प्रकाउ परे कान्तिपुर अध्यक्ष सिरोहिया, जनकपुर लैजाने तयारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुरको थापाथलीमा रहेको मुख्य कार्यालय पुगेको थियो।

यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

पक्राउ परेपछि सञ्चारकर्मीहरुसंग बोल्दै उनले आफ्नो गिरफ्तार नागरिकता काण्डमा नभएर सहकारी ठगविरुद्ध भएको बताएका छन्।

उनले भने, ‘मलाई गिरफ्तार गरेको नागरिकता काण्डमा होइन्, सहकारी ठगी सम्बन्धमा आएका समाचारविरुद्ध भएको हो। म अन्तिम समयसम्म पनि प्रेसका लागि लड्ने छु।’

उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *