Blog

  • बोइजतर्फ नेपालको सान्त्वना जित, महिला पराजित

    नेपालले घरेलु मैदानमा जारी एटिएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को बोइजमा बुधबार जित निकालेको छ।

    सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा नेपालले बुधबार बोइजमा भुटानमाथि ३–० को सान्त्वना जित निकाल्दा गल्र्समा भने पराजित हुन पुग्यो।

    चार राष्ट्र सम्मिलित समूह ‘बी’ मा नेपालको यो पहिलो र सान्त्वा जित पनि हो। यसअघि नेपालले श्रीलंका र पाकिस्तानसँग हार बेहोरेको थियो। जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। भुटानविरुद्ध सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटी र निश्चल ज्ञवालीले सफलता प्राप्त गरे। विश्वविशेषले डुडु तेन्जिङलाई ६–० र ६–३ ले हराए।

    अर्को सिंगल्समा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे। डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हरायो।

    नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको बोइजमै बुधबार पाकिस्तानले श्रीलंका र भारतले बंगलादेशलाई समान ३–० ले हराए। बुधबारको खेलसँगै बोइजमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुँदा पाकिस्तानले बंगलादेशको सामना गर्नेछ।

    गल्र्समा भने नेपाल श्रीलंकासँग ३–० ले सहजै पराजित भयो। सिंगल्समा नेपालकी सारा पन्त र अनुश्री धोजु सहजै पराजित भए। श्रीलंकाका लियङ सानुथी वोङले नेपालकी सारालाई ६–० र ६–० ले हराइन्।

    अर्को सिंगल्समा अनुश्री पनि श्रीलंकाकी दाम्सिलुनी सहन्सासँग ६–० र ६–१ को सोझो सेटमा पराजित हुन पुगिन्। डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पराजित ग¥यो। नेपालको यो लगातार तेस्रो हार पनि हो।

    यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो। नेपाल मंगलबार भारतसँग ३–० ले पराजित भएको थियो। प्रतियोगितामा बोइजतर्फ सात र गल्र्समा पाँच राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

    बोइज/गल्र्स दुवैमा फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुनेछन्। शुक्रबारसम्म चल्ने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेका छन्।

  • बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका

    आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन। भारतमा मुस्लिम परिवारमा जन्मेका मुमताज लाल श्रीमको परिचयबाट परिचित छन्, योग ध्यानको शिक्षा मात्र दिँदैनन्, हिमालयको यात्रा गर्छन्। ‘हिमालय वासी गुरुको साये मे एक योगीका आत्मचरित’ पुस्तकसमेत रचना गरेका छन्।

    विश्वप्रसिद्ध पुस्तक ‘अटोबायोग्राफी अफ योगी’का रचयिता परमहंश योगानन्दका शिष्य राय युजिन डेविस हिन्दु परिवारमा जन्मेका थिएनन्। उनले ‘परमहंश योगानन्द जैसा मैंने उन्हे जाना’ भन्ने कृति नै लेखेका छन्। (उनले अंग्रेजीमा लेखेका कृतिको अनुवाद आशालता चौधरीले गरेकी छन्), उनी ‘स्पिरिचुअल अवेरनेस’ का संस्थापक पनि हुन् जसको मुख्यालय उत्तरपूर्वी जजिर्यामा छ भनिन्छ। फ्रान्समा जन्मेकी मिरा रिचर्ड स्वामी श्री अरविन्दको जीवनभर आध्यात्मिक सहायक भएर ‘मदर मिरा’ नामले विश्व प्रसिद्ध भइन्।

    आध्यात्मिक बाटो आफैँले तय गरिन्छ वा अस्तित्वले नै त्यस्ता आध्यात्मिक पात्रलाई छान्ने गर्दछ यसको जवाफ त आध्यात्मिक चिन्तक वा ज्ञाताले मात्र दिन सक्छन् भन्ने लाग्दछ, राहुल सांकृत्यायन र भिक्षु म्याथु रिकाको जीवनको अध्ययन गर्दा त्यस्तै लाग्छ। राहुल भारतमा हिन्दु परिवार जन्मेका थिए भने म्याथु रिका फ्रान्सको क्याथोलिक परिवारका सन्तान थिए।

    मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्।

    ‘चरैवेति–चरैवेति’ भन्ने वाक्यको भाव राहुलको जीवनशैलीमा लागु भएको थियो। कहिल्यै एक ठाउँमा स्थित नभएर निरन्तर परिवर्तन भइरहने ‘घुम्मकड शास्त्र’ का लेखक राहुलको जन्म भारतको उत्तर प्रदेशको ‘पन्दहा’ (आजमगढ) मा मावली घरमा ९ अप्रिल १८९३ मा भएको थियो। बाबु गोवर्धन पाण्डे र आमाकुलवन्तीका चारजना छोरामध्ये उनी कान्छा थिए। उनको केदारनाथ पाण्डेको नाममा नामकरण गरिएको थियो। रामशरण पाठकको एकमात्र सन्तान उनकी आमा भएकाले बाल्यकाल मामाघरमा बित्यो जुनबेला उनको जन्म भएको थियो। त्यसबेला महात्मा गान्धी अफ्रिकामा थिए भने स्वामी विवेकानन्द ‘धर्म सभामा’ सहभागी हुन अमेरिकामा थिए। सन् १९६३ अप्रिल १४ मा मृत्युवरण गरेका राहुलको भनाइ नै थियो–

    सैरकर दुनिया की गाफिल जीन्दगी फिर कहाँ।।

    जिन्दगानी गुर रही, तो नौजवानी फिर कहाँ।।

    मावली हजुरबुवाले उनलाई विभिन्न स्थानको विषयमा बताउने गर्थे। त्यसको प्रभाव उनको जीवनमा पर्‍यो भनेर जानकारहरू बताउँछन्। उनी सानैमा घर छाडेर भाग्छन्। उनको भगौडायनकै कारणले हुनुपर्छ, राम दुलारी देवीसँग केटाकेटीमै उनको अभिभावकले विवाह गरिदिन्छन्। सबैले ‘बडकी माई’ भनेर सम्बोधन गर्ने गरेको राम दुलारी अनन्त प्रतीक्षामा रहिन्। तर राहुलले यो विवाह स्वीकार गरेनन्, सानैमा विवाह भएको कारण घरबाट भागे भन्ने गरिए पनि यथार्थमा त्यस्तो होइन, स्वभावका कारण भगौडा भएका हुन भन्ने कतिपयको भनाइ छ।

    श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए।

    मावली हजुरबुवा उनलाई कलेक्टर बनाउन चाहन्थे, त्यसैले उर्दु र अंग्रेजी पढ्नका लागि मदरसामा पनि पढे। आर्य समाजमा पनि बसेका उनी सन् १९१२ मा १९ वर्षको उमेरमा दुवै पाखुरामा शंचक्री मुद्रा डामेर उनी रामानुजी साधु राम उदार दास भए। सन् १९२९ तिर उनले आफ्नो नाम दामोदर साङकृत्यान लेख्न थाले (रोचक घिमिरे, सम्झनामा फक्रिएका थुँगाहरू)। पछि लखनउमा पञ्जाबका ब्राह्मण परिवारका भजन आनन्द कौशल्यान भिक्षु बनेर भोजानन्द भएका हुन्छन्, उनीसँग राहुलको भेट हुन्छ त्यसपछि बौद्ध साहित्य पढ्छन। दुवैजना श्रीलंका जान्छन्। तीन वर्ष बौद्ध दर्शन पढ्छन। ३७ वर्षको उमेरमा सन् १९३० मा श्रीलंकामा बौद्ध सम्प्रदायमा दीक्षित भएर भिक्षु बनेपछि उनको नाउँ राहुल सांकृत्यायन रहन गयो (ऐ. रोचक घिमिरे)।

    बौद्ध साहित्यको गहन अध्ययन गरेका राहुलले धर्म, दर्शन, लोक साहित्य, इतिहास, राजनीति, जीवनी, पुरातत्व, संस्कृति आदि कुनै यस्तो विधा छैन जसमा उनले कलम चलाएको नहोस्। श्रीलंकामा रहँदा पाली, सिंहली भाषा र बौद्ध ग्रन्थको अध्ययन गरे । किसान तथा राजनीतिक आन्दोलनमा सहभागी भए, कांग्रेस भए, पछि कम्युनिस्ट बने। जेल परे। चारपल्ट तिब्बत गए दुर्गम बाटोबाट, बौद्ध दर्शनका दुर्लभ ग्रन्थहरू खच्चरमा बोकाएर ल्याए। त्यसरी ल्याएको सामग्री मित्र इतिहासविद् डा.काशीप्रसाद जयसवालको घरमा थन्काए। अहिले ती बिहार विश्वविद्यालयको पुस्तकालयमा छ भन्ने भनाइ छ।

    उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ।

    राहुलले तिब्बती भाषाको कोश तयार गरे। त्यसपछि तिब्बती हिन्दी शब्दकोश तयार गरे। ‘महामानव बुद्ध’ लेखेका उनका अन्य कृतिहरूमा ‘वोल्गा से गंगा’, ‘मेरी जीवन यात्रा’, ‘बाइसवी सदी’, ‘घुम्मकड शास्त्र’, ‘लद्दाखकी यात्रा’, ‘किन्नर देश’, ‘ल्हासा की ओर’, ‘दिमागी गुलामी’, ‘दर्शन–दिग्दर्शन’, ‘मानव समाज’, ‘वैज्ञानिक भौतिकवाद’, ‘मध्य एशियाको इतिहास’लगायतका थुप्रै पुस्तक लेखे। अकबरको जीवनी लेखे। उनमा प्राज्ञिक इमानदारिता र इतिहासको सम्मानको प्रवृत्ति थियो।

    उनी रुसको लेलिनग्रादमा जान्छन्, रुसी भाषा सिक्छन्, पुस्तकालय प्रमुख लोलासँग प्रेम हुन्छ। लोला गर्भवती हुँदा भारत आउँछन्। आन्दोलनको क्रममा जेल पर्छन्। पछि लोलाले छोरा पाउँछिन् जसको नाम इगोर राखिएको थियो। पछि आफूलाई टाइप गर्न सघाउने कमलासँग उनको वैवाहिक सम्बन्ध कायम हुन्छ। जसबाट छोरी जया र छोरा जेता जन्मन्छन्। महामना मदनमोहन मालवीयलगायत काशीका विद्वान्हरूले दिएको ‘महापण्डित’ उपाधिबाट थाहा हुन्छ–उनी शताब्दीकै दिव्य प्राज्ञ पुरुष थिए, जसले कुनै विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका थिएनन्।

    बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए।

    रोचक घिमिरेको ‘महापण्डितको नेपाल सम्बन्ध’ भन्ने आलेख पढ्दा लाग्छ, नेपालसँग उनको कति गहिरो सम्बन्ध थियो भनेर। १५/१६ वर्षको किशोर वयमा प्रभाव पार्ने नेपाली थिए उमरपुरका परहंस बाबा जसको सम्बन्धमा कृतज्ञताका साथ प्रशस्त शब्द उनले खर्चेका छन्। जसको विस्तृत चर्चा गर्न सम्भव भएन। आश्चर्य लाग्नेखालको छ। पटक–पटक नेपाल आएका उनको सम्बन्ध हुने नेपालीहरूमा राजगुरू हेमराज, श्री ३ चन्द्रशमशेर, पाटनका बज्रदत्त वैद्य, चिनिया लामा, (उनको घरमा तिब्बतका धर्म गुरु डुक्पासँग भेट) असनका धर्ममान साहू, मृगेन्द्रशमशेर, केशरशमशेर, मोहनशमशेर, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, केदारमान व्यथित, धर्मरत्न यमी आदि थिए। ईश्वर बल्लभका बाबु पण्डित मुरलीधर भट्टराईसँग भने कटाक्ष परेको प्रसङ्ग निक्कै रोचक छ।

    बौद्ध साहित्यको उत्खनन्मा महत्वपूर्ण योगदान पुर्‍याएका राहुलको अन्तिम अवस्थामा उनको साथमा नेपाली बौद्ध भिक्षु महानाम थिए। उनले नै बौद्ध पद्धतिअनुसार अन्त्येष्टि संस्कार गराए। त्यसक्षणको वर्णन अत्यन्त मार्मिक लाग्छ। पद्मभुषण पुरस्कारले सम्मानित राहुलका कालजयी कृतिले उनलाई जीवन्त बनाएका छन्।

    त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ।

    बुबा जाँ फ्राँ–स्वाँ हवेल र छोरा म्याथु रिकाको सम्वादमा आधारित पुस्तक ‘द मङ्क एन्ड द फिलोसफर’ को नेपाली अनुवाद ‘भिक्षु र दार्शनिक’ गुहनाथ पौडेलले गरेका छन्। अनुवादक पौडेलका पिताले पं. नयराज पन्तको सान्निध्यतामा लामो समय बिताएका थिए। जीवनको उत्तरार्धमा संन्यास ग्रहण गरेर ज्ञानानन्द पुरीको नामले जीवन बिताएको कुराले यो कस्तो संयोग हो भन्ने पनि लाग्यो। त्रिविमा स्नातकोत्तर तहमा गणित विषय पढाउने पौडेलको छापाखाना व्यवसाय पनि थियो, यसै मेसोमा छपाइकै कारण लोचपा पुण्यप्रसाद पराजुली र म्याथु रिकासँग भेट हुन्छ। विश्वव्यापीरूपमा प्रसिद्ध उक्त पुस्तक अनुवाद गर्ने उत्प्रेरणा संन्यासी बाबुका छोरा भएकाले पनि पौडेलमा भएको हो कि भन्ने लाग्छ। २०६८ सालमा प्रकाशित कृति त्यसबेला २३ भाषामा अनुवाद भइसकेको छ।

    दार्शनिक बाबु जाँ फ्रा–स्वा हवेल तथा कलाकार आमा यान्हला तुमलाका छोरा म्याथु रिकाको जन्म फ्रान्समा सन् १९४७ मा भएको थियो। उनको परिवार क्याथोलिक धर्ममा विश्वास राख्थ्यो। उनले कोषहरूको आनुवांशिकी विषयमा विद्यावारिधि हासिल गर्छन्। सन् १९७२ मा भारत आउँछन् र बौद्धभिक्षु काग्युर रिम्पोछेलाई भेट्छन्। दिल्गो खेन्चो रिन्पोछेका निकटवर्ती शिष्य भएर रहन्छन्।

    बुद्ध जयन्तीको दिन १८ औं शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।

    बाबु र छोराको बीचमा सम्वादका रूपमा रहेको कृतिमा वैज्ञानिक अनुसन्धानदेखि आध्यात्मिक खोजसम्म, बौद्ध धर्म वा दर्शन, चित्तको विद्या, यथार्थको खोजी बौद्ध अध्यात्मवाद, हिंसाको मूल पछ्याउँदै, बौद्ध धर्मको अवनति र पुनरुत्थान, बौद्ध धर्म र मरण वैयक्तिक प्रधानता, बौद्ध धर्म र मनोविश्लेषणलगायतका विषयमा चर्चा गरिएको छ।

    बुद्ध धर्म सम्बन्धमा कुनै ज्ञान नभएका लागि पनि पुस्तक ज्ञानप्रद् छ। यस्ता कृतिहरूको जानकारी बौद्धधर्मप्रति जिज्ञासु र खोजी गर्नेहरूले जानकारी पाउनुपर्छ भन्ने लाग्यो। बुद्ध जयन्तीको दिन १८ औं शताब्दीका बौद्ध गुरु शान्तिदेवले भनेको भनाइ पुस्तकबाट साभारयुक्त लाग्यो–संसारमा भएका सबै आनन्द अरूको सुखको चाहना गरेर नै आएको हो,संसारमा भोग्नुपरेको सबै दुःख आफ्नै मात्र सुखको खोजीमा लागेर काम गर्नुको फल हो।

    म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्।

    बाल स्वभावका प्राणी आफ्नै लागि मात्र हेर्छन्, बुद्धहरू अरूकै भलाई गर्ने प्रयत्न गर्छन्।

    कृतिको अन्त्यमा भिक्षुले भनेका छन्– ‘अनुभव नै मार्ग हो।’ बुद्धले बारम्बार भन्नुभए जस्तै ‘अनुशरण गर्ने तिमीमा नै भर पर्छ। कुनै दिन सन्देशबाहक नै सन्देश बन्न सक्छ।’

    म्याथु नेपाल आउँदा बौद्ध नजिकै शेछेन गुम्बामा बस्छन्। तर उनका पुस्तक ‘जर्नी अफ इन्लाइटमेन्ट’, ‘दि क्वान्टम एन्ड द लोटस’ ‘ह्यापिनेस’, ‘ह्वाइ मेडिटेट’ आदि पुस्तक लेखेका छन्। बुद्ध जयन्तीको अवसरमा म्याथु रिकालाई नमन, राहुल सांकृत्यायनलगायत सबै भिक्षुमा नमन। गुहनाथ पौडेल र अनुवादमा सेतुको भूमिका निर्वाह गर्ने लोचवा पुण्यप्रसाद पराजुलीप्रति आभार।

  • सहकारी ठगी प्रकरण : कांग्रेस संसद्सँगै सडकमा

    सहकारी रकम हिनामिनाको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसद्मा विरोध गर्दै आएको नेपाली कांग्रेस अब सोही मुद्दा लिएर सडकमा जाने भएको छ।

    सरकार र सत्तारूढ राजनीतिक दलहरू सहकारी ठगीका विषयमा संसदीय समिति गठनको साटो संघीय संसद्मा विपक्षी दलहरूलाई पेलेर अघि बढेपछि कांग्रेसले सदन र सडक दुवै मोर्चाबाट संघर्ष गर्ने निष्कर्षमा पुगेको हो।

    सहकारी ठगी प्रकरण पेचिलो बन्दै गएका बेला बुधबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेर कांग्रेसले सडक र सदन दुवै मोर्चाबाट सरकार माथि दबाब बढाउन खोजेको छ।

    संघीय संसद्को दुवै सदन अवरोध गर्दै आएको कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। आइतबार १ बजे प्रदर्शनी मार्गमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने जनाउँदै कांग्रेसले उक्त मुद्दालाई काठमाडौं हुँदै तल्लो तहसम्म लिएर जाने तयारी गरेको छ।

    सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत छानबिनको दायरामा ल्याउने गरी संसदीय छानबिन समिति गठनको मागमा कांग्रेस अडिग रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए।

    संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसद्मा कांग्रेसको अवरोध कायमै रहने जनाउँदै उनले भने, ‘सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरुपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउनुको विकल्प छैन।’

    सरकार र सत्तारूढ राजनीतिक दल समिति गठनका लागि सैद्धान्तिक रूपमा सहमत भए पनि त्यसको क्षेत्रधिकारका विषयमा दलहरूबीच विमति कायमै छ। लामिछानेको नाम नलेखी सहकारी ठगीका विषयमा समिति गठनको पक्षमा सत्तारूढ एमाले र रास्वपा छन्। तर कांग्रेस लामिछानेको नाम उल्लेख गर्नैपर्ने अडानमा छ।

    सोही विषयमा सत्तापक्ष र प्रतिपक्ष अडिएका बेला सरकारले प्रतिनिधिसभाका पछिल्ला दुई बैठक जबर्जस्ती सञ्चालन गरेपछि कांग्रेससहितका विपक्षी दल आक्रोशित बन्न पुगेका छन्।

    विपक्षीको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनुका साथै मंगलबार नीति तथा कार्यक्रम पेस गरेकोमा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। त्यसलाई कांग्रेसले संसदीय शासन व्यवस्थाप्रतिकै उपहास भएको जनाउँदै आएको छ।

    सत्तारूढ दल र सरकार गृहमन्त्रीमाथि लागेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुको साटो प्रहरीबाट भइरहेको अनुसन्धान रोकेर प्रमाण नष्ट गर्न सहयोगी बनेको आरोप कांग्रेस नेताहरूले बैठकमा लगाएका छन्।

    स्वार्थ बाझिने मन्त्रालयको नेतृत्व लिएका लामिछानेले प्रमाण नष्ट गर्न सक्ने भएकाले कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन्। कांग्रेसले संसद्मा प्रदर्शन गरेको लचकतालाई सरकारले कमजोरीका रूपमा लिएको अधिकांश नेताहरू बुझाइ रहेको भन्दै उनले भनिन्, ‘कांग्रेसले यो माग पहिलादेखि नै उठाउँदै आएकाले त्यसबाट पछि हट्नुहुन्न भन्नेमा सबैको एकमत छ।’

    बैठकमा सरकारले संसदीय समिति गठन गर्नेभन्दा त्यसलाई टार्नेमा लागेको र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिका तटस्थ हुन नसकेको कांग्रेस नेताहरूको आरोप छ। सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुको साटो सत्ताको छाया बनेको नेताहरूले आरोप लगाएका छन्।

    त्यति मात्र नभएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको कांग्रेस नेताहरूको ठम्याइ छ। संविधान, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रतासहित जनताको शान्तिसुरक्षा र सुशासन कायम गर्ने कुरा चुनौतीपूर्ण बन्न पुगेको बोल्ने सबै नेताको समान धारणा रहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।

    विवादित गृहमन्त्री लामिछानेले स्वतन्त्र प्रेसमाथि प्रतिसोध साँध्न थालेको जनाउँदै उनले भने, ‘सोही क्रममा मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको हो भन्ने हाम्रो बुझाइ छ।’

    उक्त घटना स्वतन्त्र प्रेसमाथि धावा बोल्ने क्रमको सुरुआत भएको बताउँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको देखिन्छ।’

    कांग्रेस नेताहरूले पछिल्ला गतिविधि एमाले डिजाइनमा रास्वपा र माओवादी केन्द्रलाई अघि सारेर भइरहेको पनि आरोप लगाएका छन्। साथै गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा बोलेको कुरा पुष्टि गर्नुपर्ने भन्दै नेताहरूले त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको पनि धारणा माग्नुपर्ने तर्क नेताहरूले गरेका छन्।

    सहकारी ठगी, गिरीबन्धु टी इस्टेटसहितका विषयमा सत्ता गठबन्धनकै नेताहरूको मिलेमतो रहेको जनाउँदै सदस्यहरूले लडाकु शिविरदेखिका सबै मुद्दालाई पार्टीले उठाउनुपर्ने धारणा राखेका थिए।

    बैठकमा महासमितिपछि केन्द्रदेखि प्रदेशबाट समेत पार्टी सत्ताच्युत हुँदा भएको तर आन्तरिक छलफलका लागि नेतृत्वले आवश्यक नठानेको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए। देश र पार्टी समस्यामा पर्दा केन्द्रीय समिति राख्न र सीमित नेताहरू बसेर निर्णय गर्ने परिपाटी अन्त्य गर्न पनि सदस्यहरूले बैठकमा माग गरे।

    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमा छानबिन गर्न माग गरेको छ। बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्ने जनाएको छ।

    ‘नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरु भएको छ। त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागु हुनुपर्छ।’

    बैठकले जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बस्ने केन्द्रीय समितिमा पेस गरिने प्रतिवेदनहरूलाई परिमार्जनसहित पारित गरिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, महामन्त्री धवलशमशेर राणाले सांगठनिक र राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनलाई पेस गर्नेछन्।

    ‘सरकार निरंकुशतातर्फ उन्मुख’

    कांग्रेसले सरकार निरंकुशताउन्मुख भएको ठहर गरेको छ। सहकारीको रकम ठगी र गैरकानुनीरूपमा अपचलनको सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठनमा सरकार तयार नभएको आरोप पनि उसले लगाएको छ।

    कांग्रेसले सत्ता गठबन्धन सहकारी ठगीको विषय लुकाउन, गृहमन्त्रीको संलग्नताको ढाकछोप गर्न अनेकन प्रपञ्च गर्न थालेको ठहर गरेको छ। राज्य संयन्त्रको दुरूपयोग गर्दै सभामुखसँग मिलेर संसद् नै कब्जा गर्ने प्रयत्नमा सरकार लागेको उसको आरोप छ।

    सरकार स्वयं सदनलाई मुठभेडतर्फ धकेल्ने, संसद्बाट उम्किने, प्रश्नबाट भाग्ने, प्रतिपक्षको आवाजलाई रोक्ने र सहकारी ठगीमा संलग्न केही व्यक्तिको संरक्षणका लागि संसदलाई नै बन्धक बनाउने मनसायतर्फ उद्यत रहेको कांग्रेसले जनाएको छ।

    ‘प्रदेशमा प्रदेश प्रमुखमार्फत अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चालिए। सरकारको यस रबैयाको नेपाली कांग्रेस निन्दा गर्छं,’ कांग्रेसले भनेको छ, ‘यसरी सरकार गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुशता उन्मुख हुँदै गएको छ।’

    सत्ताको यो प्रवृत्ति र रबैयाविरुद्ध कांग्रेस संघीय संसद्, प्रदेश संसद् र सडकबाट सशक्त प्रतिरोध गर्ने निर्णय गरिएको उसले जनाएको छ।

  • फोबियाको उपचार

    प्राचीन ग्रिसमा फोबोस नामक एक देवता थिए जो शत्रुहरूले आक्रमण गर्ने हुन् कि भन्ने शंकाले सधैँ भयभित भैरहन्थे। त्यसैले उतिबेला नै फोबोस डरको पर्यायवाची बन्यो। अनि फोबोसबाट फोबिया शब्द उत्पत्ति भयो। जसको शाब्दिक अर्थ प्रबल भय हो।

    अतः मनोवैज्ञानिक दृष्टिमा बिनाकारण वा कुनै स्थिति–परिस्थितिहरूको सामाना गनुपर्दा आवश्यकताभन्दा बढी भयभित हुने मानसिक समस्या फोबिया हो। हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्। सयममै यसको समाधान नखोज्ने व्यक्तिको सारा जीवन नै फोबियाको फन्दामा बित्छ।

    फोबिया अनेकौं रूपरंगमा प्रकट हुन सक्छ। मुख्यतया फोबियालाई सामाजिक भय (सोसल फोबिया), खुला ठाउँ वा स्थानको भय (एगोरोफोबिया) तथा विशिष्ट भय (स्पेसिफिक फोबिया) गरी तीन वर्गमा वर्गीकृत गर्न सकिन्छ। विशिष्ट फोबियाभन्दा पनि सोसल फोबिया तथा एगोरोफोबिया बढी कष्टकारक हुन्छन्। र, समयमै समाधान नखोजिएमा यस्ता फोबियाले व्यक्तिलाई मानसिकरूपमा अपाहिज बनाउन सक्छन्।

    सामाजिक सभा, कार्यक्रम, मानिसको समूह वा यस्ता परिस्थितिहरू जहाँ मानिसले चियाउने, हेर्ने वा मूल्यांकन गर्ने सम्भावना हुन्छ, त्यस्तो ठाउँमा जान वा सहभागी हुन डराउनु नै सामाजिक फोबिया हो। यस्तो फोबियाबाट ग्रस्त मानिसलाई सँधै चिन्ता हुन्छ कि अरू मानिसले उसलाई कमजोर, मूर्ख तथा घटिया नठानोस्। त्यसैले सामाजिक फोबियाबाट पीडित व्यक्तिले सामाजिक कार्यक्रममा जान, भोजभतेरमा खान/पिउन, अगाडि सरेर बोल्न तथा भाषण गर्न डराउँछन्। सकेसम्म यस्तो अवस्थाबाट तर्किन्छन्। यदि डरजन्य परिस्थितिहरू सामाना गर्नुपर्‍यो भने निकै चिन्तित हुन्छन् र उनीहरूलाई घबराहटको दौरा (प्यानिक अट्याक) पनि आउन सक्छ। एक आम सामाजिक फोबिया हो, भाषणको भय।

    एगोरोफोबियाबाट ग्रस्त व्यक्ति खुला ठाउँहरू वा भीडभाड हुने ठाउँहरूमा जान डराउँछन् र प्रायः घर छोडेर बाहिर जाँदैनन्। घरमा नै बसिरहन्छन्। पटक–पटक प्यानिक अट्याक बेहोरेका व्यक्तिमा यस किसिमको फोबिया विकसित हुने गर्छ। सामान्यता एगोरोफोबियाबाट ग्रस्त व्यक्ति सार्वजनिक ठाउँहरूबाट डराउँदैनन्, तर यदि यस्तो ठाउँहरूमा पैनिक अटैक आयो भने त्यहाँबाट भाग्न वा गुहार पाउन गाह्रो हुने काल्पनिक भयले उनीहरू डराउँछन्। तर सबै घबराहटको दौरामा परेका व्यक्तिहरूमा एगोरोफोबिया विकसित भएको हुँदैन।

    विशिष्ट फोबियालाई पहिला सामान्य फोबिया भन्ने गरिन्थ्यो। सोसल फोबिया तथा एगोरोफोबियाबाहेक अन्य सबै फोबिया यस वर्गमा पर्छन्। जस्तै– साइनोफोबिया (कुकुरको डर), क्लस्ट्रोफोबिया (बन्द स्थानको डर), एक्रोफोबिया (अग्लो ठाउँ वा स्थानको डर), अकोलोफोबिया (भीडको डर), जुफोबिया (जनावरको डर), फोटोफोबिया (प्रकाशको डर), फोनोफोबिया (तीव्र ध्वनिको डर), हिमोफोबिया (रगतको डर), टक्सिफोबिया (विषको डर) तथा थनाटोफोबिया (मृत्युको डर) आदि।

    विशिष्ट फोबिया समाजिक फोबिया तथा एगोरोफोबिया जस्तो गम्भीर हुँदैन। यस्तो फोबियाले व्यक्तिको दैनिक जीवन र प्रगतिमा खासै कठिनाइ पैदा गर्दैन। जस्तो कि साइनोफोबिया (कुकुरको डर) बाट ग्रस्त व्यक्तिलाई कुकुर देखे तर्किए भयो। तर सामाजिक फोबिया तथा एगोरोफोबियाबाट ग्रस्त अध्यापक, नेता तथा कलाकारहरूको जीवन ज्यादै कष्ट र कठिनाइपूर्ण हुन्छ। उनीहरू फोबियाका कारण सधैं तनाब, अन्तद्र्वन्द र कुण्ठामा बाँच्न बाध्य हुन्छन्। यस्तो स्थिति धेरै समयसम्म रहिरहेमा अनेकौं मानसिक समस्या पनि देखा पर्छन्।

    फोबिया देखा पर्ने अनेक कारण छन्। कतिपय व्यक्तिमा फोबिया आमा/बाको जिनबाट आउने गर्छ र यो अनुकूल वातावरण पाउनासाथ छोरा/छोरीमा देखा पर्छ। यस्ता व्यक्तिको नातागोताहरूमा समेत फोबिया हुने संभावना अन्य आममानिसको तुलनामा बढी हुन्छ। तर, फोबियाको प्रमुख कारणचाहिँ मानसिक हो। व्यक्तिको अवचेतन मनमा रहेको चिन्ता, भय तथा शंकाहरूका कारण नै अधिकांश फोबिया पैदा हुन्छन्। कतिपय मनोवैज्ञानिकका अनुसार भयभित हुन वातावरणले सिकाउँछ। जस्तै–कुनै बालकलाई कुकुर आयो अब तलाई टोक्छ भनी तर्साउने हो भने त्यो बालक साइनोफोबियाको शिकार बन्ने प्रबल सम्भावना हुन्छ।

    – बानियाँ साइकोथेरापिस्ट हुन्।

  • एनएसकेए अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

    एनएसकेए अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

    १५औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ। नेपाल सोतोकान कराते संघको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता हुन लागेको हो।

    बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संघले प्रतियोगिताबारे जानकारी दिएको हो। यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिए।

    दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुँदै छ। उक्त प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम बाग्मती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ। महासचिव शेर्पाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख रूपैयाँ खर्च हुनेछ।

  • बुद्धले देखाएको अहिंसा, शान्ति र उपदेश आज पनि उत्तिकै सान्दर्भिक: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन्।

    विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए।

    प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरे।

    गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए। ‘आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ’, प्रधानमन्त्री दाहालले भने।

    प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरे।

    वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ। रासस

  • आज २५६८ औँ बुद्ध जयन्ती

    आज बुद्ध जयन्ती अर्थात् बुद्ध पूर्णिमा। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जन्मजयन्ती हर्षोल्लासका साथ मनाइँदै छ। आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइने गरिन्छ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।

    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

    राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।

  • लुम्बिनीमा किन अडिंदैनन् पर्यटक?

    अघिल्ला वर्षहरूमा कोरोनाले थलिएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै बौरिन थालेको छ। पर्यटक आगमन पोहोर–परारकोभन्दा बढेको छ। यो वर्ष लुम्बिनीमा भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरूका कारण पनि भारतीय तथा विदेशी मुलुकका पर्यटकको चाहलपहल बढ्दो छ। पर्यटकको बसाइ निकै छोटो छ। जसका कारण यहाँको पर्यटन क्षेत्र उत्साहित हुन सकेको छैन।

    सन् २०२३ मा ६ लाख ५६ हजार आन्तरिक, दुई लाख ६६ हजार भारतीय र ७६ हजार तेस्रो मुलुकका पर्यटक आएका थिए। माघ यता अर्थात् सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मका चार महिनामा मात्रै दुई लाख ३६ हजार नेपाली, ८७ हजार भारतीय र ४८ हजार विदेशी पर्यटक लुम्बिनी घुम्न आएका छन्।

    यो तथ्यांकले यहाँको पर्यटन क्षेत्रलाई उत्साही बनाउँदैन। त्यसको एउटै कारण हो पर्यटकको बसाइ अवधि छोटो हुनु। लुम्बिनी घुम्न आएका पर्यटक धेरै समय लुम्बिनीमा अडिँदैनन्। तिलौराकोट, रामग्राम जस्ता बुद्धस्थलसम्म पुग्नेको संख्या त झन् निकै कम छ। तथ्यांकमा पर्यटक आगमन बढे पनि तिनको बसाइ अवधि छोटो हुँदा त्यसबाट पर्यटन क्षेत्रमा फाइदा हुन नसकेको लुम्बिनी विकास कोषकै अधिकारीहरू बताउँछन्।

    अध्यागमन कार्यालय बेलहियाका अनुसार लुम्बिनी आउने कुनै एक विदेशी पर्यटकको बसाइ मुस्किलले सरदर डेढ दिनको हुन्छ। लुम्बिनी आउनेमध्ये ९० प्रतिशत पर्यटक आएकै दिन फकर्ने गरेको तथ्यांकबाट देखिन्छ।

    लुम्बिनीमै बास बस्नेहरू पनि आधाभन्दा धेरै आफ्नै देशका बौद्धगुम्बा वा बिहारमा बस्छन्। लुम्बिनी आएका पर्यटकमध्ये करिब १० प्रतिशतलाई मात्रै यहाँको पर्यटन क्षेत्रले सेवा गर्ने मौका पाएको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

    पर्यटन व्यवसायीका अनुसार लुम्बिनी आउनेमध्ये अधिकांश विदेशी रूपन्देहीको बेलहिया नाका हुँदै भारत फर्किन्छन्। बाँकी काठमाडौं, चितवन वा पोखरासम्म पुग्छन्। स्थलमार्ग हुँदै भारतीय टुर प्याकेजमा नेपाल आएका विदेशी पर्यटकको बसाइ निकै छोटो भएको पर्यटन व्यवसायी ज्ञवालीले बताए।

    ‘बरु आन्तरिक र भारतीय पर्यटक लुम्बिनीमा एक रात अडिन्छन्। विदेशीहरू एक छाक खानासमेत आफ्नै देशका बिहार र गुम्बामा खाएर फर्किन्छन्’ लुम्बिनी होटल संघ अध्यक्ष ज्ञवालीले भने।

    खासगरी स्थलमार्ग हुँदै आउने विदेशीहरूमा लुम्बिनी बाहेकका बुद्धस्थलहरू भारतमै रहेको बुझाइ पाइन्छ। बेलहिया नाका हुँदै आउने पर्यटकलाई भारतीय टुर प्याकेजमा दुई–चार घण्टाका लागि लुुम्बिनी ल्याउने र अन्य बुद्धस्थलहरू भारतमै रहेको गलत जानकारी दिने गरिएको नेपाल एसोसिएसन ट्राभल एजेन्सी नाटा लुम्बिी प्रदेशका संस्थापक अध्यक्ष विष्णु शर्माले बताए। ‘लुम्बिनी र बुद्धस्थलबारे जानकारी दिने व्यवस्था हामी कहाँ नभएपछि विदेशीहरूले भारतीय गाइडले जे भन्यो त्यही पत्याउने नै भए’, अध्यक्ष शर्माले भने।

    शर्माले भने जस्तै लुम्बिनी र अन्य बुद्ध स्थलहरूबारे पर्यटकलाई जानकारी दिने व्यवस्था कहीँ कतै छैन। पर्यटकले चाहेर पनि लुम्बिनीमा दक्ष गाइड फेला पार्न सक्दैनन्।

    पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, अधुरो लुम्बिनी गुरुयोजना, बुद्धस्थलहरूको कनेक्टिभिटी र सहज यातायात सेवाको अभाव तथा लुम्बिनीबाहेकका बुद्धस्थलहरूको प्रचार प्रसार हुन नसक्नु पर्यटकको बसाइ लम्बिन नसक्नुका मुख्य कारण हुन्।

    कपिलवस्तुमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, ज्ञान पाएपछि पहिलो पटक आएर बसेको कुदान, क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, प्राचीन स्तुप जस्ता महत्त्वपूर्ण बुद्धस्थलहरू छन्। नवलपरासीमा बुद्धको अस्तु धातु रहेको रामग्राम र रूपन्देहीमै बुद्ध मावली देवदह मुख्य बुद्धस्थलहरू हुन्। जसको पर्याप्त प्रचार प्रसार, संरक्षण र सौन्दर्यीकरणमा ध्यान दिइएको छैन। ती स्थलसम्म पुग्ने सहज सडक र सुविधा सम्पन्न यातायात छैन। जसका कारण चाहेर पनि पर्यटक ती स्थलसम्म पुग्न सकिरहेका छैनन्। केही बौद्धमार्गीहरू तिलौराकोट, रामग्राम पुगिहाले पनि ती स्थानमा धेरै बेर अडिँदैनन्।

    लुम्बिनी आउनेमध्ये करिब १० प्रतिशत पर्यटक मात्रै तिलौराकोट पुगेको तथ्यांक छ। पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा गरेको सर्वेक्षण अनुसार तिलौराकोट पुग्ने पर्यटकको बसाइ सरदर आधा घण्टा मात्रै छ।

    श्रीलंका, थाइल्यान्ड म्यानमार जस्ता देशबाट आएका बौद्धमार्गीहरू भारतीय गाडीमा तिलौराकोट पुगेर पश्चिमी गेटबाट सामान्य अवलोकन गरेपछि एकै छिनमा फर्किने गरेको तितो यथार्थ सुनाउँछन्, लुम्बिनी विकास कोषको कपिलवस्तु सम्र्पक कार्यालयका प्रमुख माधवप्रसाद आचार्य। रामग्रामको अवस्था झन् दयनीय छ। रामग्राममा पर्यटक पुगिहाले भने पनि खानेपानी, शौचालय जस्ता न्यूनतम सेवा सुविधासमेत उपलब्ध छैनन्।

    बृहत्तर लुम्बिनी क्षेत्रका बुद्ध स्थलहरूको व्यवस्थित विकास र संरक्षण नहुँदा त्यहाँ पुगिसकेका पर्यटकलाई ती सम्पदाले लोभ्याउन नसकेको तितो अनुभव पर्यटन व्यवसायीसँग छ। लुम्बिनीका पर्यटन व्यवसायी ज्ञवाली भन्छन्, ‘पर्यटनबाट समृद्धि हासिल गर्ने हो भने बुद्धस्थलहरूमा पूर्वाधार विकास हुनुपर्छ। लुम्बिनीसँगै जोडेर बुद्धस्थलहरूको प्रचार पसार गरिनु पर्छ।’

    बुद्ध परिपथ निर्माणको काम छिटो सम्पन्न गरी पर्यटक बस सञ्चालन गर्न पनि उनले माग गरे। राज्यले लुम्बिनीलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्ने र बृहत्तर लुम्बिनीको विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

    लुम्बिनीभित्रै पनि पर्यटकलाई भुल्याई राख्न बुद्ध जिवनी, कला संस्कृति, ध्यान, दर्शन, बौद्ध पूजा तथा शान्ति प्रार्थनाले गुन्जायमान गराउनु पर्नेमा जोड दिन्छन्। नाटा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष शर्मा। बौद्ध सम्पदाको संरक्षण गर्दै पार्क, मनोरञ्जन स्थल, भ्यु टावर जस्ता पूर्वाधारको खाँचो रहेको उनले बताए।

    लुम्बिनी प्रवेश स्थलहरूमा लुम्बिनी र बुद्धस्थलहरूका बारेमा पर्याप्त जानकारी, दक्ष गाइड र सुविधा सम्पन्न यातायातको व्यवस्था गर्नुपर्नेमा शर्माले जोड दिए। नेपालले दिँदै आएको ‘भिसा फ्रि सिष्टम’ हटाउनुपर्ने र बौद्ध गुम्बा, बिहारहरूलाई गेष्ट हाउस सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवालीको छ। सरकारले निजीक्षेत्रसँगको सहकार्यमा पर्यटकको बसाइ अवधि बढाउन दीर्घकालीन योजना ल्याउनुपर्ने माग यहाँका पर्यटन व्यवसायीले विगतदेखि गर्दै आएका छन्।

    लुम्बिनीसँगै तिलौराकोट, रामग्राम, देवदह जस्ता बुद्धस्थललाई जोडेर बृहत् शान्ति शहरको अवधारणा अनुरूप विकास गर्नुपर्ने सुझाव छ, पुरातत्वविद वसन्त बिडारीको। निजी क्षेत्रले पनि बृहत्तर लुम्बिनीको अवधारणा अनुरूप लुम्बिनीलाई अन्य बुद्धस्थलहरूसँग जोडेर टुर प्याकेज तयार गरी पर्यटकलाई आकर्षित गर्नेलगायतका योजना ल्याउनुपर्नेमा उनले जोड दिए।

    पछिल्लो समय भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाह्य मुलुकसँग लुम्बिनी सिधा जोडिने र पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको थियो। गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक बढ्ने आशमा होटलमा अर्बौं लगानी गरेका व्यवसायी निराश छन्। लगानी जोखिममा छ। अर्बौंको लगानीमा खुलेका तारेदेखि साना ठूला होटलहरू कतिपय त बन्द हुने अवस्थामा पुगेका छन्।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट होस् वा बेलहिया नाकाबाट लुम्बिनी पुग्न सुविधा सम्पन्न यातायातको व्यवस्था छैन। ट्याक्सीवालाहरूको भाडादर मनपरी छ।

    बुटवल लगायतका नजिकका मुख्य सहरहरूबाटै लुम्बिनी पुग्न सिधा बस सेवा सञ्चालन गरिएको छैन। लुम्बिनी घुमेर कपिलवस्तुको तिलौराकोट वा नवलपरासीको रामग्राम जान चाहने पर्यटकहरू पनि सुविधा सम्पन्न यातायातको अभावमा ती स्थलहरूसम्म पुग्न सकिरहेका छैनन्।

    लुम्बिनीका लागि भनेर ल्याइएका करोडौंका सुविधा सम्पन्न विद्युतीय गाडीहरू पाँच वर्षदेखि त्यसै थन्किएका छन्। राज्यका नियामक निकाय एकले अर्कोलाई दोष देखाएर बिजुली गाडी सञ्चालनमा अवरोध खडा गरिरहेका छन्। जसको असर लुम्बिनीको पर्यटन विकासमा परिरहेको छ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले आफू कोषमा नियुक्त भएलगत्तै गुरुयोजनाको कामलाई तीब्रता दिएको, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको, तिलौराकोट, रामग्राम, देवदह लगायतका बौद्ध सम्पदाहरूको संरक्षण, सम्बद्र्धनका लागि अभियान चलाएको बताए। ‘बृहत्तर लुम्बिनीको विकास र यहाँको पर्यटन प्रबद्र्धनका लागि लुम्बिनीलाई बुद्धमय बनाउने अभियानमा लागेका छौं, अन्तर्राष्ट्रिय सभा सम्मेलन, त्रिपिटक पाठलगायतका कार्यक्रमहरू निरन्तर गरिरहेका छौं’, लामाले भने।

    लुम्बिनीलाई विश्व शान्तिको शहरको रूपमा विकास गर्न यहाँका सम्पदाहरूको संरक्षण गर्दै विकासका कामलाई पनि अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । ‘लुम्बिनीलाई बुद्धमय बनाउने, बौद्ध सम्पदाहरूको संरक्षण र विकास गरी विश्वभरि नै विश्व शान्ति शहरको रूपमा चिनाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ’, उपाध्यक्ष लामाले भने।

  • बागमतीमा सबैभन्दा धेरै आर्थिक गतिविधि

    मुलुकको करिब ५७ खर्ब रूपैयाँको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान (हिस्सा) बागमती प्रदेशको रहेको पाइएको छ। सात प्रदेशमध्ये सबैभन्दा धेरै आर्थिक गतिविधि बागमतीमा भएको तथ्यांकले देखाएको हो। वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताए।

    ‘बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रूपैयाँ पुगेको छ,’ उनले भने। सबैभन्दा कम आर्थिक क्रियाकलाप कर्णाली प्रदेशमा भएको छ। अर्थतन्त्रको कुल आकारमा कर्णाली प्रदेशको हिस्सा ४.३ प्रतिशत मात्र छ। प्रवक्ता रेग्मीका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा नेपाली अर्थतन्त्रको आधार ३.८७ प्रतिशतले विस्तार भएर ५७ खर्ब ५ अर्ब रूपैयाँ पुग्ने अनुमान छ।

    जिडिपीमा योगदान गर्ने दोस्रो स्थानमा कोसी प्रदेश छ। अर्थतन्त्रमा कोसीको हिस्सा १५.८ प्रतिशत छ। अर्थतन्त्रमा लुम्बिनीको योगदान १४.३, मधेसको १३.१, गण्डकीको ९.१ र सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत छ।

    अर्थतन्त्रका विविध पक्षलाई मापन गरी आर्थिक नीति निर्माण तथा आर्थिक विकासका गतिविधिको अनुगमन तथा मूल्यांकन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले नियमित रूपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनलगायत समष्टिगत आर्थिक सूचक तयार गर्दै आएको छ।

    प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको हो। प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ।

    विभागका अनुसार कोसीको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेसको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको २ खर्ब ४४ अर्ब रूपैयाँबराबर पुगेको छ।

    उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनका आधारमा आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत गण्डकी प्रदेशमा छ। सबैभन्दा कम आर्थिक वृद्धिदर कर्णालीमा ३.३९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। आर्थिक वृद्धिदर लुम्बिनीमा ४.०५ प्रतिशत छ।

    त्यसैगरी, उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ।

    विभागका अनुसार औद्योगिक वर्गीकरणअनुसारका आर्थिक क्रियाकलाप हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ।

    बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको तथ्यांक कार्यालयले जनाएको छ। चालु आव २०८०-८१ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेस प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको छ।

    बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा छ।

    चालु आवको औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै २१.८४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।

    त्यस्तै चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेश र सबैभन्दा कम मधेस प्रदेशमा हुने अनुमान छ। गत आव २०७९-८० मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती र सबैभन्दा थोरै मधेस प्रदेशको रहने संशोधित अनुमान छ।

    चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमतीको २४ सय ८४, गण्डकीको १५ सय ५७, कोसीको १३ सय ३६, लुम्बिनीको ११ सय ५९, सुदूरपश्चिमको ११ सय ११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेस प्रदेशको आठ सय ९२ हुने प्रारम्भिक अनुमान छ।

    चालु आवका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १४ सय ३४ हुने प्रारम्भिक अनुमान छ। यस हिसाबले हेर्दा बागमती र गण्डकीबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम देखिन्छ।

  • पराजयसँगै बैङ्गलोर बाहिरियो, दोस्रो क्वालिफायरमा राजस्थानको स्थान सुरक्षित

    राजस्थान रायेल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। बुधवार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ४ विकेटले हराउँदै राजस्थानले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

    अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन बनायो।

    १७३ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले निर्धारित ओभरको एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर जित हात पार्यो। जितसँगै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँगको खेल पनि सुनिश्चित गरेको छ। यता पराजित बैङ्गलोरको आईपीएल यात्रा भने टुङ्गिएको छ।

    अब शुक्रवार दोस्रो क्वालिफायरमा हैदरावाद र राजस्थानले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो क्वालिफायरको विजेता टोलीले फाइनलमा कोलकोत्ता नाइट राइडर्ससँग आइतवार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।