Blog

  • रास्वपाले प्रतिनिधि सभामा आज पनि गर्‍यो वेल घेराउ र नाराबाजी

    रास्वपाले प्रतिनिधि सभामा आज पनि गर्‍यो वेल घेराउ र नाराबाजी

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आइतबार पनि वेल घेराउ र नाराबाजी गरेको छ।

    रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

    रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।

  • अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

    अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

    बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गरे ।

    सांसद अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपति संसद्‍मा आरोप प्रत्यारोप चलेको थियो ।

  • संसदमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आलोचना

    संसदमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आलोचना

     संसदमा आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको आरोप लगाएका छन्।

    यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको बताए। उनले प्रश्न गरे, ‘प्रधानमन्त्री आफैं अनुपस्थित हुँदा उहाँले बजेटको महत्त्व कति बुझेका छन् ? संसदलाई जवाफ नदिने उहाँ जनउत्तरदायी कसरी हुन सक्नुहुन्छ ?’
    सांसद साहले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै भने, ‘उहाँ भन्नुहुन्छ म देशको झोले, तर राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री विदेशीलाई नागरिकता दिने कानुन ल्याउन लागिपर्नुभएको छ।’

  • तातोपानीमा सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

    तातोपानीमा सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

    जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

    आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ तथा आगामी आवको सुझाव सुंकलन कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका ६० वटा वडामध्य तातोपानी-२ ले सुशासन पारदर्शशिता र नागरिकको सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेर एक गतिलो उदाहरण पेश गरेको छ । यस्ता कार्यक्रमको निरन्तरता दिन आबश्यक छ । शनिवार वडा कार्यालयको आयोजना तथा गिडिदह मिडिया प्रा.लीको सहजीकरणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव मीन बहादुर डाँगीले वार्षिक गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गरे । पालिकाबाट वडामा आएको ५० लाख बजेटबाट निर्माण भएका विभिन्न योजनाको भौतिक तथा पुजिगत प्रगतिबारे उल्लेख गरे । खुलाशत्रमा सहभागीहरुले वडाले विगतको तुलनामा जनमैत्री काम गर्ने प्रयास गरिरहेको र अझै प्रभावकारी काम गर्न सुझाव दिए । माग भन्दा पनि आबश्यकतामा आधारित योजना निर्माणमा जोड दिन समेत सहभागीको आग्रह छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विशेषगरी आबश्यकतालाई मध्यनजर गरि कृषि,शिक्षा,पर्यटन र स्वास्थ्यका सवाललाई प्रथामिकता दिएर बजेट ल्याउन सुझाव दिएका छन् । वडाका सबै बस्तिमा सचेतना मुलक संचालन गरि वडाको विकासमा प्रेरित गराउनु पर्नेमा समेत जोड दिएका छन् ।

    खुला सत्रमा उठेका प्रश्न तथा जिज्ञासाको संबोधन गर्दै तातोपानी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाले सिमित स्रोत साधनका बीच नागरिकका सबै खाले आबश्यता पुर्ति गर्नु फलामको चिउरा चपाउनु जस्तै मुस्किल रहेको बताए । उनले भने, नागरिकबाट निकै राम्रा सुझाव आएका छन् । सबै कुराको यसै वर्ष संबोधन नभएपनि अर्को वर्ष अनिवार्य रुपमा संबोधन गर्ने छौ । सकरात्मक सहयोग र रचनात्मक सुझाव दिन जरुरी छ । वडाध्यक्ष बुढा आफ्नो बुद्वि,विवेक क्षामतानुसार वडा पालिकालाई नमुना बनाउन प्रयास गरेपनि गाउँकै बृद्वि जीवि अघि पछि कुरा काट्ने व्यक्तिबाटै सहयोग नपाएको वडाध्यक्ष बुढाको गुनासो छ । रचनात्मक सल्लाह सुझाव कहिले नदिने तर चिया चौतारामा कुरा काट्ने प्रवृत्ति भएकाहरुले सधै सहयोग गरेको उल्लेख गरे ।

    कार्यक्रममा गाउँपालिकाका प्रशासन अधिकृत अंगराज डाँगीले अघिपछि आर्दशका कुरा गर्नेहरु सार्वजनिक सुनुवाईनआएर वडालाई असहयोग गरेको बताए । उनले भने, अघिपछि वडाको विकास र समृद्वीको गफ चुट्नेहरु धेरै देखेको छु । कुरा काट्ने पनि उतिकै छन् । तर सूचना गर्दा पनि सुझाव सल्लाह दिन आउन कन्जुसाई गर्नेहरुबाट समाज रुपान्तरणको आशा गर्न सम्भव छैन् । पालिकाका ८ वटा वडामध्य तातोपानी-२ ले नागरिकको सूचनाको हकको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता कायम गर्न गरेको काम प्रति खुसी व्यक्त गरे । कार्यक्रममा जर्म्मिि,बाबिरा,सुन्दरगाउँ र डाँगीबाडाका स्थानीय नागरिक उपभोक्ताका पदाधिकारी लगायतको सहभागिता थियो । भने सहभागी सबैलाई कार्यक्रममा कार्यपालिका सदस्य सन्तादेवि बुढाले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन् ।

  • सुनको मूल्यमा वृद्धि, चाँदी सस्तो

    सुनको मूल्यमा वृद्धि, चाँदी सस्तो

     विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।

    शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ ।

    शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सिमकोटमा सात किसानलाई चौरीगाई वितरण

    सिमकोटमा सात किसानलाई चौरीगाई वितरण

    हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौँरीगाई वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक सहयोगमा सो किसानलाई १४ वटा चौँरीगाई वितरण गरिएको हो ।

    शनिबार बिहान सिमकोट गाउँपालिका–८ का सात जना किसानलाई प्रतिकृषक दुई÷दुई वटाका दरले चौँरीगाई वितरण गरेको पशु शाखामा कार्यरत विष्णु बुमीले बताए । किसानलाई वितरण गरिएका चौँरीगाई उत्तरी नाम्खा गाउँपालिका–३ को लुयटा खर्कमा पशुपालक कृषक रहेकै ठाउँमा पुगेर वितरण गरिएको हो । चौँरी पाउने कृषकमा सिमकोट–८ स्याडागाउँका मानबहादुर बुढा, वीरबहादुर बुढा, भक्तवीर दमाईं, भैबहादुर बुढा, रत्न बुढा, देवबहादुर बोहोरा र जनकबहादुर शाही रहेका छन् । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा किसानलाई चौँरीगाई वितरण गर्नुअघि चौँरीगाई प्राप्त गर्ने किसानलाई दुई दिने तालिमसमेत दिएको थियो । उक्त तालिममा किसानलाई चौँरीगाई पाल्ने तरिका, औषधी उपचार गर्ने विधि, घाँसको व्यवस्थापन, पोषण युक्त खाने कुरा खुवाउने जस्ता विषयमा तालिम दिएको वुमीको भनाइ छ ।

    याक प्रवर्धनका लागि याक वितरण गरिएको र हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–८ मा याकपालनका लागि राम्रो वातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि पनि उक्त याक वितरण गरिएको सिमकोट गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत वर्षबहादुर फडेराले बताए । किसान चौँरी दिनुअघि तालिम दिएर गाउँपालिकाले उनिहरूलाई अनुदानस्वरूप वितरण गरिएको हो ।

  • सुर्खेतमा जडिबुटीसहित गाडी नियन्त्रणमा

    सुर्खेतमा जडिबुटीसहित गाडी नियन्त्रणमा

     अवैध जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरीले ३५ बोरा अवैध रुपमा ओसारपोसार गर्न लागिएको जडिबुटी नियन्त्रणमा लिएको हो ।

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बसपार्कबाट भे. १ च. ३५९२ नं. को गाडीबाट प्रहरीले ३५ बोरामा दुई क्वीन्टल ९१ किलो १०० ग्राम अवैध जडिबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जुम्लारोडबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी शङ्का लागेर जाँच गर्दा बिना पूर्जी बिल बिजकको झ्याउजस्तो देखिने अवैध जडिबुटी फेला पारी नियन्त्रणमा लिइको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।

    बिल भर्पाइमा सिन्की, गुन्द्रुक खुल्न आएको भएपनि जडिबुटी भेटिएपछि चालकसहित गाडी नियन्त्रणमा लिएको उनले जानकारी दिए । प्रवक्ता बुढथापामा अनुसार गाडी चालक प्यूठान जिल्लाका ३५ वर्षका सुमन घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको छ ।

  • सुर्खेतमा ट्याक्टर दुर्घटना: २ मृत, ९ घाइते

    सुर्खेतमा ट्याक्टर दुर्घटना: २ मृत, ९ घाइते

     सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने नौ जना घाइते भएका छन् ।

    शनिबार राती चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना परि पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    ट्याक्टरमा चालकसहित ११ जना सवार रहेको ट्याक्टर दुर्घटनामा परेको दुई जनाको मृत्यु भएको र तीमध्ये तीन जना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले  बताए । उनले बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको बताए ।