Blog

  • सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथाको आरोहण

    सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथाको आरोहण

    सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

    एपिएफको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

    इलाइट एक्सपेड नेपाल एपिएफ एभरेष्ट एक्सपीडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनले यस बीचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका थिए।

    एपिएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको जनाएको छ।

    हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपिएफले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ।

    यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ।

    सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रुपमा समेत सङ्गठनले लिएको छ।

    निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सिमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुगेको थियो।

    सबैभन्दा अग्लो र होचो भू–भागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको बलका प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता थापाले जानकारी दिए।

  • बस्ती पसेको बाघ नियन्त्रणमा

    बस्ती पसेको बाघ नियन्त्रणमा

    चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो।

    बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो। डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखी बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

    प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो। बाघलाई अहिले सौराहामा राखिएको छ।

  • प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

    प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी (Bhagawati Chaudhary) ले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताएकी छन् ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताइन् ।

    मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । ‘जो थिचोमिचोमा परेका छन्, सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन् ।

    यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई-पहाड फास्ट ट्रर्‍याकले छुने पालिकाहरू, सिमाना क्षेत्रका वर्ग, समुदायका उत्पीडित, सीमान्तकृत महिलाहरूलाई कार्यक्रम लक्षित गर्नुपर्ने उनले बताइन्।

    परियोजनाले महिलाको सुरक्षा, सुरक्षित आवास, सेल्टर, अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै उनले अझै पनि महिला हिंसाका घटनाहरूमा तत्काल रेस्पोन्स गर्ने खालको कार्यक्रमहरू अझ बढी आउन आवश्यक रहेको उल्लेख गरिन् । ‘महिला हिंसाका घटनाहरूको तत्काल रेस्पोन्स गर्नुस् । हिंसाका घटनाहरू अझै पनि रोकिएनन्, यसमा अझ बढी संवेदनशील भएर काम गर्नुस्’, उनले भनिन् ।

    विकास साझेदार संस्थाहरूलाई आग्रह गर्दै मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न आग्रह गरिन् । मन्त्री चौधरीले भनिन्, ‘यो परियोजना सञ्चालन भएका पालिकाहरूमा पालिका आफैँले लैङ्गिक हिंसा न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्न सक्छ । पालिकाहरूलाई म त्यसरी जान आग्रह गर्दछु ।’

    विभिन्न प्रलोभनमा पारेर लैङ्गिक हिंसा हुने गरेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण हुनेगरी काम गर्न आग्रह गरिन् । ‘अहिलेको अवस्थामा हरेक जसो ठाउँमा हिंसा हुने गरेको तथ्याङ्क छ । पद दिन्छु । जागिर लगाइदिन्छु विभिन्न प्रलोभनमा पारेर हिंसा हुने गरेको छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसको अन्त्य हुनेगरी यो परियोजनाले काम गरोस् ।’

    गरिबीको रेखामुनि रहेका व्यक्तिको आर्थिक अवस्था माथि उठाउने काम गर्न आग्रह गर्दै उनले परियोजना गएका पालिकाहरूमा महिला हिंसा शून्य पार्ने गरी काम गर्न आग्रह गरिन्।

  • यसरी पक्राउ परे कान्तिपुर अध्यक्ष सिरोहिया (तस्बिरहरु)

    यसरी पक्राउ परे कान्तिपुर अध्यक्ष सिरोहिया (तस्बिरहरु)

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हाे।

    यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

    धनुषा प्रहरीको अनुरोधमा उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुरको थापाथलीमा रहेको मुख्य कार्यालय पुगेको थियो।

    पक्राउ परेपछि सञ्चारकर्मीहरुसंग बोल्दै उनले आफ्नो गिरफ्तार नागरिकता काण्डमा नभएर सहकारी ठगविरुद्ध भएको बताएका छन्।

    उनले भने, ‘मलाई गिरफ्तार गरेको नागरिकता काण्डमा होइन्, सहकारी ठगी सम्बन्धमा आएका समाचारविरुद्ध भएको हो। म अन्तिम समयसम्म पनि प्रेसका लागि लड्ने छु।’

    हेर्नुहोस तस्बिरहरु :

  • ‘अनर म्याजिक सिक्स प्रो’को प्रि-बुकिङ खुला

    सेलट्रोन नेपालले अनर म्याजिक सिक्स प्रो को प्रि-बुकिङ खुला गरेको छ ।

    मंगलबारदेखि सुरु भएको प्रि-बुकिङ ३१ मेसम्म जारी रहने सेलट्रोनले जनाएको छ । आकर्षक उपहारहरू र अफरहरूका साथ प्रि-बुकिङ सुरु भएको यो मोबाइल १२ प्लस ५१२ जिबी भेरियन्टमा बजारमा आउनेछ ।

    अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार उक्त स्मार्टफोनले विश्व रेकर्ड तोड्दै पाँचवटा डिक्सोमार्क गोल्ड लेबलहरु प्राप्त गर्ने पहिलो उद्योग बनेको हो । यसमा एआई–संचालित फाल्कोन क्यामेरा प्रणाली, अनर नानो क्रिस्टल सिल्ड डिस्प्ले, सिलिकन–कार्बन ब्याट्री, एआईमा आधारित म्याजिक ओएस ८।० लगायतका विषेशताहरु रहेका छन् ।

    कम्पनीका अनुसार अनर म्याजिक सिक्स प्रो कालो र एपी ग्रीन गरी दुई रंगमा उपलब्ध हुनेछ । भने, २१ मेमा प्रि–बुकिङ का लागि उपलब्ध हुने र १२ प्लस ५१२ जिबी भेरियन्टमा आउँनेछ ।

  • म अन्तिम समयसम्म पनि लड्ने छु: कैलाश सिरोहिया

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो गिरफ्तारी सरकारी ठगीसम्बन्धमा प्रकाशन भइरहेका समाचारविरुद्ध भएको बताएका छन्।

    पक्राउ परेपछि सञ्चारकर्मीहरुसंग बोल्दै उनले आफ्नो गिरफ्तार नागरिकता काण्डमा नभएर सहकारी ठगविरुद्ध भएको बताएका हुन्।

    उनले भने, ‘मलाई गिरफ्तार गरेको नागरिकता काण्डमा होइन्, सहकारी ठगीसम्बन्धमा आएका समाचारविरुद्ध भएको हो। म अन्तिम समयसम्म पनि प्रेसका लागि लड्ने छु’

  • प्रकाउ परे कान्तिपुर अध्यक्ष सिरोहिया, जनकपुर लैजाने तयारी

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो।

    उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुरको थापाथलीमा रहेको मुख्य कार्यालय पुगेको थियो।

    यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

    सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

    पक्राउ परेपछि सञ्चारकर्मीहरुसंग बोल्दै उनले आफ्नो गिरफ्तार नागरिकता काण्डमा नभएर सहकारी ठगविरुद्ध भएको बताएका छन्।

    उनले भने, ‘मलाई गिरफ्तार गरेको नागरिकता काण्डमा होइन्, सहकारी ठगी सम्बन्धमा आएका समाचारविरुद्ध भएको हो। म अन्तिम समयसम्म पनि प्रेसका लागि लड्ने छु।’

    उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ।

    तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

  • एकै दिन ५० युनिट बीवाईडी ईभी डेलिभरी

    एकै दिन ५० युनिट बीवाईडी ईभी डेलिभरी

    नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । काठमाडौंको गुहेश्वरीमा रहेको र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी उपलब्ध गराइएको थियो । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ ।

    सो अवसरमा रोड साइड असिस्टेन्स ९आरएसए० भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

    ‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड शुशील तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ । आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ ।’

    सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल भएको कम्पनीको दाबी छ ।

  • सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहु आयामिक आवश्यकतालाई एक द्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

    मेला आगामी जेठ १७ गते देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ। नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्ने बताइएको छ।

    मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाको बारेमा जानकारी दिएको हो। सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए। उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्मै पुर्‍याउन सकिनेमा जोड दिए।

    उनका अनुसार मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको छ।

    ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्। त्यस्तै गरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सक्नेछन्।,’ उनले भने।

    मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ। साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

    मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ। मधेश प्रदेशको वीरगन्जमा १९ र २० गते सञ्चालन हुनेछ।

    गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

    मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्यामबर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि स्टल राखिनेछ।

  • कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।

    धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गरिएको हो।

    उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुरको थापाथलीमा रहेको मुख्य कार्यालय पुगेको थियो।

    यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

    जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।