्। तर, ती संघ के गर्छन् ? के गर्दै छन् भन्ने कुरा खेलाडीलाई मात्रै होइन, खेलकुद संघको नियमन गर्ने निकाय राखेपलाई समेत थाहा हुँदैन।

    त्यसैले सबैलाई दोधारको अवस्था सिर्जना गरिरहेको हुन्छ। यस्तै अवस्था सिर्जना नहोस् भनेर राखेपले आफू र संघहरूले गर्ने कार्यक्रम समेटेर मंगलबार वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

    ‘हामीले काम गरिराखेका थियौं, क्यालेन्डर बनाइरहेका हुन्थ्याैं। तर, पारदर्शी र जबाफदेही बन्ने गरी कार्यक्रम सार्वजनिक गर्न सकिरहेका थिएनौं। हामी सबैको तर्फबाट कमीकमजोरी भइरहेका थिए। त्यसैले सबै कार्यक्रमलाई देखाउने र जबाफदेही बन्ने अवस्थामा हामी आइपुगेका छौं,’ राखेप सदस्यसचिव टंकलाल घिसिङले भने।

    सार्वजनिक क्यालेन्डरअनुसार राखेपले आर्थिक वर्ष २०८१-८२ मा ११ वटा कार्यक्रम गर्नेछ। पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबाट आयोजित वर्ष उत्कृष्ट खेलाडी सम्मान, राखेपको वार्षिकोत्सव, राष्ट्रिय संघ सबलीकरण कार्यक्रम र प्रथम पारा राष्ट्रिय खेलकुदलगायतका कार्यक्रमहरू उसले गर्ने बताएको छ। यीमध्ये अधिकांश कार्यक्रम राखेपले गरिसकेको छ।

    राखेपअन्तर्गत दर्ता भएका ३५ वटा राष्ट्रिय खेल संघले ६८ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वचन दिएका छन्। यस्तै, ४१ वटा राष्ट्रिय संघहरूमार्फत १२२ वटा कार्यक्रम आयोजना हुने सदस्यसचिव घिसिङले जनाए। तर, सीमित स्रोत साधनका कारण यति धेरै कार्यक्रम सञ्चालन गर्न संघहरू सक्षम छन् त ?

    घिसिङ भन्छन्, ‘हामीले हामीलाई नै चुनौती दिएका हौं। घोषित कार्यक्रमहरू गर्ने दायित्व मेरो र म को हो भन्ने जिम्मेवारी बोध गराउन खोजेका हौं। हामी सबै सामूहिक रूपमा अपनत्व लिने स्थितिमा आइपुगेका छौं, लिन्छाैं।’

    अन्तर्राष्ट्रिय संघहरूको आफ्नै क्यालेन्डर हुन्छ। ती क्यालेन्डरमा कुनकुन टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउने भन्ने स्पष्ट तोकिएको हुन्छ। त्यति मात्रै होइन उक्त क्यालेन्डरमा प्रतियोगिता हुने स्थान, मिति र समय तोकिएको हुन्छ।

    यसरी स्थान, मिति र समय नदिएको खण्डमा सामाजिक सन्जालमार्फत पनि उनीहरूले सूचना प्रवाह गरिरहेका हुन्छन्। तर, नेपाली खेलकुदमा भने यसरी व्यवस्थित क्यालेन्डर बनाउने, कार्यक्रम सार्वजनिक गर्ने संघहरू विरलै छन्। यसले गर्दा प्रशिक्षक, खेलाडी र खेलप्रेमीमा अन्योल पैदा भइरहेको घिसिङ बताउँछन्।

    ‘अन्तर्राष्ट्रिय संघहरूले जस्तै काम हामीले गर्नुपर्छ। हामीले पछिल्लो समयमा कुनकुन मितिमा केके कार्यक्रम ग¥यांै? भनेर जानकारी सार्वजनिक गरिरहेका छौं। यही जानकारीलाई पनि व्यवस्थित बनाउँदै लगिरहेका छौं, सामाजिक सन्जालमार्फत जानकारी दिइरहेका छौं। आजको समयमा सूचना पाउने पहिलो प्लेटफर्म भनेकै वेबसाइट भएका कारण हामीले सबै संघका कार्यक्रमहरू यसैबाट समेट्ने प्रयास गरिरहेका छौं,’ उनले भने।

    २०७८ मंसिर १३ गते राखेप सदस्य सचिवमा घिसिङ नियुक्त हुनुभन्दा अगाडि २०९ संघ दर्ता भएका थिए। ती संघहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिए। तर, नगण्यले मात्रै खेलकुद विकास ऐन २०७७ अन्तर्गत आफूले गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए।

    अहिले राखेपले त्यस्ता संघहरूलाई घटाएर ६१ मा झारेको छ। ६१ संघमध्ये अधिकांशले आफूले गर्नुपर्ने निर्वाचन, बनाउनुपर्ने क्यालेन्डरलगायत राखेपले दिएको निर्देशन पालना गरिरहेको उनी बताउँछन्। तर, संघ खोलेर केही नगर्ने परिपाटी भने अबको दिनमा अन्त्य हुने उनको भनाइ छ।

    २०१५ सालमा स्थापना भएको राखेपमा एकताका भर्ना भएका ठूला पुराना जनशक्ति रहेका छन्। त्यसमा केही नयाँ जनशक्ति पनि थपिएका छन्। त्यसैले अनुभवी र नयाँ आएका दुवै जनशक्तिलाई प्रयोग गरेर परिषद्लाई परिस्कृत गर्नुपर्ने चुनौती रहेको उनी बताउँछन्। त्यसो गर्न सके आफूहरूले गर्नुपर्ने सबै काम गर्न सक्नेमा उनी आशावादी देखिन्छन्।

    यही जनशक्ति प्रयोग गरेर राखेपले २०७९ असोज–कात्तिकमा गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेपले वेबसाइट र एप बनाएको थियो। उक्त प्लेटफर्ममा सहभागी खेलाडीको संख्या, प्रतियोगिता, खेलाडी र टोलीले जितेका पदकलगायतका जानकारी राखेपले सबैको पहुँच पुग्ने गरी राखेको थियो।

    त्यस्तै, प्रतियोगिता सुरु हुनुभन्दा अगाडि अनलाइनबाट खेलाडी दर्ता गर्ने सुविधा पनि राखेपले उपलब्ध गराएको थियो। उक्त प्लेटफर्ममा रहेका विवरण अझै सुरक्षित रहेको उनी बताउँछन्।

    त्यसबाहेक ‘एसियाडमा नेपाली खेलकुद’ भनेर प्रकाशकीय प्रकाशन गरेको र आगामी दिनमा ‘ओलम्पिकमा नेपाली खेलकुद’ भनेर प्रकाशकीय प्रकाशन गर्ने तयारीसमेत भइरहेको उनले बताए। राखेप यसरी प्रकाशन गरेका सामग्री र सूचनामा सबैको पहुँच पुग्ने गरी काम गरिरहेको उनी बताउँछन्।

  • अल्पमतमा परेका मुख्यमन्त्री यादवले प्रक्रिया पुर्‍याउन विश्वासको मत लिँदै

    अल्पमतमा परेका मुख्यमन्त्री यादवले प्रक्रिया पुर्‍याउन विश्वासको मत लिँदै

    मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने तयारी गरेका छन्।

    आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन्। तर, उनले विश्वासको मत पाउने सम्भावना भने निकै न्यून छ।

    मुख्यमन्त्री बनेपछि यादवले आज १६ औँ महिनामा पाँचौपटक विश्वासको मत लिन लागेका हुन्।

    मङ्गलवार नेकपा एकीकृत समाजवादीले सरकार छाडेसँगै मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना सकिएको र मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालले सत्ता गुमाउने भएको छ।

    संसदमा विश्वासको मत गुमाउने निश्चित भएपनि प्रक्रिया अनुसार नै अघि बढ्ने तयारी जसपा नेपालले गरेको नेता मनिस सुमनले बताए।

    उनले मुख्यमन्त्रीले राजीनामा नदिने र प्रक्रिया अनुसार आजको बैठकमा विश्वासको मत लिने भन्दै नतिजा अनुसार नै अघि बढ्ने बताए।

    २०७४ मङ्सीरको चुनावपछि लगातार मधेश सरकारमा रहेको जसपा नेपालले मधेश प्रदेशमा यसपटक बहुमत गुमाएको छ।

    मुख्यमन्त्री यादवले पहिलोपटक २०७९ माघ ४ मा विश्वासको मत लिँदा पक्षमा १०७ मध्ये प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा शून्य मत खसेको थियो। त्यसपछि २०८० जेड ३० गते दोस्रो पटक विश्वासको मत लिँदा पनि पक्षमा १०३ र विपक्षमा शून्य मत नै खसेको थियो।

    मुख्यमन्त्री यादवले २०८० फागुन ६ गते तेस्रो पटक विश्वासको मत लिँदा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका थिए भने ३५ जनाले विपक्षमा मतदान गरे।

    २०८१ वैशाख ४ मा चौथोपटक विश्वासको मत लिँदा उनको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो।

    १ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेश सभामा मुख्यमन्त्रीलाई सरकार टिकाइराख्न ५४ जनाको समर्थन आवश्यक पर्छ।

    मङ्गलवार एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मङ्गलवार राजिनामा बुझाए। सँगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन्।

    केन्द्रमा वर्तमान गठबन्धनबाट जसपा नेपाल बाहिरिए पछि त्यसको प्रभाव मधेशमा देखिएपछि ३० वैशाखमा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो भने मङ्गलवार एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिएको छ।

    एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्।

    १०७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन्। यो सङ्ख्या ५३ पुग्छ। १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयार भएको बुझिएको छ।

    ४ मंसिर २०७९ को चुनावपछि मुख्यमन्त्री चुनिएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए। तर, २३ जेठमा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहितले ७ सांसदले फुटाएपछि कमजोर बन्यो।

    लगत्तै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे।

    अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ।

  • दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव असारमा

    दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव असारमा

    धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो।

    बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्र्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचत्रि महोत्सवका संयोजक केएल बुढाथोकीले बताए।

    धनगढीका पत्रकारसँग कुराकानी गर्दै संयोजक बुढाथोकीले भने, ‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत उनीहरूको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरूको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ।’

    महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ। यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपरस्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए।

    महोत्सवमा बालबालिका तथा बयस्कहरूले निर्माण गरेका बाल चलचित्रहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ।

  • संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने

    संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने

    प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।

    साथै आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको अर्थ मन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ।

    यस्तै आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन्।

    त्यसैगरी आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।

    सचिवालयका अनुसार अर्थ मन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् भने ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

  • चिनियाँ गिरोहको जालोमा युवा

    चिनियाँ गिरोहको जालोमा युवा

    वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्। ऋण काढेर विदेश पुगेका युवाहरू जति दुःख पाए पनि त्यो चुक्ता गरेर मात्रै फर्किने सोचमा हुन्छन्। ती युवक भने विदेशको दुईदिने बसाइपछि फर्केका हुन्।

    अपेक्षाअनुसारको काम नभएपछि जेठ ६ गते गन्तव्य कम्बोडियाका लागि उडान गरेका तिनी १० गते नेपाल फर्किन बाध्य भएका हुन्। आएगएको समय पनि जोड्दा उनी नेपालबाट गएको चार दिनको अन्तरालमा फर्किएका हुन्।

    काठमाडौंका ३५ वर्षीय ती युवक धेरै आम्दानी गर्ने लोभले कम्प्युटरमा विभिन्न डाटा राख्ने भन्दै एजेन्टमार्फत कम्बोडिया पुगेका थिए। परिवारको सुखद भविष्यको कल्पना गर्दै कम्बोडिया जान उनले चार लाख रूपैयाँ एजेन्टलाई बुझाएका थिए।

    मानव तस्करीमा संलग्न एजेन्टहरूले नेपालदेखि कम्बोडियासम्म नपत्याउने किसिमले ‘सेटिङ’ गरेका रहेछन्। एजेन्टले सिकाएका विभिन्न भनाइलाई तिनले यथोचित पालना गरेका थिए। सुरक्षित कामको आशामा एजेन्टले भनेअनुसार उनी पछि लागेका थिए।

    ‘विदेशमा पुगेपछि दुःख गरेर मजाले कमाउँछु भन्ने सोचमा थिएँ,’ उनले भने, ‘त्यहाँ पुगेपछि राजाकै घरमा पुगेजस्तो अनुभव भएको थियो। हामीसँग एजेन्टले गरेको सम्झौतामा १ प्रतिशत पनि शंका थिएन। तर कस्तो नराम्रोसँग फसायो। जताततै सेटिङ नै सेटिङ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याउने एउटा एजेन्ट थियो। विमानस्थलभित्रदेखि विमानसम्म अर्को र विमानभित्र पनि फेरि अर्कै एजेन्टको उपस्थिति थियो।

    ‘मान्छे पत्याउँदैनन् होला, प्लेनभित्र पनि ठुलो सेटिङ छ,’ उनले भने, ‘हामी चढेको प्लेनमा कम्बोडिया जाने चार जना थियौं। दुई जना साथी अलि अगाडि बसेका थिए भने म र एउटा साथी पछाडितिर बसेका थियौं । प्लेन चढेर सिटमा बस्न नपाउँदै एउटा मान्छे आएर भन्छ, तपाईंहरूको फोटो मसँग आइसकेको छ। अब मैले भनेअनुसारको गर्नू है।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा एजेन्ट र हवाईजहाजभित्र अर्को एजेन्ट रहेको उनले बताए। ‘प्लेन चढ्दा होस् या ओर्लिंदा, शौचालय जाँदा पनि एजेन्टकै नजरमा हामी हुन्थ्यौं। प्लेनभित्रको एजेन्टले ओर्लिएपछि हामी सबैलाई चार जना एजेन्टको भागमा लगाइदिए। आ–आफ्नो एजेन्टले हामीलाई कम्बोडियाको विभिन्न ठाउँ लगेका थिए। नेपालबाट सँगै गएका हामी साथीभाइबीच दोहो¥याएर भेट भएन।’

    विदेशमा परिवार छाडेर आउँदा केही नभएका उनलाई साथीभाइ छुट्नुमा कुनै पश्चात्ताप थिएन। अब काम कहिलेबाट गर्ने भन्ने भन्ने चिन्ता मात्र उनलाई थियो। ती पीडितका अनुसार कम्बोडिया पुगेकै भोलिपल्ट चिनियाँ नागरिकद्वारा परिचालित एक कम्पनीको काममा लगाइयो। आफ्नो साथमा भएको १६ सय डलर (नेपाली २ लाख १२ हजार ६९३ रूपैयाँ) चिनियाँ नागरिकले नै लिएको उनले बताए। तर उनलाई नेपालको एजेन्टले बताएझैं काम भने दिइएन।

    टेलिग्राममार्फत विभिन्न देशमा छरिएर रहेका पुरुष वा महिलालाई आफ्नो जन्जालमा पार्नुपर्ने उनको काम थियो। त्यति मात्रै नभएर अथाह धनी व्यक्ति, त्यो व्यक्ति बस्ने ठाउँ र उक्त व्यक्तिको बैंक खाता नम्बर पत्ता लगाउनुपर्ने जिम्मेवारी उनलाई दिइएको थियो।

    ‘धनी व्यक्तिलाई छानी आफ्नो जालमा पारेर उसको नाम, ठेगाना र बैंक खाता नम्बर सबै फेला पार्ने काम थियो,’ उनले भने, ‘त्यसरी व्यक्तिको विवरण थाहा पाएपछि चिनियाँ नागरिकले बैंकबाट सिधै पैसा झिक्ने रहेछ। कामको विवरण थाहा पाउनेबित्तिकै उनले यस्तो काम गर्दिनँ भने। कम्प्युटरमा डाटा कलेक्सन भनेर अरूलाई फसाएर पैसा चोर्नुपर्ने रहेछ।’

    आफू मर्छु बरु यस्तो काम गरिन्न भन्दै चिनियाँ नागरिकलाई भनेको ती युवकले बताए। कम्बोडिया पुग्नेबित्तिकै आफूसँग भएको पैसा चिनियाँ गिरोहलाई दिएकाले र काम मरे पनि गर्दिनँ भनेकै आधारमा स्वदेश आउन सफल भएको भन्ने उनको अनुमान छ। ‘उनीहरूले त्यहाँ काम गर्न धेरै फकाएका थिए। नेपाल फर्कने टिकट मसँगै थियो। मेरो साथमा भएको पैसा सबै लिइसकेका थिए। उनीहरूले भनेको नमान्दा मलाई भोलिपल्टै नेपाल फर्काइदिए।’

    उक्त कम्पनीमा काम गर्ने नेपाली धेरै युवा रहेको जानकार उनले दिए। यस्तो काम पनि के गरिरहेका छौं भनेर नेपाली युवालाई प्रश्न गर्दा उनले यस्तो जवाफ पाए, ‘के गर्नु नराम्रोसँग फसियो। ४-५ लाख ऋण गरेर एजेन्टलाई बुझाएर आइयो। यहाँ आएपछि यस्तो कामबारे थाहा भयो। हामीलाई पनि झुक्याएर ल्याइएको हो। अब काम नगरेर पनि के गर्नु परिवार पाल्नैप¥यो, ऋण तिर्नैप¥यो। यस्तो बाध्यतामा छौं। फिर्ता जान पनि चिनियाँलाई पैसा तिर्नैपर्‍यो।’

    परिवारसँग बिदावारी भएर कमाउन भनी विदेश पुगेको मान्छे चार दिनमै घर आइपुग्दा परिवारलाई अवसाद भयो। उनी आफैं पनि भावुक भए। एउटा काम भनेर अर्को काम लगाएकै कारण यस्तो गर्दिनँ भन्दै नेपाल फर्किएका ती पुरुष मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन गत बिहीबार आएका हुन्।

    चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीमा एक भारतीय नागरिकले काम गर्न नसक्दा करेन्ट लगाएको ब्युरोमा उजुरी दिन आएका ती पीडितले बताए। ‘भारतीय नागरिक ऋण गरेर त्यहाँ पुगेको रहेछ। अब जसरी पनि काम गर्नैप¥यो भनेर लाग्दा कम्पनीको सीमाक्षेत्रभित्र रहेर काम गर्न नसकेको हुँदा तिनलाई करेन्ट लगाइएको हो। २८ दिनसम्म करेन्ट लगाउँदा भारतीय नागरिकको शरीरको मासु पक्कपक्क उप्किएको थियो,’ उनले भने।

    भारतीय नागरिकलाई धेरै गाह्रो भएपछि परिवारसँग हारगुहार गरेर १० हजार डलर (नेपाली १३ लाख २९ हजार ३३७ रूपैयाँ) चिनियाँ गिरोहलाई बुझाएर आफूसँगै स्वदेश फर्किएको ब्युरोमा उजुरी दिएको ती पुरुषले बताए। उनी आफ्नै मनलाई सम्हालेर स्वदेश फर्किएका थिए। तर ऋण गरेर गएको विदेशको सपना टुटेको थियो। उनीहरूले अह्राएको काम सम्झिँदा पनि आङ जिरिङजिरिङ भएर आउँछ। आफू फुत्किएर स्वदेश आउन पाएकामा उनी गर्व महसुस गर्छन्।

    चिनियाँ गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा लगी शिविरमा राखेर अनलाइन स्क्यामिङ लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए। ‘ती देशमा लगेर अनलाइन ठगीका काममा लगाउने गरिन्छ। तोकेअनुसार ठगी गर्न नसके शारीरिक र मानसिक यातना दिइन्छ,’ उनले भने, ‘स्वदेश फर्कन खोज्दा पनि चिनियाँले लाखौं रूपैयाँ माग्ने गरेका छन् ।’

    जसोतसो स्वदेश फर्किएका युवा न्यायका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुग्छन्। उनीहरूको बयानका आधारमा ब्युरोले २८ जनामध्ये ८ जना महिला र २० जना पुरुषलाई पक्राउ गरेको एसपी मिश्रले बताए।

    ‘अहिले अनलाइन स्क्यामिङको समस्या भयावह छ,’ मिश्रले भने, ‘नेपालीलाई विभिन्न मुलुकमा पु¥याएर अनलाइन स्क्यामिङमा लगाउने गरेको उजुरी परेका छन्। अनलाइन ठगी धन्दा चलाउने चिनियाँ गिरोहले यसमा गरिब देशका युवालाई प्रयोग गर्दै आएको छ।’ ब्युरोमा हालसम्म १६ मध्ये म्यानमारका नौ, लाओसका तीन र कम्बोडियाका चारवटा ‘अनलाइन स्क्यामिङ’ सम्बन्धी मुद्दा परेका छन्।

  • बंगलादेशी सांसद हत्या आरोपी नेपालबाटै अमेरिका!

    बंगलादेशी सांसद हत्या आरोपी नेपालबाटै अमेरिका!

    सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी मूलका अमेरिकी नागरिक नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका पुगेका छन्। नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार सांसद अनवरुलका व्यापारिक साझेदारसमेत रहेका मोहम्मद अख्तरज्जमान नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका पुगेका हुन्।

    सांसद अनारको हत्या कहिले भयो भन्ने यकिन नभए पनि कोलकाता प्रहरीले मे २२ मा उनको शव फेला पारेको थियो। भारतीय सुरक्षा अधिकारीहरूले अनारको हत्या मे २२ अघि नै भएको अनुमान गरेका छन्। उनी मे २१ मा नेपालबाट दुबई गएको र त्यहाँबाट अमेरिका पुगिसकेको दाबी प्रहरी उच्च स्रोतले गरेको छ।

    ५६ वर्षीय सांसद अनारको हत्यापछि अख्तरज्जमान फरार भएको बताइएको छ। अनार उपचारका लागि २०२४ मे १२ मा कोलकाता पुगेका थिए। त्यसको भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसयता अर्थात् मे १३ देखि उनी सम्पर्कविहीन भएका थिए। यस विषयमा भारतीय प्रहरीले हनी ट्र्यापको कोणबाट पनि अनुसन्धान गरिरहेको बताइएको थियो।

    अध्यागमन विभागले भने अख्तरज्जमान नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका गए÷नगएको बारेमा अनभिज्ञता जनाएको छ। अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालले मोहम्मद अख्तरज्जमान अमेरिका गएको सूचना नपाएको बताए।

    उनले कोही व्यक्तिको राहदानी कालोसूचीमा नभएसम्म उसलाई रोक्न पनि नसकिने बताउँदै यसबारे अध्यागमन विभागलाई केही जानकारी नभएको स्पष्ट पारे। ‘हामीले हेर्ने भनेको पासपोर्ट हो। पासपोर्ट कालोसूचीमा भएकालाई मात्र रोक्न सकिन्छ,’ दाहालले भने, ‘मोहम्मद अख्तरज्जान बारेमा मलाई कुनै जानकारी छैन।’

    बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

    गत वर्ष अनार र अख्तरज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्।

    बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको छ।

    हत्यामा संलग्नताको आशंका गरिएका ३१ वर्षीय बंगलादेशी मोहम्मद सियाम हुसेनलाई भने नेपाल प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी स्रोतका अनुसार उनी बंगलादेशको भोलाका स्थायी बासिन्दा हुन्। उनलाई लिन बंगालदेशको प्रहरी नेपाल आए पनि नेपाल प्रहरीले भारतबाट आएका कारण भारतमै डिपोर्ट गर्ने जनाएको छ।

    बंगलादेश प्रहरीको इन्टेलिजेन्स विभागका प्रमुख डिआइजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएको थियो। बंगलादेशका सांसद अनारको हत्या आरोपित हुसेनलाई बिहीबार पक्राउ गरिएको थियो। उनलाई अध्यागमन विभागमा हाजिर गराएर नेपाल प्रहरीले हिरासतमा राखेको छ।

    उनलाई नेपाल प्रहरीले विमानस्थलबाट पक्राउ गरेको भनिए पनि स्थानबारे अझै केही खुलाएको छैन। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही नबोले पनि स्रोतले भने बंगलादेशका सांसदको हत्या आरोपित बंगलादेशी नागरिक नेपालको सीमा क्षेत्रबाट पक्राउ परेको दाबी गरेको छ। हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाहरूले जनाएका छन्।

    तर हत्यामा संलग्न भनिएका हुसेनसहित अन्य चारजना फरार रहेको जनाइएको छ। त्यसमध्ये हुसेन नेपालमा पक्राउ परेको प्रहरी स्रोतको दाबी छ। बंगलादेशका सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेको र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो।

    हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले सांसद अनारको शव टुक्राटुक्रा पारेर फालेको बयान भारतीय प्रहरीलाई दिएका थिए। समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता गएका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए।

    यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। उनलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। यसपछि सिरानीको सहाराले हत्या गरिएको हवलदारले बयानमा बताएका थिए।

    अनारको शवलाई चक्कु र ब्लेडको सहायताले टुक्राटुक्रा पारेको बयान पनि हवलदारले दिएका थिए। हत्याराले शवका टुक्राहरूलाई प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर लगेको सिआइडीले जनाएको छ।

    पक्राउ परेका हवलदारले नै मोहम्मद अख्तरज्जमानकै निर्देशनमा हत्या गरेको बयान दिएका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गरेको र साझेदारीमा दरार आएपछि हत्या गर्न सुपारी दिएको बताएका थिए।

  • आज विश्व वातावरण दिवस

    आज विश्व वातावरण दिवस

    आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ।

    ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ। जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ।

    यसैगरी स्वस्थ्य पृथ्वीका लागि मलिलो माटो, स्वस्थ पानी तथा रुखबिरुवाको उत्तिकै महत्त्व रहेको विषयलाई यस वर्ष महत्त्व दिइएको छ।

    संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै छ।