Blog

  • निजामती विधेयकबारे गम्भीर छानबिन हुनुपर्ने अवस्था आएको छ : प्रचण्ड

    निजामती विधेयकबारे गम्भीर छानबिन हुनुपर्ने अवस्था आएको छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर रुपमा छानबिन हुुनपर्ने अवस्था आएको बताएका छन् ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । समितिबाट संसदमा जाने क्रममा कहीँ न कहीँ चलखेल भएको बताउँदै उनले त्यसमा गम्भीर हुुनपर्ने बताए ।

    ‘सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ चलखेल गरेको देखिएको छ । त्यसको बारेमा गम्भीर रुपमा छानबिन हुनुपर्ने, कारबाही हुनुपर्ने अवस्था आइलागेको छ,’ अध्यक्ष प्रचण्डले भने ।

    कर्मचारीतन्त्र भित्र एउटा पक्ष यो विधेयक ल्याउन नदिन पहिल्यैदेखि लागेको भन्दै उनले अहिले पनि त्यस्तै भएको हुनसक्ने बताए ।

    ‘कर्मचारीतन्त्रभित्र एउटा पक्ष संघीय निजामती ऐन यो रुपमा नआओस् भन्न चाहन्थ्यो । कहीँ त्यहीँ नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ,’ प्रचण्डले भने, ‘अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन । यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन हुनुपर्‍यो । दोषीमाथि कडा कारबाही हुनुपर्‍यो ।’

    कतिपय सांसदले गम्भीर रुपमा संसदीय छानबिन समिति चाहिन्छ भनेको भए पनि राजनीतिक तहमा आफूले छलफल गर्ने प्रचण्डले बताए ।

    ‘यो कुरा गम्भीर छ । कतिपय माननीयले संसदीय छानबिन समिति नै बनाउनुपर्छ भनिरहनुभएको छ,’ प्रचण्डले भने, ‘मैले पनि गम्भीर रुपमा लिएको छु । राजनीतिक तहसम्म छलफल गर्नुपर्ने मैले बुझेको छु ।’

  • प्रधानमन्त्रीले भने: ‘हाम्रा बालबालिका कुपोषित छन्, हामी ऋणको ब्याज तिरिरहेका छौं’

    प्रधानमन्त्रीले भने: ‘हाम्रा बालबालिका कुपोषित छन्, हामी ऋणको ब्याज तिरिरहेका छौं’

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली नेताहरूलाई गरिब राष्ट्रहरूले आफ्ना नागरिकको स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकतामा खर्च गर्नुको सट्टा ऋणको सावाँ-ब्याज तिर्नुपरेको यथार्थ सुनाएका छन्।

    स्पेनको सेभियामा आयोजित संयुक्त राष्ट्रसंघको विकास वित्तसम्बन्धी उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘यो केवल वित्तीय संकट होइन, यो एक मानवीय संकट हो।’

    प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूले भोगिरहेको पीडाको भावनात्मक चित्र प्रस्तुत गर्दै भने, ‘गरिबी अझै व्यापक छ, भोकमरि बढ्दो छ, र हाम्रा कैयौं बालबालिकालाई कुपोषणले सताइरहेको छ।’

    उनले ऋणको बोझले थिचिएका राष्ट्रहरूको दयनीय अवस्थालाई औंल्याउँदै थपे, ‘दुःखको कुरा, हामीले स्वास्थ्य वा शिक्षामा गर्ने लगानीभन्दा बढी रकम ऋण भुक्तानीमा खर्च गरिरहेका छौं।’

    आफ्नो सम्बोधनमा उनले अतिकम विकसित राष्ट्रहरूका युवाहरूका सपनाहरू पहुँचभन्दा टाढा हुँदै गएको र उनीहरूले भरोसा गरेको अन्तर्राष्ट्रिय सहायता प्रणाली पनि सबैभन्दा बढी आवश्यक परेकै बेला कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे।

    ‘एकपछि अर्को संकटले हाम्रो अर्थतन्त्रलाई हल्लाएको छ,’ उनले भने, ‘द्वन्द्व र जलवायु संकटले वर्षौंको प्रगतिलाई शून्यमा झारिदिएको छ।’

    प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रेमिट्यान्सलाई ‘जीवनरेखा’ को संज्ञा दिँदै त्यसलाई घर पठाउँदा लाग्ने चर्को शुल्क अन्यायपूर्ण रहेको बताए।

    सम्मेलनले पारित गरेको ‘कम्प्रोमिसो डे सेभिया’ (सेभिया प्रतिबद्धता) ले केही आशा जगाएको बताउँदै उनले विश्व समुदायलाई ती वाचाहरूलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे।

    ‘सही वित्तीय लगानी भएमा हामी गरिबीसँग लड्न, हाम्रा जनताको क्षमता निर्माण गर्न र दिगो अवसरहरू सिर्जना गर्न सक्छौं,’ उनले भने।

  • कुलिङ पिरियड राख्न राज्य व्यवस्था समितिका सभापति खतिवडको राष्ट्रिय सभालाई अनुरोध

    कुलिङ पिरियड राख्न राज्य व्यवस्था समितिका सभापति खतिवडको राष्ट्रिय सभालाई अनुरोध

    whatsapp sharing button

     राज्य व्यवस्था तथा सुशुसान समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा कुलिङ राख्न राष्ट्रिय सभालाई अनुरोध गरेका छन्  ।

    सभापति खतिवडाले आज एक विज्ञप्ति निकालेरे संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्‌मा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताएका छन् ।

    उनले भने, ‘यो सामान्य अवस्था होइन । यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

  • एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

    एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने


     एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत  सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो ।

    यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरुप जारी भएको हो   दूरसञ्चार सेवाहरु बाहेक विभिन्न महत्वपूर्ण कामहरु जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।
    एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ ।

  • नेपालमा केही भएन भन्ने निराशालाई चिर्नुको विकल्प छैन : सोबिता गौतम

    नेपालमा केही भएन भन्ने निराशालाई चिर्नुको विकल्प छैन : सोबिता गौतम

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालमा केही भएन भन्ने निराशा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै जानुपर्ने चुनौती रहेको टिप्पणी गरेकी छिन् ।

    राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलका क्रममा गौतमले यस्तो बताएकी हुन् ।

    परिषद्ले विभिन्न प्रदेशमा प्रादेशिक सम्मेलन सकेर काठमाडौंमा ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२’ पारेर ‘समृद्धिका साझा सवाल’ विषयक छलफल चलाएको थियो ।

    सो छलफलमा भाग लिन पुगेकी सांसद गौतमले समृद्धिलाई आर्थिक रुपमा मात्रै लिन नहुने बताइन् । यसका लागि युवा पुस्ताले देश छाड्न नहुने सांसद गौतमको भनाइ थियो ।

    ‘नेपालमा केही पनि भएन त भन्ने निराशा छ । त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन । हाम्रो पुस्ता भनेको अघिल्लो व्यवस्थाको थोरै कुरा स्मरणमा छ,’ सांसद गौतमले भनिन्, ‘तर, अधिकांश हामीले बुझ्ने भएपछि गणतन्त्रपछिको नेपाल हो । यो अन्तरालमा हामीले देखेको कुरा के हो र त्यसलाई कसरी मुल्यांकन गर्न सकिन्छ भन्ने कुरा हो ।’

    जनतामा छाएको चरम असन्तुष्टिका कारण हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु र आर्थिक समृद्धि नदेख्नु नै रहेको उनले बताइन् ।

    ‘हाम्रा समृद्धि भनेको चाहिँ आर्थिक मात्रै होइन । सामाजिक पनि हो । जनतालाई आजको दिनमा चाहिएको भनेको आर्थिक सँगसँगै सामाजिक फ्याक्टर पनि हो,’ गौतमले भने, ‘जनतामा छाएको चरम असन्तुष्टिको एउटा कारण भनेको चाहीँ हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु, आर्थिक समृद्धि नदेख्नु नै हो,’ सांसद गौतमले भनिन् ।

    उनले राष्ट्रिय गौरवका आयोजनाको विषयमा पनि जनतामाथि झुटा आशा मात्रै दिने काम राजनीतिक दल र नेतृत्वबाट भएको उनको भनाइ थियो ।

    ‘जनतालाई किन झुटो आशा मात्रै देखिएको ? किन यथार्थमा नगएको ? यथार्थमा आएर जिरोबाट सुरु गर्नुपर्ने बेला छ । मूलभूत रुपमा वृहत्तर रुपमा समृद्धिका परिभाषा लामो हुन्छ । नेपालमा भएका जनसंख्याको मेजोरिटिको के कुरा छ त्यसमा लाग्नुपर्ने हुन्छ,’ सांसद गौतमले भनिन् ।

    सांसद गौतमले देश छाडेर युवाहरू पलायन हुँदा कसले देश बनाउने ? भन्दै प्रश्न गरिन् ।

    ‘मान्छे आफू, परिवार र समाज समृद्ध बनाउन लाग्नुपर्ने छ । तयसका लागि युवा देशभित्रै बस्नुपर्छ । सबैले देश छाडेर जाने हो भने बनाउने चाहिँ कसले त ? देशभित्र जनशक्ति बस्ने वातावारण राज्यले सिर्जना गर्नुपर्छ,’ सांसद गौतमले भनिन् ।

    विशेषगरी उद्यमशीलता, रोजगारी, पर्यावरण, समानतामूलक समाज बनाउने लगायतका कुरा युवाले गर्नुपर्ने उनको भनाइ थियो ।

    सांसद गौतमसहित एमाले सांसद पदम गिरी, कांग्रेस सांसद उदयशमशेर जबरा र माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध उक्त प्यानल छलफलमा सहभागी थिए ।

  • निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

    निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

    निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । आज वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।

    “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”

    प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए ।

    “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उनले भने ।

  • रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

    रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।

    राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

    साथै रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘र, पढ्दै नपढेर “हुन्छ’’ “हुँदैन’’ भन्नेहरूलाई “कुरी कुरी’’

  • भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

    भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

  • सुनको मूल्यमा २४ सयले वृद्धि

    सुनको मूल्यमा २४ सयले वृद्धि

     आज मंगलवार नेपाली बजारमा सुनको मूल्य तोलामा २४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज  छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ कायम छ । सोमबार  छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ  । चाँदी प्रतितोला दुई हजार १५५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

  • जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

    जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

     परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ ।

    रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन् ।

    मन्त्री डा राणाले भनिन्, ‘नेपाल र नेपालजस्तै देशका हिमाली क्षेत्रहरू जलवायु सङ्कटका कारण सबैभन्दा बढी मर्कामा छन् । तर, जलवायु वित्त र अनुकूलन प्रयासहरूमा यी क्षेत्रहरूलाई उपेक्षा गरिएको छ । यस विषयमा सम्बद्ध सबैको ध्यान जानु जरुरी छ ।’

    नेपालको कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री डा. राणाले कृषिले नेपालको कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत योगदान दिएको र करिब दुईतिहाइ जनसङ्ख्या कृषिमै आश्रित रहेको जानकारी गराए ।

    उनले खाद्य सुरक्षादेखि पोषण, गरिबी निवारण र ग्रामीण विकाससम्म कृषिको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

    मन्त्री डा. राणाले सन् २०३० सम्म भोकमुक्त विश्व निर्माण गर्ने लक्ष्य अझै अपूरो अवस्थामा रहेको र महामारी, जलवायु सङ्कट, आर्थिक अस्थिरता र भूराजनीतिक तनावहरूले दिगो विकास लक्ष्यहरूमा समेत धावा बोलिरहेको बताइन् ।

    उनले दिगो र सहनशील पहाडी कृषि प्रवर्द्धन अत्यावश्यक रहेको र यो हाम्रो जीविकोपार्जनका लागि मात्र नभएर यस पृथ्वीकै जैविक विविधता, खाद्य सुरक्षाको सुनिश्चितता र पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि पनि महत्त्वपूर्ण रहेको बताइन् ।

    सफल र नवप्रवर्तनशील कृषि अभ्यासहरूलाई ‘फोर बेटर’को दृष्टिकोणसहित विस्तार गर्न नेपाल इच्छुक रहेको बताउँदै उनले भने, ‘हामी किसानहरूलाई पूर्वसूचना प्रणालीसम्मको पहुँच विस्तारका लागि सहकार्य खोज्दैछौं ।’

    जलवायु जोखिम बढिरहेको सन्दर्भमा दिगो पहाडी कृषि प्रवर्द्धनका लागि एफएओसँगको सहकार्य अझ सशक्त हुने अपेक्षा गरेका छौं । साथै, महिला तथा युवा किसानहरूको सहभागिता र नेतृत्व वृद्धि गर्न सफल अभ्यासहरूबारे अनुभव र ज्ञानको साझेदारीको अपेक्षा नेपालले गरेको छ ।