यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


.jpg)
शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिए । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
शिक्षकहरुले शनिवारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।

शुक्रबार सिमकोटबाट नेपालगन्ज झर्ने तयारी गरेको तर टिकट पाउन नसकिएको स्थानीय सुरेश परियारले बताए । उनले आइतबारबाट सुर्खेतमा कार्यक्रम परेको भए पनि टिकट पाउने सम्भावना नदेखिएका कारण समस्यामा परेको गुनासो गरे । उनले पैदलमार्गबाट कर्णाली कोरिडोरको हुम्ला खण्डको बोक्चे गौडा, भिगौडा र याङ्चु कुनामा सेनाले सडकको स्तरोन्नति गर्ने कामले सडक बन्द भएको र नियमित उडान हुनै छोडेपछि हवाई यात्रु समस्यामा परेको जनाए ।
हवाई टिकट पाउन कठिन भएपछि धेरै यात्रुले आफ्नो यात्रा रद्द गरेको र कतिपय लोक सेवा आयोगलगायतका परीक्षार्थीले परीक्षा दिन नपाएको अवस्था छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले हप्तामा तीनदेखि चार उडान हुन थालेपछि सिमकोटबाट बाहिरिने यात्रु मर्कामा परेको बताए । दैनिक तीन उडान यात्रु हवाईयात्रा गर्ने भए पनि हप्तामा सीमित उडान हुन थालेपछि यात्रुलाई टिकट पाउन सास्ती खेप्नु परेको उनको भनाइ छ । यसअघि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरू सीता, समिट र तारा एयरका जहाजले दैनिक उडान भर्दा त समस्या हुने अवस्था रहेकोमा हाल ती एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्न थालेपछि झन् समस्या बढेको उनले बताए ।
सडक निर्माण र कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक पहिरोले भत्काएका कारण यातायात सेवा सञ्चालनमा रहेको छैन । यात्रुलाई यतिबेला हवाईमार्गको विकल्प नभएको समिट एयरका हुम्ला इन्चार्ज गोविन्द लामाले बताए । यो समस्या नेपालगन्जबाट हुम्ला भित्रिने यात्रुका लागि पनि उस्तै भएको बताउँदै उनले अब यो समस्या सधैँ भोग्नुपर्ने अवस्था रहेको दुःखेसो पोखे ।


सल्यान । सल्यानमा पुरुष मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका–४ पुखातमा बाग्चौर नगरपालिका–४ का डिल्ली वली ५५ वर्षीय मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार वली छोराको ससुरालीमा पुन्य तिथिको भात खान शुक्रबार बिहान गएका थिए । उनी फकर्ने क्रममा घरदेखि आधा घन्टाको दुरीमा बाटोमै मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले वली मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीको टोली घटनास्थलमा पुगेको र वलीको शरीरमा कुनै पनि चोटपटक नलागेको पाइएको प्रहरीले बताएको छ ।
वलीको के कारण मृत्यु भयो भन्ने खुल्न नसकेको, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए।
यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ हो: ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन।
प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए।
ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’
ट्रम्प र मस्कका नीतिहरूविरुद्ध भइरहेका छन् प्रदर्शनहरू
राजधानी वासिङ्टन डीसीसहित सबै राज्यहरूमा प्रदर्शनको मुख्य कारण राष्ट्रपति ट्रम्प र व्यवसायी इलन मस्कको आक्रामक नीति हो। इलन मस्कको दक्षता विभागले लगातार सरकारी निकायहरूमा कर्मचारी कटौती गरिरहेको छ।
अहिलेसम्म हजारौँ सरकारी कर्मचारीहरूलाई जागिरबाट निकालिएको छ। अर्कोतर्फ, ट्रम्पको आप्रवासीहरूविरुद्धको कडा कारबाही र अन्य देशहरूमाथि भन्सार शुल्क (कर) लगाउने नीति पनि विरोधको मुख्य कारण हो।
ट्रम्पको भन्सार शुल्क युद्धका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढेको छ। यसको सिधा असर आम नागरिकको खर्चमा परेको छ।
अर्का प्रदर्शनकारीले पोस्टरमा लेखिएको थियो, ‘ट्रम्प फोहोरले भरिएको छन्। ट्वाइलेटहरू उनलाई देखेर जलिरहेका छन्।’

देशभर विशाल प्रदर्शन भएको दुई सातामै पुनः यति ठूलो प्रदर्शन हुनु ट्रम्पविरुद्धको प्रतिरोध अझै बलियो रहेको संकेत भएको न्युयोर्क टाइम्सले लेखेको छ ।
वासिङ्टन र सिकागोजस्ता केही सहरमा यसपटकको सहभागिता अप्रिल ५ का तुलनामा थोरै देखिए पनि प्रदर्शन व्यापक थियो।
राजधानी वासिङ्टन डीसीमा शनिबार केही हजारले मार्च गरे, जबकि अघिल्लो प्रदर्शनमा त्यहाँ दशौँ हजार सहभागी थिए। आयोजक समूह आन्दोलनकारीहरूका अनुसार शनिबार फ्लोरिडाको ज्याक्सनभिलदेखि लस एन्जलससम्म ७०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएका थिए। न्यूयोर्कको म्यानह्याटनमा भने म्याडिसन एभेन्यूका १५ ब्लक प्रदर्शनकारीहरूले भरिएका थिए।
प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पमाथि नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि कुल्चिएको, आप्रवासन नीति, संघीय जागिर कटौती, आर्थिक संकट लगायत विषयमा गम्भीर आरोप लगाए।
ह्वाइट हाउसबाहिर प्रदर्शनमा सहभागीहरू बारम्बार एउटै शब्द चिच्याइरहेका थिए– ‘लाज मान!’
वासिङ्टन मोनुमेन्टदेखि हजारौँ मानिसहरूले मार्च गरे। धेरैले मेरील्यान्डका किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई गलत रूपमा अल सल्भाडोर डिपोर्ट गरिएको भन्दै प्रशासनको आलोचना गरे।
उनीहरू अमेरिकन झन्डालाई उल्टो फर्फराउँदै, ‘किल्मारलाई घर फर्काऊ’ भन्दै आठ लेनको कन्स्टिट्युसन एभेन्यू हुँदै अघि बढेका थिए ।
ट्रम्प प्रशासनले गार्सियालाई कुख्यात एमएस-१३ गिरोहको सदस्य भनेको छ, जुन आरोप उनले अस्वीकार गरेका छन्।
प्रदर्शनमा ‘फ्री गार्सिया’ लेखिएको पोस्टर बोकेर उभिएकी मेरील्यान्ड निवासी जुलिया फाइनले न्युयोर्क टाइम्ससँग भनिन्, ‘उहाँलाई राखिएको अल सल्भाडोरको जेल हो– जुन मलाई नाजी कालका कन्सन्ट्रेसन क्याम्पजस्ता लाग्छ।’
उनले थपिन्, ‘यतै तिर अघि बढ्दैछ यो देश ।’
न्युयोर्कदेखि सिन्सिनाटी र शिकागोसम्म प्रदर्शनहरूमा गार्सियाको मुद्दाबारे चासो सुनियो।
६४ वर्षका इन्जिनियरिङ्ग फर्मका म्यानेजर ब्यारी क्निटलले भने, ‘यो अन्याय हो। र मलाई लाग्छ, यो त अझै सुरु हो।’
प्रदर्शनको क्रममा भीडले भन्यो, ‘जुटेका नागरिक कहिले पनि पराजित हुँदैनन् ।’
पर्यटक बोकेको डबल डेकर बसहरूले समर्थन जनाउँदै हर्न बजाउँदा भीडले खुसी प्रकट गरेको थियो ।
वासिङ्टनमा सहभागी आरोन बर्कका अनुसार उनकी प्रेमिकाले ऊर्जा मन्त्रालयबाट सरकारले दिएको स्वेच्छिक अवकाश लिएपछि उनी प्रदर्शनमा सहभागी भएका थिए।
‘म चिन्तित छु कि सरकारले बिना प्रक्रिया डिपोर्ट मात्र होइन, अमेरिकी नागरिकहरूलाई समेत जेल हाल्न थाल्नेछ,’ उनले थपे, ‘म चाहन्छु मेरी छोरी सुरक्षित होस्, उनी ट्रान्सजेन्डर हुन्। अल्पसंख्यकलाई मानवीय ढंगले व्यवहार गर्नुपर्ने हो।’
केही प्रदर्शनकारीहरूले देश नै गुमाउन लागेको र आफूहरू नाति नातिनाको भविष्यको लागि सडकमा आएको बताएका छन् ।
३५ वर्षीया सामाजिक कार्यकर्ता आन्द्रेआ म्यालोरीले भनिन्, ‘यो कार्यक्रम हाम्रो लागि समुहगत थेरापीजस्तै हो। मानसिक रूपमा राहत मिल्यो।’
क्रान्तिको सम्झनामा उठेका विरोधका स्वर
कन्कर्ड, म्यासाचुसेट्समा अमेरिकी क्रान्तिको २५०औँ वर्षगाँठ मनाइँदै गर्दा केहीले इतिहाससँग अहिलेको तुलना गरे।
६५ वर्षीय कोनान वाल्टर पुरानो नर्थ ब्रिजमा उभिएर ठूलो पोस्टर उठाइरहेका थिए, ‘अब फासिवाद अन्त्य गर ।’
उनले थपे, ‘यो समारोह निरंकुशतन्त्र (राजतन्त्र) को अत्याचारविरुद्धको विद्रोह सम्झनाका लागि हो, त्यही किसिमको शासन आज फर्कने कोसिस गरिरहेको छ। हामीले चुनौती स्वीकार गर्नुपर्छ।’
तर कन्कर्डमा सबै विरोध गर्न आएका थिएनन्।
७८ वर्षीया ट्रम्प समर्थक वकिल डेबोरा बकनम भने अमेरिकी इतिहासको सम्मान गर्न आएकी थिइन्।
उनले भनिन्, ‘राजनीतिक मतभेदले यस्तो ऐतिहासिक क्षणलाई ढाक्न हुँदैन। तर विरोध गर्न पाउनु अमेरिकी अनुभवको हिस्सा हो।’
उनले थपिन्, ‘प्रदर्शन सबैको अधिकार हो।’
ट्रम्पको कामबाट ४५ मतदाता सन्तुष्ट
अमेरिकी सर्वेक्षण संस्था ग्यालपका अनुसार ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती तीन महिनामा ४५ प्रतिशत अमेरिकी मतदाताहरू उनीप्रति सन्तुष्ट देखिएका छन् । जबकि उनको पहिलो कार्यकालको तीन महिनामा मात्र ४१ प्रतिशत मतदाताहरू सन्तुष्ट थिए।
यद्यपि, यो दर अन्य राष्ट्रपतिहरूको तुलनामा निकै कम हो। सन् १९५२ देखि २०२० सम्म सबै राष्ट्रपतिहरूको पहिलो त्रैमासिकको औसत रेटिङ ६० प्रतिशत रहेको छ। यसको तुलना गर्दा ट्रम्पको रेटिङ न्यून देखिन्छ।
ग्यालपका अनुसार ट्रम्पले पदभार सम्हाल्दा उनको लोकप्रियता ४७ प्रतिशत थियो, जुन अहिले घटेको छ।(अनलाइनखबर)


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । शनिबार काठमाडौँमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफु प्रधानमन्त्री हुदा गरेको स्मरण गरे । उनले नेवार समूदायको समूदाय, भाषा, पहिचान स्थापीत नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिवद्धता जनाए ।


काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्म साढे तीन खर्ब बढी ऋण उठाएको छ । यही अवधिमा सरकारले साढे दुई खर्ब बढी साँवा–ब्याज तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो भने पछिल्लो ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ । यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
‘चैत मसान्तसम्ममा सार्वजनिक ऋण कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ । मुलुकको हालसम्मको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्य ऋण दायित्व १३ खर्ब ६५ अर्ब ३२ करोड बराबर छ।
सरकारले यस आर्थिक वर्षका लागि करिब साढे पाँच खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसातसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ । ‘चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६ दशमलव ९३ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले २ खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण उठाएको हो भने ७४ अर्ब ९५ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८ दशमलव २२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४ दशमलव ५४ प्रतिशत बराबर हो । यस आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ ।

सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा–ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे दुई खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ। ‘चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, ’यो वार्षिक विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो । जीडीपीको आधारमा चैत मसान्तसम्ममा कुल ऋण सेवा खर्च ४.४३ प्रतिशत रहेको छ ।’
पछिल्लो ९ महिनामा आन्तरिक ऋणको साँवाव्याज भुक्तानीका लागि मात्रै २ खर्ब १२ अर्ब ९३ करोड खर्च भएको छ । आन्तरिक ऋणको साँवा तिर्न १ खर्ब ७० अर्ब ९ करोड र ब्याज तिर्न ४२ अर्ब ८४ करोड रुपैयाँ बराबर खर्च भएको हो । त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्न ३९ अर्ब ४३ करोड रुपैयाँ बराबर खर्च भएको छ । जसमध्ये बाह्य ऋणको साँवा तिर्न ३२ अर्ब ९३ करोड र ब्याज तिर्न ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै ७० अर्ब ९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ । नेपालले वैदेशिक ऋण ‘स्पेसल ड्रइङ राइट’ (एसडीआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ । जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन् । चालु आर्थिक वर्षमा एसडीआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
वीराटनगर । नेकपा एमाले का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ।
कन्चनजंघा हिमा
लमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए।
उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए।
कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेका थिए।
अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।
उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।
लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा मात्रै दिएको बताए।
‘हामीले सुरक्षा मात्र दिएका हौं। अरू केही होइन,’ उनले भने।
नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो।
केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्याएर काठमाडौं पठाएको थियो।
‘उहाँलाई सुरक्षित काठमाडौं पठाएका हौं। काठमाडौं पुगेपछि मलाई फोन गरेर उहाँले धन्यवाद पनि भन्नुभयो,’ डिएसपी रावलले भने।
पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केवलकार बन्नुपर्ने विषयमा जोडदार वकालत गर्दै आएका छन्।
पाथीभरमा केवलकार बन्न नहुने भनेर आन्दोलन गर्दै आएका समूहले उनलाई प्रदेशमा निषेध गर्ने घोषणा नै गरेको थियो।

काठमाडौंः नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसैगरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।