Blog

  • नेपालले नेदरल्याण्डलाई दियो १ सय ७ रनको लक्ष्य

    नेपालले नेदरल्याण्डलाई दियो १ सय ७ रनको लक्ष्य

    टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो।

  • धराशयी बन्यो नेपालको ब्याटिङ, कमजोर लक्ष्यतर्फ अग्रसर

    धराशयी बन्यो नेपालको ब्याटिङ, कमजोर लक्ष्यतर्फ अग्रसर

    आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग नेपालले खराब ब्याटिङ गर्दा धराशयी बनेको छ।

    ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा पर्न पुग्यो।

    अनुभवी ब्याटरले खराब सट खेल्दा नेपाल कमजोर लक्ष्यतर्फ अग्रसर भएको छ। १९औं ओभरकाे खेल चलिरहँदा नेपाल १०६/९ को नाजुक अवस्थामा छ।

    नेपालले ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेललाई सस्तैमा गुमायो। आसिफ ४ रन र कुशल भुर्तेल ७ रनमा आउट भए। त्यसपछि ब्याटिङमा आएका कप्तान रोहितकुमार पौडेलले इनिङ अगाडि बढाउने प्रयास गरे। तर, उनले साथ पाउन सकेनन्।

    अनिल साह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी खराब सट खेलेर आउट हुन पुगे। त्यसपछि अनुभवी सोमपाल कामीलाई ब्याटिङ क्रममा प्रमोसन गरिएको थियो।

    तर, त्यो निर्णय पनि सही साबित हुन सकेन। १६औं ओभरको अन्तिम बलमा कप्तान रोहित पनि आउट हुन पुगे।

    उनी ३५ रनमा स्पिनर टिमोथी प्रिङ्गलद्वारा क्याच आउट भए। २१ वर्षे टिमोथीले महत्वपूर्ण तीन विकेट लिँदै नेपालको इनिङ संकटमा पारेका हुन्।

    उनले न्युजिल्यान्डबाट यु–१९ क्रिकेटसमेत खेलेका थिए।

  • नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान रोहित आउट भए

    नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान रोहित आउट भए

    टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको खेलमा नेपालका कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट भएका छन । उनी आउट भएसंगै नेपालले १६ ओभरमा ७ विकेट गुमाएको हो।

    यस अघि नेपालले आशिफ शेख, कुशल भुर्तेल , अनिल शाह , कुशल मल्ल , दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी सहित ६ जनालाई गुमाएको छ।

    ताजास्थीतीमा नेपालले १४ ओभरमा ६ विकेट गुमाएर ६८ रन बनाएको छ । अहिले करण केसी र गुलशन झा क्रिजमा छन।

    आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

  • नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेट गुमायो

    नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेट गुमायो

    टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।

    नेपालले आशिफ शेख, कुशल भुर्तेल , अनिल शाह , कुशल मल्ल , दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई गुमाएको छ । नेपालले १३ दशमलब २ ओभर भित्र ६ जनालाई गुमाउन पुगेको हो।

    ताजास्थीतीमा नेपालले १४ ओभरमा ६ विकेट गुमाएर ६८ रन बनाएको छ ।अहिले कप्तान रोहित पौडेल र गुलशन झा क्रिजमा छन।

    आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

  • नेदरल्यान्ड्सविरुद्ध नेपालले कुसल र आशिफलाई गुमायो

    नेदरल्यान्ड्सविरुद्ध नेपालले कुसल र आशिफलाई गुमायो

    टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको दोश्रो विकेट गएको छ । दोश्रो ओभरमा नेपालका आशिफ शेख ४ रन बनाएर आउट भए । त्यसैगरी तेश्रो ओभरमा कुशल भुर्तेल ७ रन बनाएर आउट भए ।

    ताजास्थीतीमा नेपालले ५ ओभरमा २ विकेट गुमाएर २९ रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल र अनिल शाह क्रिजमा छन ।

    आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

  • टी२० विश्वकप क्रिकेटः नेपाल नेदरल्यान्ड्सबिच शुरु भयो  नेपालले पहिलो ब्याटिङ गर्दै

    टी२० विश्वकप क्रिकेटः नेपाल नेदरल्यान्ड्सबिच शुरु भयो नेपालले पहिलो ब्याटिङ गर्दै

    टी २० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबिचका खेल शुरु भएको छ ।

    आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेकाे छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

  • ट्वान्टी–२० विश्वकप: यस्ताे छ नेपालको प्लेइङ ११

    ट्वान्टी–२० विश्वकप: यस्ताे छ नेपालको प्लेइङ ११

    आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ।नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

    अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको थियो। खेल भने राति ९:४५ बजेदेखि सुरु हुनेछ।

    प्लेइङ ११

    नेपालः कुशल भुर्तेल, आसिफ शेख (विकेट), अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अविनाश बोहरा

    नेदरल्यान्ड्स: म्याक्स ओडाउड, माइकल लेभिट, विक्रमजीत सिंह, स्कट एडवर्ड्स (कप्तान र विकेटकीपर), तेजा निदामानुरु, बास डे लीडे, साइब्रान्ड एंगेलब्रेच, लोगान भान बेक, टिम प्रिन्गल, पल भान मिकरेन, भिभियन किङ्मा।

  • नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ।

    नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

    अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको थियो।

    खेल भने राति ९:४५ बजेदेखि सुरु हुनेछ।

    प्लेइंग ११ :

    नेपालः कुशल भुर्तेल, आसिफ शेख (विकेट), अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अविनाश बोहरा

    नेदरल्यान्ड्स: म्याक्स ओडाउड, माइकल लेभिट, विक्रमजीत सिंह, स्कट एडवर्ड्स (कप्तान र विकेटकीपर), तेजा निदामानुरु, बास डे लीडे, साइब्रान्ड एंगेलब्रेच, लोगान भान बेक, टिम प्रिन्गल, पल भान मिकरेन, भिभियन किङ्मा।

  • आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीचकाे खेलमा ढिलाइ

    आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीचकाे खेलमा ढिलाइ

    आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।

    अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण खेल केही समय ढिला सुरु हुने भएको छ। ८:४५ बजे टस हुने भनिएको थियो। वर्षाका कारण मैदान भिजेको हुँदा टसमा ढिलाइ भएको हो।

    हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेकाे छ। मैदान सुकाउने काम भइरहेको छ। अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ भने ९:४५ बजे खेल सुरु हुनेछ।

    जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स दुवैले आफ्नो पहिलो खेल खेल्न लागेका हुन्।

  • गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट

    गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट

    घोराही उपमहानगरपालिका-१८ घोरदौरावासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ।

    आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो।

    उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउँछिन्। हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उनले सुनाइन्। विकले भनिन्, ‘गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ।’

    पानी लिन आउँदा ओरालो भए पनि फर्किँदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उनकाे भनाइ थियाे।

    घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताइन्र। एउटै धारमा पालो कुरेर पानी भर्दा दुई घण्टा लाग्ने उनको भनाइ छ।

    उनले भनिन्, ‘गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठूलो पँधेरा भन्ने ठाउँमा जाने गर्दथ्यौँ तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु।’

    उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन्।

    घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउँछिन्। गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २/३ बजे उठ्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

    उनले भनिन्, ‘बुढेसकालमा पानी भर्न उकालो ओरालो गर्न समस्या छ। अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो। त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ।’

    घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताए।

    घोरदौराका स्थानीयले वर्षौँदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उनको दाबि छ। घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ

    खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ।