Blog

  • घुस लिएपछि मृत्युदण्डको सजाय

    घुस लिएपछि मृत्युदण्डको सजाय

    चीनमा एकजना पूर्व कर्मचारीलाई घुस लिएको आरोप प्रमाणित भएपछि मृत्युदण्डको सजाय सुनाइएको छ।

    चीनको एक अदालतले १५१ मिलियन डलरको घुस लिएको आरोप प्रमाणित भउको भन्दै पूर्व बैङ्कका कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको हो।

    चीनको सरकारी समाचार संस्था सिन्ह्वाले चीन हुआरोङ्ग इन्टरनेशनल होल्डिङ्ग्सका पूर्व जनरल म्यानेजर बाई तियानहुईलाई तियानजिनको एक अदालतले मङ्गलवार मृत्युदण्डको सजाय सुनाएको बताएको छ।

    अदालतले तियानहुईको सबै राजनीतिक अधिकार खोस्दै उनको सबै सम्पत्ति जफत गर्ने फैसला समेत गरेको छ।

    २०१२ मा सत्ता सम्हाले पछि चीनका राष्ट्रपति शी जिनपिनले भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका छन्। जसमा हालसम्म चीनका विभिन्न पदमा रहेका ठूला साना सबै कर्मचारीलाई कडा सजाय दिइने गरिएको छ।

  • ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बजेटप्रति मन्त्री चौधरी असन्तुष्ट

    ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बजेटप्रति मन्त्री चौधरी असन्तुष्ट

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।

    बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्।

    सरकारले आगामी आर्थिक् वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको उनको भनाइ छ।

    उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भएपनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन्।

    उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरुको नाराका रुपमा अघि बढाउनुपर्ने र महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महशुस भएको जिकिर गरिन्।

    उनले, ‘आर्थिक रुपले सशक्तिकरण जबसम्म हुँदैनन् महिलाहरु तबसम्म भोको पेटले सारंगी बज्दैन। मैले त्यो आधारमा आर्थिक रुपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो। नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभइ सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो। कस्तो छ हाम्रो सोचाई भन्ने हो। सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हाैँ। यसमा राम्रै हुन्छ भनेर हामीले सोचेका थियौँ। बढी आउला की बजेट भन्ने सोचेका थियौँ। तर हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो। मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो। महिलाहरुको जग्गा, उद्योग दर्तामा केही छुट दिएका छौँ।’

    यस्तै,मन्त्री चौधरीले अहिले नेपाली महिलाहरुले संवैधानिक रुपमा धेरै अधिकारहरु प्राप्त गरेको बताइन्। यस वर्ष ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाइँदैछ।

  • जापानले बनायो विश्वकै पहिलो काठले बनेको उपग्रह

    जापानले बनायो विश्वकै पहिलो काठले बनेको उपग्रह

    जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएको घोषणा गरेका छन्। क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको बताइएको छ।

    विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन्। यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ। त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ।

    अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ। जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्नेछ।

    ‘धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ’, अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने।

    सिर्जनाकर्ताहरूले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कदा हानिकारक धातुका कणहरू उत्पादन नहुने बताएका छन्। यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्ने विकासकर्ताहरूले बताए। रासस

  • निवेदकले गरे गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

    निवेदकले गरे गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ।

    निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

    उनले भने, ‘निवेदकले नै सुनुवाइ स्थगन गर्न निवेदन दिनुभयो। त्यसैले सुनुवाइ नभएको हो। तयारी नपुगेको भन्दै उहाँहरुले सुनुवाइ स्थगन गर्न भन्नुभएको थियो। उक्त रिटको सुनुवाइ आज इजलासमा १० ‍औँ नम्बरमा थियो।’

    लामिछानेलाई अनुसन्धान प्रक्रिया चलिरहेका बेला पदबाट निलम्बन गर्न माग गर्दै सोमबार भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

    ‘उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निलम्बन गर्नू भनी अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ,’ रिट निवेदनमा उल्लेख छ।

    महान्यायाधिवक्ता कार्यालयबाट वैशाख २४ मा जारी भएको पत्रको कुनै कानुनी वैधानिकता नरहेको भन्दै पत्रले फौजदारी न्याय प्रणालीलाई अनुचित तवरले प्रभावित पार्ने स्पष्ट रहेकाले पत्रको सम्पूर्ण काम, कारबाही, सूचना, पत्राचार कार्यान्वयन नगर्नू–नगराउनू भनी अन्तरिम आदेशको माग पनि रिट निवेदनमा गरिएको छ।

    ‘सहकारी ठगीजस्तो विषयमा बचतकर्ताले न्यायका लागि याचना गर्न सक्ने हुँदा व्यक्ति विशेषले धारण गरेको पदको बेवास्ता गरी अनुसन्धान नगर्नू, मुद्दा नचलाउनु भन्नेजस्ता आदेश प्रहरी प्रधान कार्यालयलाई नभन्नू र आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सहकारी ठगीमा कसैले कुनै व्यक्तिउपर जाहेरी सूचना, प्रतिवेदन पेस गर्छ भने निर्धक्क अनुसन्धान गर्नू भनी महान्यायाधिवक्ताको नाउँमा परमादेशको आदेश जारी गरिपाऊँ,’ निवेदकको मागदाबी छ।

    महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पार्दै पत्र दिएको थियो। सरकारको कानुनी सल्लाहकारका रूपमा रहेका महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई हालसम्मको ‘क्लिन चिट’ दिएपछि विवाद सुरु भएको थियो। लामिछानेले वैशाख १० मा महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। सम्बन्धित कार्यालयमा सोधेर कुनै उजुरी जाहेरी नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ मा जानकारीपत्र दिएको थियो।

    ‘यस कार्यालयमा जानकारी पाऊँ भनी पेस गर्नुभएको वैशाख १० को निवेदन मागका सन्दर्भमा रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्न रहे÷नरहेको कुनै उजुरी परेको, अनुसन्धान वा अभियोगपत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही, चितवन र कास्कीमा बुझी पठाउँदा यहाँउपर हालसम्म कुनै उजुरी, जाहेरी अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकाले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ,’ महान्यायाधिवक्ता कार्यालयको जानकारी पत्रमा भनिएको थियो ।

  • मोरङमा २ सय ७१ किलो गाँजा बरामद

    मोरङमा २ सय ७१ किलो गाँजा बरामद

    भारतसँग सीमा जोडिएको मोरङका छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरी नेपालले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

    विराटनगरको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीको टोलीले मंगलबार राति साढे ११ बजेतिर विराटनगर– १४ जतुवाबाट १ सय ८१ किलोग्राम गाँजा बरामद गरेको हो।

    इलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले प्रदेश १–०२–००१ ख (२७) नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

    खाली सिलिन्डर लोड गरी कच्ची सडकको साइडमा रोकेर राखेको ट्रकलाई शंका लागी खानतलासी गर्दा गाँजा फेला परेको बताउँदै, एसपी कार्कीले भने, ‘ट्रकको पछाडि सामान राख्ने ठाउँमा बोरामा प्याक गरी माथिबाट कुचोले छोपेर राखिएको अवस्थामा गाँजा भेटिएको हो। गाँजासहित ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।’

    पक्राउ परेका मिनी ट्रकका चालक संखुवासभाको चैनपुर नगरपालिका– १ का २७ वर्षीय लाक्पा दोर्जे शेर्पाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।

    त्यस्तै, सशस्त्र प्रहरीले जहदा– १ मुसहरी टोलबाट मंगलबार साँझ ९० किलो गाँजा बरामद गरेको छ। मकै बारीमा लुकाएर राखेको सूचनाका आधारमा बिओपी (बोर्डर आउट पोस्ट) मधुमल्लाबाट खटिएको सइ लोकबहादुर बस्नेत नेतृत्वको टोलीले सीमा क्षेत्र नजिकबाट मंगलबार साँझमा गाँजा बरामद गरेको हो।

    गाँजा कसले ल्याई लुकाए राखेको खुल्न नसकेको र गाँजाको धन्दामा संलग्नको खोजी भइरहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए। बरामद भएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

  • एकीकृत च्यांग्रा पस्मिना फार्म स्थापना

    एकीकृत च्यांग्रा पस्मिना फार्म स्थापना

    व्यावसायिक च्यांग्रा खेती विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्यांग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्म स्थापना गरिएको छ। नेपालको पहिलो एकीकृत च्यांग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्यांग्रापालन गर्न मिल्ने क्षमता रहेको छ।

    स्थानीय च्यांग्रा किसान र नेपाल पस्मिना उद्योग संघको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्यांग्रापालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्नका लागि नयाँ आयाम प्रदान गर्ने विश्वास गरिएको छ।

    यो फार्म यस व्यवसायसम्बन्धी ज्ञान आर्जन र आदानप्रदान गर्ने केन्द्रका रूपमा रहनुका साथै च्यांग्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासलाई बढावा दिनका लागि उपयोगी हुने संघले जनाएको छ।

    नेपालका लागि युरोपियन युनियन (इयु) की राजदूत भेरोनिक लोरेन्जोले आज सो फार्मको उद्घाटन गर्दै उच्च गुणस्तरको च्यांग्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पस्मिना मूल्य शृंखलालाई बलियो बनाउने बताए।

    राजदूत लोरेन्जोले च्यांग्रापालनमा युवा र महिलाको महत्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसर सिर्जना गर्न र ग्रामीण बसाइँसराइको समस्या समाधान गर्न उनीहरूलाई यस व्यवसायमा अझ प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

    सो अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्यांग्रा किसानका लागि अनुदान मिलाउने जस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    अन्तर्राष्ट्रिय च्यांग्रा विज्ञ डा. सरफराज बानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्यांग्र्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गरेका थिए।

    राजदूत लोरेन्जोले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पस्मिना फाइबर संकलन केन्द्रको अवलोकन गरे। नेपालको पस्मिना क्षेत्रको मूल्य शृंखला मजबुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ। –रासस

  • आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

    आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित ७१औं सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

    उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय र सहकार्यकाे आवश्यकता रहेको उनको भनाइ छ।

    उनले भने, ‘हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान साहसी सान भन्ने नारासहित नेपाल सरकारको बजेटमै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ।्योर

    लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ । त्यो लक्ष्य पूर्ण रुपमा सफल हुनेछ।’

    यस्तै, मन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभाव सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनका लागि एक समिति गठन गरेको बताए। समितिले चाँडै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गरे।

  • भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

    भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

    कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ। थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ।

    जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन्। जिल्लाका दोदा, वनहरा, सनवोरालगायत नदीमा दशकअघिदेखि जैविक तटबन्ध निर्माण गर्ने कार्य हँुदै आएको छ।

    हाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ‘मर्सिकोर’ को सहयोगमा सञ्चालन हुँदै आएको ‘एमरेड परियोजना’ अन्तर्गत पालिकासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण गर्दै आएको छ। यसअघि नेपाल रेडक्रस सोसाइटीले परियोजनासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण गर्दै आएको थियो।

    चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकासँगको लागत साझेदारीमा कल्याण संघले एमरेड परियोजनाअन्तर्गत तीन सय मिटर जैविक तटबन्ध निर्माण गरेको छ। नगरपालिकाको वडा नं ११, २ र ३ भएर बग्ने सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ।

    एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहकार्यमा जैविक तटबन्ध निर्माण गरिएको हो।

    कटानको उच्च जोखिममा रहेको वडा ११ कलुवापुरमा एक सय, वडा २ मा एक सय र वडा ३ मा एक सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको तर्फबाट एक लाख ७९ हजार रुपैयाँ, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय २६ दिनको रोजगारीवापत दक्ष र अदक्ष कामदारको ८३ हजार रुपैयाँ ज्याला बेहोरिएको छ।

    यसैगरी जनताको तटबन्धबाट ६ हजार तीन सय रकमकाे प्लाष्टिकका बोरा सहयोग गरिएको छ। स्थानीय समुदायले एक लाख २६ हजार रूपैयाँ बराबरको श्रमदान गरेका छन्। परियोजनाको तर्फबाट एक लाख ७२ हजार रकम बेहोरिएको छ।

    पुर्नवास नगरपालिका– ७ परासन र वडा नं ९ सीताबस्तीको दोदा नदीमा नगरपालिकासँगको सहकार्यमा परियोजनाअन्तर्गत पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ।

    जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले तीन लाख ३९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच सय २० दिनको रोजगारीअन्तर्गत तीन लाख ४७ हजार र परियोजनाका तर्फबाट तीन लाख रकम व्यहोरिएको छ। तटबन्ध निर्माण गर्न स्थानीय समुदायले रु एक लाख १० हजार बराबरको श्रमदान गरेको छ।

    ‘जैविक तटबन्ध निर्माण गरिएका क्षेत्रका समुदायलाई संगठित गरी खाली रहेको बगरमा उखु खेती प्रवर्द्धनमा सहयोग गरेका छौं’, संयोजक घिमिरले भने, ‘परियोजनाअन्तर्गत शुक्लाफाँटामा सात बिघामा २५ परिवारले उखु खेती गरेका छन्।’

    पुर्नवास नगरपालिका नदी तटीय क्षेत्रका परिवारले पनि उखु खेती गर्दै आएका छन्। उखुको जराले माटो बाँधेर राख्ने कार्य गर्ने भएकाले भूक्षयबाट रोक्ने र उखु बिक्री गरी नदी प्रभावित समुदायले गतिलो आम्दानी गर्दै आएको संयोजक घिमिरेले बताए।

    ‘उखु खेती गर्दै आएका किसानका लागि बजार प्रवर्द्धन गर्न चिनी मिल, सम्बन्धित पालिकाको कृषि विकास शाखासँग समन्वय र सहकार्य गरेका छौँ’, उनले भने, ‘बीउमा सहयोग, उखु रोप्ने प्राविधिक जानकारी, आधुनिक कृषि औजारमा सहयोग गर्ने कार्य हुँदै आएको छ।’ जैविक तटबन्ध निर्माण भएका क्षेत्रमा पानी सहन सक्ने, छिटो हुर्कने, बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका बिरुवा लगाउने काम पनि हुँदै आएका छन्।

    राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जैविक तटबन्ध भूक्षय रोक्नमा प्रभावकारी भएकाले यसको माग पालिकाहरूबाट बढ्दो रूपमा आउन थालेको बताए।

    ‘जैविक तटबन्धको महत्व नबुझ्दा विगतमा सीमित क्षेत्रमा मात्रै निर्माण हुने गरेको थियो, थोरै लगानीमा निकै फाइदा पुर्‍याउन थालेपछि तटबन्ध निर्माणमा स्थानीय तहले सहकार्य गर्न थालेका छन्’, उनले भने। बगरमा उखु खेती र बगर खेती गर्न प्रोत्साहित गर्दै आएकाले स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार आएको पाइएको कार्यकारी निर्देशक जैरुले उल्लेख गरे। –रासस

  • मालिका भगवती मन्दिर : पर्यटकीय गन्तव्य बन्दै

    मालिका भगवती मन्दिर : पर्यटकीय गन्तव्य बन्दै

    कर्णाली आफैंमा प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ। त्यसमा पनि जुम्लाको भूगोल प्राकृतिक विविधताले उस्तै सुन्दर छ। यही प्राकृतिक सौन्दर्य तथा विविधताले जुम्ला प्रसिद्ध मानिन्छ। यहाँको प्राकृतिक सुन्दरता र धार्मिक सम्पदाको छुटै मौलिकता छ।

    यही विशेषता र सुन्दरता भएको ठाउँ हो, जुम्लाको चिमारा मालिका। जुम्लास्थित मालिकाबाट जुम्ला जिल्ला मात्रै होइन अन्य छिमेकी जिल्ला र आँखाले भ्याउन नसकिने गरी गगनचुली हिमाल देख्न निहाल्न सकिन्छ।

    यता हेर्‍याे सदरमुकाम टल्किन्छ, उता हेर्‍याे हिमालै हिमाल तल हेर्‍याे हिमा र तिला नदी सुस्केरा हाल्दै बगेको देखिन्छ। चिमारा मालिका जुम्लाको गुठिचौर गाँउपालिकामा-४ अवस्थित छ। मानव बस्तीबाट धेरै माथि, लेकैलेक हिँडेपछि मालिका भगवतीको मन्दिर भेटिन्छ।

    ढुङ्गै–ढुङ्गाद्धारा निर्मित भगवती मन्दिर बाहेक यो क्षेत्रमा अन्य कुनै संरचनाहरू छैनन्। भदौ चतुर्दषीका दिन जुम्लाबासीहरु यहाँ भेला भएर मालिका भगवतीको पूजाआज गर्छन्।

    परम्पराकालदेखि गुठीचौर गाउँपालिका-४ खल्लाबाडाका न्यौपाने परिवारले भगवतीको विशेष पूजा गर्ने गर्छन्। चतुर्दशीका दिनमा भगवतीको लिङ्गा खडा गरिन्छ।

    रातभरी पूजा गरी बिहान झिसमिसेमा नयाँ लिङ्ग राखेर पूजा सम्पन्न गरिन्छ। यहाँबाट जुम्ला जिल्ला मात्र नभएर छिमेकी जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ। जिल्ला सदरमुकाम खलङ्गाबाट यहाँ पुग्न करिब ५ घण्टाभन्दा बढी लाग्ने गर्छ। जिल्लाको सबैभन्दा उच्च भूभाग रहेका कारण यहाँ नेपाल टेलिकम र केही इन्टरनेट प्रदायक संस्थाका टावरहरु छन्।

    सुमन्द्र सतहदेखि करिब ४ हजार मिटर अग्लो स्थानमा पर्छ।चिमारा मालिका। त्यहाँसम्म पुग्नको लागि मोटरबाटो निर्माण भएको छ। तर, बाटो अलि अप्ठ्यारो छ। विभिन्न ठाउँमा खाल्डा खुल्डी भएकाले यात्रा अलि कठिनाइ छ। त्यहाँ पुगेपछि थकान र असहज यात्राको दुःख सबै हरण हुन्छ। मनोरम दृष्यले मनलाई एकाकार बनाईदिन्छ।डाँडामा पुग्ने वितिकै सबै भन्दा पहिले जो कोहिले मन्दिरको दर्शन गर्दछन्।

    मन्दिरको दर्शनपछि समथर मैदानमाथि थरिथरिका बास्नादार फूलहरु र त्यसैमा उम्रिएका हरिया घाँसहरुले मोबाइलमा फोटो खिच्न सकिन्छ। यो क्षेत्रलाई आन्तरिक पर्यटकलाई घुम्न लायक स्थान बनाउन स्थानीय सरकारले बाटो मर्मत तथा मन्दिरको सुरक्षा गर्न लागि परेको छ।

    चिमारा मालिका डाँडामा रहेको भगवतीको मन्दिर ढुङ्गैढुङ्गाले निर्माण गरेको छ। परम्परागत शैलीमा निर्माण भएको मन्दिरमा साउन पूर्णिमाका दिन जिल्लाभरिका भक्तजनहरु पुग्ने स्थान हो। यहीँ ठाउँलाई वडाले अहिले संरक्षण गर्न मन्दिर वरिपरि घेरबारको कार्य अगाडि बढाएको छ।

    स्थानीय सरकारले घेरबार गर्दै मन्दिर र धर्मशाला संरक्षण गर्ने कार्य थालनी गरेको छ। गुठीचौर गाउँपालिका-४ ले चिमारा मालिका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागि परेको छ। मन्दिर घेरबारका लागि वडाध्यक्ष टिकादत्त न्यौपानेले शिलान्यास गरे।

    ६ लाख रकममा १ सय ६१ मिटर घेरबार हुने वडाध्यक्ष न्यौपानेले बताए। चिमारा मालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहिलो चरणमा घेरबार लगाएका छन्।

    भगवती माईको मन्दिर रहेको ठाउँलाई आन्तरिक तथा बाह्य पर्यटकहरु आउने वातावरण निर्माण गर्न खोजिएको छ। चिमारा मालिकासम्म जाने बाटोको अवस्था नाजुक भएकाले वडाको रकमबाट मर्मत गरिँदै छ। चिमारा मालिका मन्दिर घेरबार उपभोक्ता समितिका अध्यक्ष तुलराज अधिकारीले घेरबारले मन्दिर र धर्मशाला सुरक्षित हुने बताए।

    यस्तै,फुलबारीबाट चिमारा डाँडामा रहेको भगवती मन्दिरसम्म जानका लागि रेलिङ्ग सहितको सिडि निर्माणका लागि संघ सरकारमा वडा सरकारले प्रस्ताव गरेको छ।

  • मधुमेह पीडित महिलाभन्दा पुरुषमा यी रोगको जोखिम धेरै!

    मधुमेह पीडित महिलाभन्दा पुरुषमा यी रोगको जोखिम धेरै!

    मधुमेहले पीडित पुरुषहरूलाई लिएर एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। अध्ययनका अनुसार मधुमेहबाट पीडित पुरुषहरूमा महिलाको तुलनामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढी हुन्छ।

    अस्ट्रेलियाको सिडनी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार मधुमेहले मुटु, खुट्टा, मिर्गौला र आँखामा हुने रोगहरू महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ।

    अध्ययनमा २५ हजार ७१३ जनालाई सहभागी गराइएको थियो। जसमा सबैको उमेर ४५ वर्षभन्दा माथि थियो र उनीहरू टाइप १ वा टाइप २ मधुमेहका कारण पीडित थिए। यस अध्ययनको क्रममा मधुमेहका कारण उत्पन्न भएको स्वास्थ्य समस्यामाथि १० वर्षसम्म निगरानी गरिएको थियो।

    अनुसन्धानकर्ताले अध्ययनमा सहभागीमध्ये ४४ प्रतिशत पुरुषमा स्ट्रोक र हार्ट फेलियरसहित कार्डियो भास्कुलर कम्पलिकेशन पाइयो भने ३१ प्रतिशत महिलामा ती रोगको जोखिम देखिएको बताए।

    जर्नल अफ इपिडिमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित सिड्नी विश्वविद्यालयको उक्त अध्ययन अनुसार मधुमेहका कारण पीडित २५ प्रतिशत पुरुषमा खुट्टा सम्बन्धी समस्या देखियो भने १८ प्रतिशत महिलामा सोही समस्या देखियो। जबकी मधुमेहका कारण पीडित ३५ प्रतिशत पुरुषमा मिर्गौला सम्बन्धी समस्या देखियो भने मधुमेहका कारण पीडित २५ प्रतिशत महिलामा सो समस्या देखियो।

    अध्ययनकर्ताका अनुसार मधुमेहका कारण पीडित महिलाको तुलनामा मधुमेहका कारण पीडित पुरुषमा मुटु सम्बन्धी समस्या हुने जोखिमको आशङ्का ५१ प्रतिशत बढी पाइयो।

    त्यस्तै मधुमेहका कारण पीडित ४७ प्रतिशत पुरुषमा खु्ट्टा सम्बन्धी समस्या देखियो। मधुमेहका कारण पीडित महिलामा भने पुरुषको तुलनामा बढी समस्या देखियो। अध्ययन अनुसार मधुमेहका कारण पीडित ५७ प्रतिशत पुरुषमा आँखा सम्बन्धी समस्या देखियो भने मधुमेहका कारण पीडित ६१ प्रतिशत महिलामा सो समस्या देखियो।