Blog

  • शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : प्रचण्ड

    शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : प्रचण्ड

    नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमै पुगेर  उनीहरूले प्रचण्डलाई भेटेका हुन् ।
    भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका थिए । शिक्षकहरूले सरकारसँगको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ,’ उनले भने, ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।’

    अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए । प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

  • राप्रपासँगै रास्वपाले पनि गर्‍यो सदन बहिस्कार

    राप्रपासँगै रास्वपाले पनि गर्‍यो सदन बहिस्कार

     प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखेका छन् ।
    यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् ।

  • जुम्ला सिंजाका सबै स्वास्थ्य संस्था पोषणमैत्री घोषित

    जुम्ला सिंजाका सबै स्वास्थ्य संस्था पोषणमैत्री घोषित

     जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको छ ।

    पालिका भित्र रहेका स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा गरिएको हो । सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पालिकाको स्वास्थ्य शाखालाई १६ वटा सूचक पूरागरी पूर्ण पोषणमैत्री घोषणा गरिएको हो । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प गरिएको छ । सोही लक्ष्यनुसार सिंजा गाउँपालिका कर्णालीका ७९ वटा पालिका मध्य पोषणमैत्री घोषणा हुने पहिलो पालिका बनेको हो ।

    सोमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक ओैपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिन् । घोषणा कार्यक्रमपछि बोल्दै प्रतिनिधि सभा सदस्य विनिता कठायतले विनिता कठायतले पहिलो पोषणमैत्री पालिका घोषणा गरेर सिंजाले कर्णालीमै नमुना उदाहरण पेश गरेको बताईन् । उनले भनिन, अब विद्यालयमा पुर्ण रुपमा पोषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नु पर्छ । जुम्लाका आठै पालिका मध्य पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा हुनु सुखद पक्ष हो । घोेषणा कार्यान्वयन र उत्पादन बृद्विमा जोड दिन जरुरी छ । शारिरिक,मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पोषणमा ध्यान दिन जरुरी रहेको छ । स्थानीय सरकारले नीति तथा कार्यक्रममै पोषणका सवाललाई प्रथामिकता दिन सुझाव दिईन् । बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुको पोषण अबस्था सुधार संगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् ।

    सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजाले हाल सम्म गरेका महत्वपूर्ण काम मध्य पोषणमैत्री स्वास्थ्य संस्था घोषणा एक एतिहासिक काम भएको बताए । पालिकाले सुरुदेखिनै शिक्षा,स्वास्थ्य,पोषण सुधारमा काम गर्दै आएको प्रतिफल देखिएको उल्लेख गरे । सिंजाको विकास तथा समृद्विका लागि प्लान ईन्टरनेश्नल नेपाल र पेश नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंया योग्य रहेको उनको भनाई छ । पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिंजा गाउँपालिकाले तोकिएका सबै सूचक पूरा गरेर जुम्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य घोषणा गर्न सफल भएकोमा बधाई दिए । घोषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरि पोषणमा सुधार ल्याउन जरुरी रहेकाले उत्पादन बढाउन तथा खानपानमा ध्यान दिन आग्रह गरे ।

    सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले तोकिएका १६ वटा सूचकहरुलाइ पूरा गरेर जुम्लाकै पहिलो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा गर्न सफल भएको बताए । उनका अनुसार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्म विभिन्न तवरबाट सहयोग तथा योगदान दिने सरोकारवालाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको छ । उनले भने, यसअघि सिंजा पोषण प्रर्दशनी मेला आयोजना गरेका थियौ । आज पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भयौ । रैथानेबालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा सिंजाले उल्लेखीय काम गरेको छ । सिंजा गाउँपालिका,पेश नेपाल र प्लान ईन्टरनेश्नल नेपालको समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भएका हुन्। सिंजा गाउँपालिका घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने र पूर्ण सरसफाईयुक्त वडा तथा पालिका घोषणाको तयारीमा छ ।

  • आज सुनको भाउ स्थिर

    आज सुनको भाउ स्थिर

    नेपाली बजारमा आज (सोमबार) सुनको स्थिर रहेको छ । आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • रासकोटमा विकासे बजेट दुरुपयोग: करोडौं नियमविपरीत खर्च

    रासकोटमा विकासे बजेट दुरुपयोग: करोडौं नियमविपरीत खर्च

    कालीकोट जिल्लाको रासकोट नगरपालिकाका जनप्रतिनिधिले आफन्तलाई रोजगारी दिनका लागि राज्यकोषको विकासे रकम कटौती गरी दुई करोड २७ लाख ३३ हजार ९०६ रुपियाँ नियमविपरीत खर्च गरेको देखिएको छ ।

    नगरपालिकाले शिक्षक दरबन्दी यकिन नगरी ४४ जना पालिका शिक्षक नियुक्त गरेर सो रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सरकारले स्थायी नियुक्तिका साथै दरबन्दी अनुसारका शिक्षकको तलबबापतको बजेट ससर्त अनुदानमार्फत नगरपालिकालाई दिँदै आएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसारको तलब भत्ता ससर्तमार्फत दिने व्यवस्था छ । अझै अपुग भएमा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका र कुनै पनि दरबन्दी राहत, अनुदान कोटा प्राप्त नगरेका विद्यालय शिक्षक व्यवस्थापन गर्ने गरी शैक्षिक सहयोग अनुदान दिन सक्ने व्यवस्था छ तर रासकोट नगरपालिकाले त्यसको कुनै पनि प्रक्रिया पूरा नगरी सोझै ४४ जना शिक्षक अनुदानमा राखेर दुई करोड २७ लाख ३३ हजार ९०६ रुपियाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ  । यसरी आफन्तलाई रोजगारी दिन रासकोट नगरपालिका अग्रस्थानमा रहेको छ ।

    नगरपालिकाले शिक्षक मात्र होइन, नगरप्रमुख धर्मराज शाहीको सचिवालयमा छ जनालाई रोजगारी दिइएको छ जुन महालेखा परीक्षकको प्रतिवेदनमा नियमसङ्गत नभएको भनिएको छ । यस्तै सरकारी गाडी ग्यारेजमा थन्क्याएर आफन्तको गाडी भाडामा लिएर वार्षिक २१ लाख ९६ हजार भाडामार्फत खर्च गर्ने गरिएको छ भने बर्सेनि २६ लाखभन्दा बढी तेलमा खर्च गर्ने गरिएको छ । नगरप्रमुख धर्मराज शाहीले आवश्यकता अनुसार खर्च हुने कुरालाई अनौठो न ठान्न आग्रह गरे । उनले आफन्तको नाममा कसैलाई केही पनि नगर्ने कुन नेता छ त्यो देखाउन उल्टै प्रश्न गरे । उनले भने, पालो आए सबैले गर्छन् मैले पनि गरेको हुँ, यसलाई सामान्य रूपमा लिन म सबैलाई आग्रह गर्छु ।

    अघिल्लो आर्थिक वर्षमा एक जना अनुदान शिक्षकलाई तलब हाल्ने बहानामा नगरप्रमुख धर्मराज शाहीका सहोदर साला अमरबहादुर शाही प्रधानाध्यापक भएको अन्नपूर्ण आधारभूत विद्यालय वडरुखलाई १० लाख भुक्तानी गरिएको थियो । सो रकममध्ये नौ लाख ४२ हजार रुपियाँ असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ । कर्मचारीले हचुवाको भरमा भुक्तानी गरेको हुँदा सो १० लाखबाट शिक्षकलाई दिनुपर्ने अन्तिम चौमासिकको रकम घटाएर बाँकी नौ लाख ४२ हजार रुपियाँ असुलउपर गर्न भनिएको छ । सो रकम अहिलेसम्म नगरको खातामा असुल भएको छैन ।

  • चट्याङ लागेर एक महिलाको मृत्यु

    चट्याङ लागेर एक महिलाको मृत्यु

     रुकुम पश्चिममा चट्याङ लागेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको त्रिवेणी गाउँपालिका १० बर्नेटीकी ५० वर्षीया गणेशा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार आइतबार बेलुका स्थानीयको घरमा रहेको विद्युतको मिटरबक्समा चट्याङ परेको थियो । २५ मिटर पर रहेको आफ्नै घरमा रहेकी ओलीलाई चट्याङ लागेको थियो ।

    चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । गएराति १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ओलीका शव अहिले अस्पतालको शव गृहमा रहेको र पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी रहेको डिएसपी बिष्टले जनाए ।

  • सर्पको टोकाइबाट ११ वर्षीया शाहीको मृत्यु

    सर्पको टोकाइबाट ११ वर्षीया शाहीको मृत्यु

     जाजरकोट जिल्लामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका ६ गंगटेका जयबहादुर शाहीका ११ वर्षीया दीक्षा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

    भेरी नगरपालिकाका विपद फोकल व्यक्ति यज्ञ गौतमले गए राति घरमै सुतिरहेको बेला दीक्षालाई सर्पले टोकेर मृत्यु भएको जानकारी दिए । मृतक शाही श्री भगवति माध्यमिक विद्यालय गंगाटीयामा कक्षा ६ मा अध्ययनरत छात्रा भएको विद्यालयका प्रधानाध्यापक भुवन शाहीले जानकारी दिए ।

  • ६१ किलो सुन प्रकरण: अमला रोका अदालत पेश

    ६१ किलो सुन प्रकरण: अमला रोका अदालत पेश

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत उपस्थित लगिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ । त्यसका लागि उहाँलाई पठाइसकेका छौं,’ प्रवक्ता खड्काले भने ।

    गत शुक्रलबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

    उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

    राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

    १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

    अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

    रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

  • उत्तराखण्डमा ३५ नेपालीको उद्धार

    उत्तराखण्डमा ३५ नेपालीको उद्धार

    sharethis sharing button
     भारतस्थित नेपाली राजदूतवासले ३५ जना नेपालीहरुको उद्धार गरको छ । आफ्नो जागिरको प्रलोभनमा परि  भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको शनिबार  दूतावासले उद्धार गरेको हो ।

    दूतावासले  एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्‍याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै  रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।