Blog

  • अख्तियारको उजुरीको डरले विकास कार्य प्रभावित

    अख्तियारको उजुरीको डरले विकास कार्य प्रभावित

    दैलेख जिल्लाका जनप्रतिनिधिले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका निकायमा कार्यरत कर्मचारीले जोखिम मोल्न नचाहेका कारण विकासनिर्माणमा बाधा पर्ने गरेको बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालयले मङ्गलबार दैलेखमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन विषयक जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्ने अधिकांश जनप्रतिनिधिले काम गर्दैगर्दा अख्तियारमा उजुरी पर्ने र कर्मचारीले जोखिम मोल्न नचाहेका कारण आयोजनाको काम प्रभावित पर्ने गरेको बताएका छन् । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले स्थानीय तहमा रिसइबीका कारण अख्तियारमा उजुरी पर्ने र अख्तियारबाट पत्र पठाएपछि काम रोक्नुपर्ने बाध्यता रहेको बताए । उनले स्थानीय सरकारले काम गर्न खोज्दा पहिला नै अख्तियारमा उजुरी पर्ने र त्यसपछि कर्मचारीले नै जोखिम मोल्न नचाहने समस्याका कारण स्थानीय तहमा विकासका काममा ओझेल पर्ने गरेको बताए ।

    भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले राम्रा काम गरौँ भनेर योजना तथा बजेट विनियोजन गरेको भए पनि कतिपय योजनाका विषयमा अख्तियारमा उजुरी दिने समस्याले स्थानीय तहमा समस्या हुने गरेको बताए । अख्तियारमा उजुरी परेपछि त्यसको टुङ्गो नलागेसम्म काम नगर्ने कर्मचारीको अडानका कारण स्थानीय तह समस्यामा छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई कस्तो उजुरी हो त्यसले पछि आफूलाई समस्या पार्छ÷पार्दैन भन्ने कुरा जानकारी गराउनुपर्नेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले तीन तहका सरकारबाट हुने काममा विभिन्न अनुदान वितरण, करार कर्मचारीका विषय, प्राकृतिक स्रोतसाधन दोहन, सार्वजनिक क्षेत्र अतिक्रमण, राहत वितरण, तालिम, गोष्ठी जस्ता काम, डिपिआर निर्माण, हाइटेक नर्सरी निर्माणलगायतका काममा अख्तियारमा उजुरी पर्ने गरेको बताए । उनले कुनै योजनाको काम सम्पन नहुँदै भुक्तानी दिने समस्याले स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै गएको जानकारी दिए ।

    निर्वाचित जनप्रतिनिधिले नीति, नियम र कानुन अनुसार काम गरेको खण्डमा अख्तियारमा उजुरी पर्दैमा समस्या नहुने उनले स्पष्ट पारे । अनुसन्धान प्रक्रियाका लागि रकम भुक्तानी रोक्नु भनेर पत्र नआएसम्म विकासका काममा कुनै पनि समस्या नमानेर काम गर्न र सम्बन्धित निकायलाई भुक्तानी प्रक्रियाका विषय अगाडि बढाउने विषयमा कहीँकतै अवरोध नहुने पनि उनको भनाइ छ । हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दैलेखका ३३३ उजुरी परेका छन् । तीमध्ये २१९ उजुरी फस्र्योट भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

  • अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

    अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

    सल्यान जिल्लामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित भएका छन् ।

    बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो । १४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिए । दिवसकै अवसरमा खुला नाटक, निबन्ध लेखन प्रतियोगिता समेत सम्पन्न भएको छ । निबन्ध प्रतियोगितामा मञ्जु विक पहिलो, सावित्री विक दोस्रो र रेणु सेर्पाइली तेस्रो भएकि थिइन् । उनिहरूलाई क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको इकाई प्रमुख वलीले जनाए । यस्तै नाटक प्रतियोगितामा पहिलो हुने ब्लुडाईमण्ड बोर्डिङ स्कुल, दोस्रो हुने चेतनशील आमा समूह र तेस्रो हुने जनचेतना स्वास्थ्य आमा समूहलाई पनि क्रमशः तीन हजार पाँच सय , तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको उनको भनाई छ ।

    कपुरकोट गाउँपालिकाको आयोजना तथा आइएम स्विस डेभलपमेन्ट र दलित विकास समाज सल्यानको सहकार्यमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान जातीय छुवाछुतजस्ता विभेदकारी अभ्यास अन्त्य गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले बोल्दै छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहले सकारात्मक भूमिका खेल्ने भन्दै अन्तरजातीय विवाह गर्ने युवाहरूले नयाँ सामाजिक चेतना फैलाएको बताएका थिए । सम्मानित भएका जोडीहरूले यस प्रकारको सम्मान पाउँदा आत्मबल बढेको र समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको महसुस भएको बताएका थिए । कार्यक्रममा महिला, दलित, जनजाति तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

  • यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम

    यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम

    कर्णाली सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ । बुधबार कर्णाली प्रदेशसमाभा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न लागिएको घोषणा गरेका हुन् ।


    संघीयतापछि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने भन्ने विषयमा अन्योल रहँदै आएको
    छ । यसअघिका नीति तथा कार्यक्रममा पनि यो विषय समावेश हुँदै आएको
    थियो । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा आगामी वर्षबाट अस्पताललाई प्रतिष्ठानका रूपमा स्तरोन्नतिको कार्य शुभारम्भ हुने प्रदेश प्रमुख मियाँले बताए ।
    यस्तै, सुर्खेत मेडिकल कलेज स्थापनाका लागि संघीय सरकारसँग समन्वयसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइने प्रदेश सरकारले जनाएको छ । नीति, कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले समृद्ध कर्णालीः सुखारी कर्णालीवासीुको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित रहने बताए ।
    प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमूलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने उनले बताए ।
    प्रदेश सरकारले आगामी वर्षबाट कर्णालीमा उत्पादन हुने स्याउको विकासका लागि छुट्टै स्याउ विकास बोर्ड स्थापना गर्ने भएको छ । उक्त अधिकारसम्पन्न बोर्डले स्याउ खेतीको सम्भावना अध्ययनदेखि भण्डारण र बजारीकरणमा काम गर्ने जनाइएको छ । आगामी वर्षबाट कर्णालीको बुटी, जडीबुटी भन्ने मूल ध्येयका साथ कर्णालीका जडीबुटी पाइने लेक तथा पाटन संरक्षण गर्ने नीति लिइने प्रदेश सरकारले भनेको छ ।
    आगामी वर्ष प्रदेश सरकारले कृषि रणनीतिक आयोजना कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यन्त्रीकरण र विविधीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर र निर्यातमा प्रोत्साहन गर्ने नीति लिने जनाएको छ, जसअन्तर्गत पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने किसानलाई कर्जामा ब्याज अनुदान दिइने र दुई हेक्टरभन्दा बढी जग्गामा खेती गर्ने कृषक सहकारी र समूहलाई पनि अनुदान दिइने प्रदेश प्रमुख मियाँले बताए । बाह्रैमास सिँचाइ पुग्ने प्रणालीको विकास गरिने उनले बताए ।
    यस्तै, कर्णालीका ठूला परियोजना भेरी कोरिडोर, कर्णाली कोरिडोर र सुर्खेत विमानस्थल विस्तारमा संघीय सरकारलाई गरिँदै आएको अनुरोधले सार्थकता पाउँदै बजेटमा वृद्धि भएको बताए । कर्णालीमा कार्यान्वयन भइरहेको भेरी–बबई डाइभर्सन परियोजनाबाट प्राप्त रोयल्टीको पहिलो हक कर्णालीले लिने गरी नीति तय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
    प्रदेश सरकारले जाजरकोट भूकम्पपछि क्षति पुगेका पुनर्निर्माण गर्न बाँकी शिक्षा र स्वास्थ्यलगायतका सार्वजनिक तथा निजी आवासीय भवनको पुनर्निर्माणमा तीव्रता दिइने जनाइएको छ । यस्तै, भूकम्प प्रभावित क्षेत्रका युवाहरूलाई उद्यममा जोड्न सहुलियतपूर्ण कर्जालगायतका प्रोत्साहनजन्य कार्यक्रम अघि सारिने उनले बताए । अन्तरप्रदेश सडक सञ्जालअन्तर्गत सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्षमा कर्णालीलाई टुइनमुक्त बनाइने दाबी प्रदेश सरकारको छ । यस्तै, कर्णालीका स्थानीय तहका केन्द्रलाई जोड्न सुविधासम्पन्न सडक सञ्जालसँग जोड्न प्रदेश सडक गुरुयोजनाअन्तर्गत काम गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ ।


    आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पूर्वाधारलाई पूर्णता दिइने प्रदेश सरकारले जनाएको छ, जसअन्तर्गत कर्णालीमा सबै खेलहरू सञ्चालन गर्न सकिने गरी मागका आधारमा खेलपूर्वाधार निर्माण गरिने सरकारको दाबी छ । कर्णालीको खेल विकासमा पाँच ‘प’ (पूर्वाधार, प्रतियोगिता, पुरस्कार, प्रतिभा छनोट तथा प्रशिक्षण) को अवधारणा अवलम्बन गरिने प्रदेश सरकारको दाबी छ ।यस्तै, प्रदेशमा २० मेगावाटसम्मका जलविद्युत् आयोजनाको उत्पादन सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँगको सह–लगानीमा निर्माण गर्ने नीति लिइने जनाइएको छ । स्थानीय पूर्वाधार विकासका अतिरिक्त सीप तथा उद्यम विकासका कार्यक्रममार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना हुने गरी पुनर्संरचना गरिनेछ । यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय पूर्वाधार विकासका अतिरिक्त सीप तथा उद्यम विकासका कार्यक्रममार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना हुने गरी पुनर्संरचना गरिने प्रदेश सरकारको दाबी छ ।

  • गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन : मन्त्री गुरुङ

    गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन : मन्त्री गुरुङ

     सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

    आज सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

    उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरूबिच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने बताए ।

  • जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा

    जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा

     नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका
    छन् ।

    आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताए । यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेकामा उनले जोड दिए ।

    सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा व्यक्त गरे ।

    सो अवसरमा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालमा नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाएर कोइलाजस्ता जीवाष्म ऊर्जाको प्रयोग बन्द गर्न सबैको पहल आवश्यक रहेकामा जोड दिइन् ।

  • सेयर बजारमा ११.९७ अंकको गिरावट

    सेयर बजारमा ११.९७ अंकको गिरावट

    sharethis sharing button
     साता कारोबारको चौथो दिनर शेयर बजार ११.९७ अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशतले घटेर २६४६.९५ को बिन्दुमा कायम भएको छ ।

    बुधबार कारोबार भएका विभिन्न क्षेत्रका ६६ कम्पनीहरुको शेयरमूल्य वृद्धी भएको छ । आज ओम मेगा श्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै, सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ८.२९ प्रतिशत, सनराइज फोकस्ड फण्डको ४.६३ प्रतिशत, बाराही हाइड्रोपावरको ४.५४ प्रतिशत, अरुण काबेली पावरको ३.७० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

  • आज पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

    आज पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

     प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो ।

    आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

    सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट गृहमन्त्री लेखकले यो प्रकरणबारे संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन् ।

  • “जाजरकोटमा पशु सेवा कार्यालय विस्थापित”

    “जाजरकोटमा पशु सेवा कार्यालय विस्थापित”

    जाजरकोट जिल्लाकाे पशु अस्पताल तथा पशु सेवा कार्यालयको भौतिक संरचना छ वर्षदेखि सशस्त्र प्रहरीको प्रयोगमा छ । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि सशस्त्र प्रहरीको काँडेतारभित्रै तीनकोठे कच्ची घरमा पशु सेवा कार्यालय खुम्चिएर बस्नु परेको छ ।

    प्रहरीले संरचनासहित जग्गा कब्जा गरेपछि कच्ची घरबाट सेवा दिँदै आएको उक्त कार्यालय भूकम्पपछि भाडाको घरमा सरेको छ । सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा रहेको सात रोपनी जमिनमा पाँच वटा भवन छन् । सबै सशस्त्र प्रहरीले प्रयोग गरेपछि बाँकी एउटा भवनमा गुम्सिएर बस्नु परेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । उनले उक्त भवन पनि २०८० कात्तिक १७ मा आएको भूकम्पले जीर्ण बनाएको जानकारी दिए । आफ्नो भवनमा सशस्त्र प्रहरी बसेका कारण भाडाको घरबाट प्रशासनिक काम हुने गरेको उनले बताए । उनले भने, प्रशासनिक काम भाडाको घरबाट हुँदै आएको छ, अरू औषधी उपचारको काम यहीँबाट हुन्छ तर काम गर्न निकै समस्या बनाएको छ । केही प्रयोग भएको औषधी डिस्पोज गर्नु पर्‍यो भने डिस्पोज गर्ने ठाउँ छैन । प्रमुख उपाध्यायले प्रशासनलाई बारम्बार हटाउन आग्रह गर्दा पनि कुनै चासो नदिएको गुनासो गरे।

    सङ्घीय संरचना अन्तर्गत कार्यालयको पुनर्संरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर रुकुम पश्चिमस्थित पशुपन्छी विज्ञ केन्द्रमा गाभिएको थियो । सम्पर्क कार्यालयका नाममा केही कामकाज भने सोही कार्यालयबाट भइरहेको थियो । २०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्‍यो । सशस्त्रलाई तत्कालीन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा जिल्ला पशु सेवा कार्यालयमा राख्ने निर्णय गरिएपछि २०७६ साल असारदेखि सशस्त्र प्रहरी बस्न थालेको हो । स्थानीयको दबाबका कारण पशु चिकित्सकको दरबन्दीसहित २०७६ साल साउनदेखि पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना भयो । सशस्त्रको कार्यालय स्थापना भइसकेको र पशु अस्पताल तथा पशु सेवा कार्यालयको पनि आफ्नै भवन भएकाले सँगसँगै बस्दै आएको छ । सुरक्षा पोस्टभित्र कार्यालय भएकाले सेवाग्राही र कर्मचारी दुवैलाई समस्या भएको छ ।

    यता कर्णाली प्रदेशको प्रदेश मामिला समितिले पशु अस्पताल तथा पशु सेवा कार्यालयको भौतिक संरचनामा सशस्त्र प्रहरी बलको कार्यालय भएकाले काम गर्न असहज भएको भन्दै त्यसलाई अलग्गै राख्न कर्णाली सरकारलाई निर्देशन दिएको छ । दुई कार्यालय एकै ठाउँमा सञ्चालन हुँदा समस्या उत्पन्न भएकाले उक्त समस्या हल गर्न ती कार्यालयलाई अलग अलग स्थानमा सञ्चालन गर्ने प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउन पहल गर्न प्रदेश सरकारलाई निर्देशन गरिएको कर्णाली प्रदेशको प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

  • सामग्री अभावले सल्यानको थारमारे–चौरजहारी सडक निर्माण ठप्प

    सामग्री अभावले सल्यानको थारमारे–चौरजहारी सडक निर्माण ठप्प

    सल्यान जिल्लामा निर्माण सामग्रीको अभावका कारण थारमारे–मौलाहाले–बडागाउँ हुँदै चौरजहारी जोड्ने सडक स्तरोन्नतिको काम एक महिनादेखि पूर्ण रूपमा ठप्प भएको छ।

    धुलिखेल अप्लाइट जेभी सिन्धुपाल्चोकले जिम्मा लिएको यो १० किलोमिटर लामो सडक खण्डको निर्माण कार्य बैशाखको पहिलो सातादेखि रोकिएको हो। कम्पनीले वडागाउँ–रागेचौर खण्डमा १३ करोड रुपैयाँको लागतमा कालोपत्रेसहितको सडक निर्माण गर्न लागेको हो। सम्झौता अनुसार काम असार मसान्तसम्म सकिनुपर्ने भए पनि हाल निर्माण सामग्री नपाएकाले काम रोकिएको निर्माण कम्पनीले जनाएको छ।

    साइट इन्चार्ज मुकुन्दराज तिवारीका अनुसार, धेरैजसो ठाउँमा सबबेसको काम सकिएको छ र अब बेस बिछ्याउने चरणमा पुगेको थियो। तर, निर्माण सामग्री उत्पादन गर्ने बागचौर नगरपालिका–३, चौरपानीस्थित क्रसर उद्योग बन्द भएपछि बाँकी काम अघि बढ्न नसकेको उनको भनाइ छ।

    क्रसर उद्योग सञ्चालनमा रोक लगाउने निर्णय सव–डिभिजन वन कार्यालय थारमारे र बागचौर नगरपालिकाले गरेका हुन्। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) बिना उत्खनन गरिएको भन्दै उद्योग बन्द गरिएको हो। समन्वयको अभाव र कानुनी प्रक्रिया नपुगेका कारण निर्माण कम्पनीको काम एक महिनादेखि अवरुद्ध भएको हो।

    काम रोकिएपछि मजदुरहरू घर फर्काइएका छन् भने निर्माण उपकरणहरू साइटमै थन्किएका छन्। पूर्वाधार विकास कार्यालय सल्यानका इञ्जिनियर तथा सूचना अधिकारी सिद्धार्थ मिश्रले सम्झौताअनुसार काम सकिने सम्भावना न्यून भएको बताएका छन्। उनले भने, “आर्थिक वर्षको अन्त्य नजिकिँदैछ, वर्षा सुरु भइसकेको छ, यस्तो अवस्थामा समयमै काम सक्न कठिन छ।”

    बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनीले थारमारे–चौरपानीबीचको बाँकी काम नगरेको भन्दै कार्यपालिकाले सो क्षेत्रको काम समेत सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले काम नगरी क्रसर सञ्चालनको अनुमति दिन सक्दैन।

    राप्ती राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डको निर्माण रोकिनु दुःखद भएको कुमाख गाउँपालिका–६ का वडा अध्यक्ष कर्णबहादुर विकले बताए। उनले सडक निर्माण छिटो सम्पन्न गर्न सबै सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने बताए।

  • सुष्मा हमाल अभावबीच उज्यालो सपना देख्दै

    सुष्मा हमाल अभावबीच उज्यालो सपना देख्दै

     उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी छिन् । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम छैनिन् उनि ।

    हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उनि अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उनलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुँदैन । मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवालाई । बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उनका भाइबहिनीको स्याहार गर्दै आएकि छिन् । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्किएका छैनन् ।

    निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उनि फरक धारणा र प्रस्ताव प्रस्तुत गर्छिन् । अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएकि छिन् । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो । सम्मेलनमा उनले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गरिन् । कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उनले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाइन् । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।