Blog

  • गोप्य भिडियो सार्वजनिक गर्ने भारतीय पक्राउ

    गोप्य भिडियो सार्वजनिक गर्ने भारतीय पक्राउ

    सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गोपाललाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।

    उनी उपर विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • कोरोना संक्रमित महिलाको नोबेल अस्पतालमा मृत्यु

    कोरोना संक्रमित महिलाको नोबेल अस्पतालमा मृत्यु

    विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

    मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो।

    नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४स्२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचार सुरु गर्नु अघिनै बिहान करिब ६ बजे उनको मृत्यु भएको राईले जानकारी दिए।

    मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो।

    परीक्षणका क्रममा कोरोना ९कोभिड–१९० संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिएका छन्।

  • ३६ हजार वैदेशिक रोजगार ठगीका घटनामा अनुसन्धान गर्न संरचना विस्तार गरिँदै

    ३६ हजार वैदेशिक रोजगार ठगीका घटनामा अनुसन्धान गर्न संरचना विस्तार गरिँदै

    sharethis sharing button
     वैदेशिक रोजगारमा हुने ठगीका घटनामा अनुसन्धान गर्न संरचनागत विस्तार गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमार्फत हुँदै आएका ठगीका घटनाको अनुसन्धान ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट समेत अनुसन्धान गर्नका लागि संरचनागत विस्तार गर्न लागेको हो ।

    प्रतिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारका लागि व्यक्तिगत ठगीका विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने बताए । करिब ३६ हजार यस्ता ठगीका मुद्दाहरूलाई सम्बोधन गर्न संस्थागत संरचनामा विस्तार गरी जिल्ला प्रशासन कार्यालयहरूलाई थप जिम्मेवारी दिने कार्य अघि बढाएको उनको भनाई छ । यो कार्यमा सांसदहरूको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

    वैदेशिक रोजगारीमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको उनको भनाए छ । यसबाट नेपालीहरू ‘३–डी’ अर्थात् डेथ ट्र्याप, डिबेट ट्र्याप र डिजिटल ट्रयपमा परेको मन्त्रालयले महसुस गरेको छ । ठगीसम्बन्धी सूचना कुनै पनि माध्यमबाट प्राप्त भएको वा अनुगमन संयन्त्रमा देखिएको खण्डमा सरकारका संयन्त्रहरूले कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

  • संसद् बहिष्कारलाई निरन्तरता दिने राप्रपाको निर्णय

    संसद् बहिष्कारलाई निरन्तरता दिने राप्रपाको निर्णय

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनले भने, ‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’।

    उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

  • भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

    भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

     गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

    ‘तत्काल गर्नुपर्ने केही सुधारका कामहरू अगाडि बढाएका छौँ । तर, ती मात्रै पर्याप्त नहुन सक्छन्,’ गृहमन्त्री लेखकले भने, ‘समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर ती समस्याहरूलाई समाधान गर्ने, अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी समिति गठन गरिएको छ ।’

    उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।

    ‘यो समितिले हाम्रो अध्यागमनका समग्र विषयमा देखा परेका समस्या समाधान हुन सक्ने गरी सुझाव प्रतिवेदन पेश हुने छ,’ उनले भने, ‘र, त्यसअनुरूप हामी अगाडि बढ्ने छौँ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

    गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको पनि बताए । गत जेठ ३० गते प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति भए पछि संसद्को गतिरोध अन्त्य गरेको थियो । माओवादी केन्द्रसँग भएको सहमतिअनुसार नै सरकारले सोमबार पूर्वमुख्य सचिव बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको
    हो ।

  • मन्त्रीले भने– इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं

    मन्त्रीले भने– इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं

    इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् ।

    ‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् ।

    उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शक्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन् ।’

    त्यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्धविरामको कुनै पनि सम्झौता नभएको बताउँदै त्यसबारे पछि निर्णय गरिने उल्लेख गरेका थिए ।

    यसैबीच समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ । तर ती अधिकारी को हुन् भन्ने खुलाएको छैन ।

    इजरायललाई भने पहिल्यै ट्रम्पले युद्धविराममा सहमति गराएको पनि समाचारमा उल्लेख छ । यद्यपि इरानले थप आक्रमण गरेन भने मात्रै युद्धविराम लागु हुने सर्त इजरायलले राखेको रोयटर्सको समाचारमा उल्लेख छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविराम ‘क्रमिक रूपमा सुरु हुने’ बताएका छन् । उनका अनुसार दुवै पक्षले हाल सन्चालनमा रहेका कुनै पनि ‘सैन्य मिशन’ पूरा गर्न पाउने समय हुनेछ, त्यसपछि मात्रै पूर्ण युद्धविराम लागू हुनेछ ।

    यसैबीच कतारको दोहास्थित  अमेरिकी सैन्य अडाडा अल उदिद माथिकाे इरानी मिसाइल आक्रमण  पछिको तनावलाई साम्य पार्न कतारले निर्णायक भूमिका खेलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

    रिपोर्टअनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानसँग प्रत्यक्ष सम्पर्क गरी युद्धविराम गर्न भनेका थिए  ।

  • इजरायलमा इरानी क्षेप्यास्त्रबाट ३ जनाको मृत्यु  

    इजरायलमा इरानी क्षेप्यास्त्रबाट ३ जनाको मृत्यु  

     इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको
    छ । मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् । यहाँ केही नागरिक घाइते भएका बताइएको छ ।

    इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको
    हो ।

    ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा सहमति भएको दाबी गरिए पनि अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन। इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत घोषणा गरे अनुसार इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताए पनि इजरायलले अहिलेसम्म युद्धविराम स्वीकृत गरेको छैन । त्यसयता इजरायलको उत्तरतर्फ पनि फेरि साइरन बजिरहेको छ।

    इजरायलको अर्को सञ्चार संस्था आईएलटीभीले इजरायलको आपतकालीन सेवा निकायका प्रमुख एली बिनलाई उद्धृत गर्दै बेअरशेबामा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा गम्भीर क्षति पुगेका तीन भवनमा मानिसहरू फसेको आशंका व्यक्त गरेको छ।

    तीमध्ये एक भवनको चौथो तलामा रहेको सुरक्षित कोठाबाट कम्तीमा तीन जनालाई सकुशल उद्धार गरिएको छ। उक्त भवनमा क्षेप्यास्त्र सिधा प्रहार भएको बताइएको छ।

    यो उद्धार प्रयासका बीच इरानबाट थप क्षेप्यास्त्र प्रहारको चेतावनीहरू जारी भइरहेका छन्।

  • इरानले इजरायलतर्फ हान्यो मिसाइल

    इरानले इजरायलतर्फ हान्यो मिसाइल

    इरानले इजरायली भूमितर्फ  मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो ।

    इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

    इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।

    साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।

    इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ ।

    टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।

  • खाडीका उडान रद्द भएपछि विमानस्थलमै अलपत्र यात्रु 

    खाडीका उडान रद्द भएपछि विमानस्थलमै अलपत्र यात्रु 

      खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ।

    इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् ।

    सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज  मध्याह् १२ बजेका लागि ताेकिएकाे छ ।

    नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

    सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् ।

    उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १  बजेतिर पहरीले उनीहरुलाइ त्यहाँबाट हटाएको थियो ।

    हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।