
क्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।



क्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।



जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए।
नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरीले बताए ।


प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् ।
उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको बताए । उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने रु भन्दै प्रश्न गरे ।
उनले भने ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूची आउँछ । फेरि कार्यसूची हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जबाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो । मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो । नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँ सम्मको अन्याय हो यो ।’
उनले बजेटको कितव नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरे ।


प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् ।
“दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।”
यसअघि ओली नेतृत्वको सरकारले दैलेख सहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।


सल्यान जिल्लाको शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
१७ औँ अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् । उनले स्थानीय तहका सरकारलाई जनताको चुलोको सरकार भएको बताएका छन् । उनले सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारसँग जनताका गुनासो धेरै आउने गरेको बताए । उनका अनुसार ‘प्राविधिकले एउटा घरको पाँच करोडको स्टिमेट गर्छन्, पाँच करोडको टेन्डर खुल्छ तर ठेक्का दुई करोडमा लाग्छ, कम बजेटका कारण काम अलपत्र पर्छ, नीति बनाउने नेता, कर्मचारी र ठेकेदारकै कारण विकासमा समस्या देखिन्छ । हरेक कामको थालनी गर्दा आफ्नै कार्यकालमा सक्ने गरी योजना अघि बढाउनु पर्छ, विकासको लहर त चलिरहेको छ तर सबै पक्षलाई समेटेर सन्तुष्ट बनाउन चुनौती छ, सकेसम्म सबैलाई समेट्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य लक्ष्मी सुनारले तिनै तहका सरकारले जनताको आवश्यकतालाई ध्यान दिएर योजना कार्यक्रम नीति बनाउनुपर्ने बताए । उनले भने, पछाडि पारिएका वर्ग, समुदाय र लिगलाई विकासका मूलधारमा ल्याउनु पर्छ ।
शारदा नगरपालिकाको १७ औँ अधिवेशनमा आगामी आव २०८२÷८३ का लागि नीति तथा कार्यक्रम नगरप्रमुख प्रकाश भण्डारीले आत्मनिर्भर शारदा निर्माणको उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धनलगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन लक्षित गरी कृषि विकास रणनीतिक योजना (२०८१÷८५) अनुसार उन्नत बिउ वितरण, कृषक तालिम, माटो परीक्षण प्रयोगशाला स्थापना, मल आपूर्ति र उच्च मूल्यका बाली प्रवर्धन गरिने जनाएको छ । बेरोजगार युवा, महिला र विपन्न वर्गका लागि सिप विकास तालिम, स्वरोजगार प्रोत्साहन तथा लघु उद्यम प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने भनिएको छ । मेयर उत्कृष्ट कृषक पुरस्कार स्थापना गरी उद्यमशीलता र रोजगार सिर्जनामा जोड दिइने छ ।


जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिला हालसम्म पनि घरमै सुत्केरी हुँदै आएका छन् ।
अन्धविश्वास गाउँका महिला अझै घरमै सुत्केरी गराउने गरेका हुन् । वडा नं. ३ को लौठचौरनजिकै बर्थिङ सेन्टर हुँदा पनि महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । बर्थिङ सेन्टरमा गर्भ परीक्षण गर्न आउने गरे पनि बच्चा भने घरमै जन्माउने गरेको वडाध्यक्ष गोविन्द रावतले बताए । अन्धविश्वास र धामीझाँक्रीका कारणले हुरी र महरी गाउँका महिलाले घरमै बच्चा जन्माउने गरेको अनमी दुबा बुढाले बताइन् । जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेको उनको भनाइ छ । यो वर्ष हुरी गाउँका दुई जना महिलाबाहेक अरू सबै महिलाले घरमै बच्चा जन्माएका छन् ।
छुम र चौरगाउँका महिला बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउँछन् तर हुरी र महरी गाउँका महिला घरमै बच्चा जन्माउने गरेका छन् । हुरीमा ७८ र महरीमा ५० घरधुरी रहेको वडाध्यक्ष गोविन्द रावतले बताए । हुरी र महरी गाउँबाट बर्थिङ सेन्टरसम्म आउन करिब दुई घण्टाको समय लाग्ने उनको भनाइ छ । महरीगाउँका शतप्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन् । बर्थिङ सेन्टरमा सुत्केरी हुँदा प्रोत्साहनबापत हिमाली जिल्लामा यातायातबापत तीन हजार र आठ पटक नियमित गर्भजाँच गराउँदा आठ सय रुपियाँ सरकारले दिने गरेको छ । सहज बाटो र बर्थिङ सेन्टरसम्म सुत्केरी बोकेर ल्याउने जनशक्तिको अभावमा घरमै बच्चा जन्माउने गरेको अनमी बुढाले बताइन् । व्यथा लाग्दा गाउँकै महिलाले घरमै बोलाएर सुत्केरी गराउने प्रचलन कायम छ । उनले भनिन्, स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउँदाका फाइदाका बारेमा जानकारी दिएका छौँ, अन्धविश्वासले गर्दा आउन मान्दैनन् । घरमै सुत्केरी गर्दा ज्यान जोखिममा पर्ने, सुत्केरीको सङ्क्रमण हुने, शिशुको मृत्यु जस्ता जोखिम हुन सक्ने उनको भनाइ छ ।
स्वास्थ्यकर्मीको निगरानी नहुँदा रक्तस्राव हुने र नवजात शिशुको मृत्यु जस्ता जटिल समस्या देखा पर्न सक्ने उनले बताइन् । स्वास्थ्य संस्थामा पुग्नु साटो धामीझाँक्रीको भर पर्ने चलन अझै कायम छ । वडाध्यक्ष रावतले अन्धविश्वास हटाउन अभियान चलाउनुपर्ने, धामीझाँक्रीलाई प्रशिक्षण दिई स्वास्थ्यसँग सहकार्य गर्न उत्प्रेरित गर्न सकिने बताए ।


सल्यान जिल्लाको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको छ । दुई दिन सम्म सञ्चालन भएको नगरसभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो ।
नगर उपप्रमुख सुस्मिता सापकोटाले सिमित स्रोत साधन, आन्तरिक आयको कमीका बावजुद पनि नीति कार्यक्रम उल्लेख गरिएका कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्धन लगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट ल्याएको बताइन् । उनका अनुसार आगामी वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँट ११ करोड १५ लाख ५२ हजार, शसर्त अनुदान ६७ करोड ३६ लाख ४४ हजार, समपुरक अनुदान ८७ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख ४६ हजार, शसर्त अनुदान नौ करोड ८४ लाख २६ हजार, समपुरक अनुदान एक करोड, सामाजिक सुरक्षा भत्ता १३ करोड ५० लाख र आन्तरिक आय दुई करोड रुपियाँ स्रोतको रूपमा उल्लेख गरिएको छ । विनियोजनको पक्षमा हेर्दा पूर्वाधार विकासमा सबैभन्दा ठुलो ५३ करोड ९६ लाख ७३ हजार रुपियाँ छुट्याइएको छ । त्यसपछि सामाजिक विकासतर्फ ४५ करोड ४४ लाख ५८ हजार, आर्थिक विकासमा चार करोड ५० लाख एक हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६५ लाख र संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड ४२ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा पाँच करोड ८९ लाख ३८ हजार, कृषि विकासमा ५८ लाख २० हजार, पशुपालन सेवामा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २० लाख, खानेपानी तथा सरसफाइतर्फ ४६ करोड २४ लाख ७३ हजार, वन तथा वातावरणमा ३५ लाख, सहकारी तथा संघसंस्थामा १० लाख र विपद् व्यवस्थापनमा ३० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी, सूचना प्रविधिमा ४० लाख, अध्ययन तथा अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोसेली कार्यक्रममा पाँच लाख, कार्यालय सञ्चालनमा पाँच करोड, कर्मचारी पारिश्रमिक तथा सुविधामा सात करोड ४४ लाख, पदाधिकारी सेवा सुविधा एक करोड ३० लाख, नगर प्रहरी एक करोड पाँच लाख, वडागत पूँजीगत तीन करोड, वडागत चालु खर्च ६९ लाख र रोजगार परियोजनामा दुई करोड ४४ लाख ३१ हजार रुपियाँ विनियोजन गरिएको छ ।
यस्तै, सवारी साधन खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र क्रमागत योजनामा ८७ लाख रुपियाँ विनियोजन गरिएको छ । नगर प्रमुख प्रकाश भण्डारीको अनुसार यसपटकको बजेट नगरपालिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठुलो हो । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपियाँको बजेट विनियोजन गरिएको थियो । शारदा नगरपालिकाको १७औ अधिवेशनको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका हुन् ।


आज २ करोड ९४ लाख कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ । पञ्चकन्या माई हाइड्रोपावरमा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
बुटवल पावर कम्पनीको ५८ करोड ०९ लाख, सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड १७ लाख, राधि विद्युतको ३५ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


हेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।
तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
