आज बजार ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ५ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ७८ करोडको कारोबार भएको छ ।


आज बजार ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ५ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ७८ करोडको कारोबार भएको छ ।



गत जुन १२ मा भएको एयर इन्डियाको विमान दुर्घटनाको अनुसन्धानमा एक चरणको सफलता प्राप्त भएको छ। भारत सरकारका अनुसार दुर्घटनामा फेला परेका ‘ब्ल्याक बक्स’ (फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर) बाट आवश्यक डाटा सफलतापूर्वक डाउनलोड गरिएको छ र अहिले विश्लेषण प्रक्रिया जारी छ।
दुर्घटनामा एयर इन्डियाको एआई १७१ बोइङ ७८७-८ ड्रीमलाइनर जहाज उडान सुरु गरेको ३६ सेकेन्डमै खसेको थियो। उक्त दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो भने जमिनमा रहेका ३४ जनाको पनि ज्यान गएको थियो।
तर, भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी)ले क्र्याश प्रोटेक्सन मोड्युल (सीपीएम) र मेमोरी मोड्युल सुरक्षितरूपमा निकालेर डाटा सफलतापूर्वक डाउनलोड गरेको हो।
दुई ब्ल्याक बक्समध्ये एक होस्टलको छानामा फेला परेको थियो भने अर्को दुर्घटनास्थलको भग्नावशेषबाट निकालिएको थियो। दुवैलाई मंगलबार दिल्लीस्थित एएआईबीको ल्याबमा सुरक्षित रूपमा पठाइएको थियो। पहिलो बक्स दिउँसो २ बजे र दोस्रो बेलुका ५:१५ बजे ल्याबमा पुगेको थियो।
त्यसै दिनदेखि डाटा निकाल्ने कार्य सुरु गरिएको थियो र बुधबारसम्ममा प्रक्रिया पूरा भएको सरकारद्वारा जानकारी दिइएको छ।
ककपिट भ्वाइस रेकर्डरबाट पाइलट र चालकदलबीचको संवाद, तत्कालीन ध्वनिहरू र प्रतिक्रिया बुझ्न सकिनेछ भने फ्लाइट डाटा रेकर्डरबाट विमानको उचाइ, गतिको अवस्था, नियन्त्रण प्रणाली र इन्जिन प्रदर्शनसम्बन्धी विवरण प्राप्त हुने बताइएको छ।
सरकारका अनुसार अहिले दुवै रेकर्डरबाट प्राप्त डाटाको विश्लेषण भइरहेको जनाएको छ ।



नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने पनि बताए । उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पु¥याउनसक्ने स्थिति नरहेको बताए ।
मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको बताए ।


भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।
नागरिक संस्था किन नेपाल रकिन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पुर्याइएको थियो ।
प्रहरीका अनुसार सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाका युवालाई बस्नका लागि प्रबन्ध गरिएको छ ।
उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।



सर्वोच्च अदालतले डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।
उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ असारका लागि छलफलमा बोलाएको हो ।
आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. ढकालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मुलत: दुईवटा माग राखेको बताए ।
‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा मनोनयन गरेको छ, मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको छ’ उनले भने, ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत् राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’
तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताए ।
उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् ।
निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो । निर्वाचन आयोगको सूचना सार्वजनिक भएलगत्तै रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । त्यसका साथै उसले फेरि अर्को विवरण आयोगमा पठाएको छ, जुन अहिलेसम्म अद्यावधिक भएको छैन ।


चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवद्र्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औँल्याए ।
‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले बताए ।
छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट गरे ।
एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट गरे । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मङ्गलबार चीनतर्फ प्रस्थान गरेका थिए ।



कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा EV तथा ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन। साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई अझै मजबुत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजनिक गरेको थियो, जहाँ क्रेटा EV सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।
यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखियो। प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. अन्तरगत दिनेश फोर हुईल्स् प्रा.लि धनगढी को संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ। कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ।


ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।
न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।


सर्लाहीको जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना२ख ५०१ नम्बरको टिप्परको ठक्करबाट कबिलासी नगरपालिका वडा नम्बर ८ अगर्वाका १७ वर्षीय सचिनको साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा हुइँकिदै आएको टिप्परले साइकलमा सवार साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन्। सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।
