Blog

  • बिनासर्त इरानलाई आत्मसमर्पण गर्न ट्रम्पको चेतावनी

    बिनासर्त इरानलाई आत्मसमर्पण गर्न ट्रम्पको चेतावनी

    sharethis sharing button
    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।” तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् ।

    तत्काल उनको ज्यान सुरक्षित रहेको भन्दै ट्रम्पले खमिनीलाई यस्तो सुझाव दिएका हुन्। यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ। इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ। अहिले  धेरै इरानी  तेहरान छाड्न चाहिरहेका छन्।

  • कांग्रेसले ढुण्डिराज शास्त्रीको निधनमा तीन दिन झण्डा आधा झुकाउने

    कांग्रेसले ढुण्डिराज शास्त्रीको निधनमा तीन दिन झण्डा आधा झुकाउने

    sharethis sharing button
     नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोकमा तीन दिनसम्म पार्टीको तीनै तहका कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले असार ५ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार बैठकले पूर्व केन्द्रीय सदस्य शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका पनि राख्ने निर्णय गरेको छ ।शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

    अर्घाखाँचीको किमडाडामा १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । उनी ०४८ र ०५१ को आम निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
  • इजरायल फर्किन चाहने नेपालीको नाम संकलन सुरु

    इजरायल फर्किन चाहने नेपालीको नाम संकलन सुरु

     सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ।

    इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो।

    इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ।

    इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन्। उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए।

    ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामारत्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ’ भन्दै सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरेको छ।

    इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन्।

  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

    प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

    फाइल तस्बिर
     समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

    प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

    बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिएका छन्।

    प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।
  • विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

    विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

    विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ ।

  • “किसानका लागि जमिनमुनिको पानीमा दोहोरो राहत”

    “किसानका लागि जमिनमुनिको पानीमा दोहोरो राहत”

     सुर्खेतको वीरेन्द्रनगरमा जनसङ्ख्या वृद्धिदर तीव्र भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि १० वटै जिल्लाबाट आएकाहरूको बसोबास वीरेन्द्रनगरमा हुँदै आएको छ । बढ्दो जनसङ्ख्यालाई धान्ने खानेपानीको पर्याप्त स्रोत नहुँदा माग अनुसारको आपूर्ति हुन सकेको छैन ।

    एकातिर बढ्दो जनसङ्ख्या र अर्कातिर मुहानको स्रोत पानी घट्दा खानेपानीको सङ्कट बढ्दो क्रममा देखिएको हो । अहिले वीरेन्द्रनगरमा भएको खानेपानीको हाहाकारको स्थितिलाई ‘डिप बोरिङ’ ले धानिरहेको छ । बोरिङ निर्माणका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले अनुदान दिने गरेका छन् ।

    समुदायको मागका आधारमा ‘डिप बोरिङ’ निर्माणका लागि अनुदान दिने गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटबाट अनुदान दिने गरिएको छ ।

    प्रतिबोरिङ १० देखि १५ लाख रुपियाँका दरले वितरण गर्ने गरिएको उहाँको भनाइ छ । नीति निर्माण गरेर ‘डिप बोरिङ’ निर्माण भइरहेको नगरपालिकाका इन्जिनियर हरि केसीले बताउनुभयो । उहाँका अनुसार भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमतिपत्र जारी गर्ने निर्देशिका–२०७६ समेत निर्माण गरिएको छ । निर्देशिकाबमोजिम माटो परीक्षण गर्नुपर्ने, जग्गाको मन्जुरी हुनुपर्ने, समिति गठन, वडाको सिफारिस, नापीको नक्सा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रदेश सरकार र नगरपालिकाले बोरिङ निर्माणका लागि मागका आधारमा अनुदान दिने गरेका छन् । नगरपालिकाबाट अनुमति लिएर मात्र बोरिङ निर्माण गर्ने गरिएको छ ।

    हालसम्म १३६ वटा बोरिङ निर्माणका लागि नगरपालिकाबाट अनुमति दिइएको नगरपालिकाका खानेपानी शाखाका इन्जिनियर मायाराम शर्माले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा बोरिङ निर्माणका लागि अनुमति दिइएको थियो । त्यसपछि आव २०७८/७९ मा तीन, आव २०७९/० मा २४, आव २०८०/८१ मा २२ र चालु आव २०८१/०८२ मा २६ वटा बोरिङ निर्माणका लागि अनुमति प्रदान गरिएको छ । प्रदेश सरकार र नगरपालिकाले अनुदानका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेका छन् ।

    अनुदान पाएर बोरिङ निर्माण गर्ने क्रम बढे पनि नगरपालिकाका सबै वडामा बोरिङको सम्भावना देखिएको छैन । वीरेन्द्रनगरका केही वडामा मात्र बोरिङ निर्माण गरेर पर्याप्त पानी आएको छ । वडा नं. २, ३, ७, ९ र १० मा बोरिङमा पानी पर्याप्त आउँछ । वडा नं. १ मा खानेपानीको सङ्कट ज्यादा हुने गरेको छ । इनार तथा बोरिङ खन्दासमेत पानी नआउने समस्या देखिएको छ ।

    वीरेन्द्रनगरको माथिल्लो क्षेत्रमा सुक्खा भएका कारण खानेपानीको सङ्कट देखिएको हो । मुहानमा पानी घटेपछि वीरेन्द्रनगर उपत्यकामा अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताउनुभयो । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।

  • भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा किन फरक धारमा?

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा किन फरक धारमा?

  • अदालतमा हाजिर भए रवीन्द्र मिश्र, आजै थुनछेक बहस

    अदालतमा हाजिर भए रवीन्द्र मिश्र, आजै थुनछेक बहस

  • संघीय निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची प्रतिनिधि सभामा

    संघीय निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची प्रतिनिधि सभामा