Blog

  • डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो

    डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो

      एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा  जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिब एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो।

    यो सुविधा बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्। सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

    यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्। साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

  • आन्दोलन रोकेमात्र राप्रपा नेताले सुरक्षाकर्मी पाउँछन् : गृहमन्त्री लेखक

    आन्दोलन रोकेमात्र राप्रपा नेताले सुरक्षाकर्मी पाउँछन् : गृहमन्त्री लेखक

     गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी पाउने बताएका छन् ।

    आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको जिकिर गरे । पीएसओ खोसिएको विषयमा आज समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

    “सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटना भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ,” गृहमन्त्रीले सांसद तामाङलाई जवाफमा भने ।

    गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने पनि बताए । “संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो । गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ,” गृहमन्त्री लेखकले भने ।

  • दीपा शाहीलाई ‘उत्कृष्ट महिला मोडेल

    दीपा शाहीलाई ‘उत्कृष्ट महिला मोडेल

     रुकुम पश्चिमको आठबिसबोट निवासी मोडेल दीपा शाहीले ‘उत्कृष्ट महिला मोडेल’ अवार्ड पाएकि छिन् ।

    साधना म्युजिक क्रिएशनको प्रस्तुति “पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) – २०८१” मा मोडेल शाहीलाई ‘उत्कृष्ट महिला मोडेल’ को अवार्ड प्रदान गरिएको हो। समीक्षा अधिकारीको स्वरमा सजिएको लोकप्रिय गीत ‘कस्ती थियौ, कस्ती भयौ’ मा प्रभावशाली अभिनय प्रस्तुत गरेपछि शाहीले यो सम्मान हात पारेकि हुन्। चलचित्र विकास बोर्डमा आयोजित भव्य कार्यक्रममा आकर्षक सुटमा ग्ल्यामरस अवतारमा देखिएकी शाहीको गीतको भाव, अभिनय र प्रस्तुतीकरणमा उनले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको आयोजकले जानकारी दिएको छ।

    उक्त कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो। संगीतकर्मी, गायक गायिका, मोडेल, निर्देशक लगायतका प्रतिभाहरू सम्मानित भएका थिए । पुरस्कार ग्रहणपछि शाहीले यो सम्मानले म अझ प्रेरित भएको बताइन् । समीक्षा अधिकारी जस्तै प्रतिभाशाली गायिकाको गीतमा काम गर्न पाउनु गर्वको कुरा भएको उनको भनाई छ ।

  • डोल्पामा अध्यक्ष बोहरा

    डोल्पामा अध्यक्ष बोहरा

    महिला उद्यमी महासंघ नेपाल डोल्पा शाखाको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली र उपाध्यक्ष बसन्ती प्रधानको उपस्थितिमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

    नयाँ कार्यसमितिमा मन कुमारी बोहरा अध्यक्षमा चयन भएकी छन्। उपाध्यक्षमा पुर्णिमा बुढा, महासचिवमा कमला बुढा, सचिवमा जय बोहोरा, कोषाध्यक्षमा सिद्धकुमारी सार्की रहेकी छन्। यस्तै, सदस्यहरूमा करुणा हमाल, नौरती बोहोरा, बिष्णु शाही, लक्ष्मी बोहोरा, नन्दा विश्वकर्मा र राधिका बुढा रहेकी छन्।

    कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारीहरूले केन्द्रीय अध्यक्ष ज्ञवाली समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। केही वर्षअघि तदर्थ समितिका रूपमा गठन गरिएको डोल्पा शाखालाई केन्द्रीय टोलीले स्थानीय तहमै पुगेर औपचारिक रूपमा पुनः घोषणा गरेको हो।

  • अर्ग्यानिकमै गएर आत्मनिर्भर हुने अवस्था छैन: विनोदकुमार शाह

    अर्ग्यानिकमै गएर आत्मनिर्भर हुने अवस्था छैन: विनोदकुमार शाह

    अर्ग्यानिकमै गएर आत्मनिर्भर हुने अवस्था छैन

    कर्णाली प्रदेशमा अर्ग्यानिक प्रदेश बनाउने नीति र योजना पहिल्यै बने पनि त्यसको कार्यान्वयनमा ठूलो चुनौती रहेको प्रदेश सरकारका वरिष्ठ कृषि अधिकारी विनोदकुमार शाहले बताएका छन्। उनका अनुसार नीति, कार्यविधि र लक्ष्य तय गरिए पनि त्यसअनुसारको साधन ,साेत र दक्ष जनशक्ति अभावले कार्यक्रमहरू जमीनी स्तरमा प्रभावकारी बन्न सकेका छैनन्।

    उनले भने, “अहिलेको अवस्थामा कर्णालीलाई अर्ग्यानिक घोषणा गर्न सकिने अवस्था छैन। विकल्प बिना केमिकल मल बन्द गरियो भने किसान संकटमा पर्छन्। रासायनिक मलको सट्टामा वैकल्पिक सहयोग चाहिन्छ, जस्तै अनुदान वा नगद सहायता।”

    शाहका अनुसार कर्णाली प्रदेशले विषादी परीक्षण प्रयोगशालाहरू निर्माण गरेको छ र जैविक मल उत्पादनमा सहुलियत दिएको छ, तर बजेट अभावले ठुला पुवाधार पिरीयाेजाना अिध बढाउन कठिनाइ भएको छ। “हामीले अर्ग्यानिक मल उत्पादनलाई सघाउँदै आएका छौँ, तर कारखाना स्थापनाको कुरा हाम्रो सीमित स्रोतसाधनले धान्न सक्दैन,” उनले बताए।

    उनले किसानहरू नै अर्ग्यानिक सफलताको मुख्य कर्ता रहेको उल्लेख गर्दै उनीहरूलाई प्रेरित गर्न ‘अर्ग्यानिक पाठशाला’ जस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। “सरकारको प्रयास मात्रै होइन, किसानको चेतना र अग्रसरता पनि उत्तिकै जरुरी छ”, शाहले जोड दिए।

    उनका अनुसार अर्ग्यानिक कृषि प्रणालीमा जानुअघि जलवायु, माटाे र सम्भावना अध्ययन् आवश्यक छ। हाललाई सरकारले १० वर्षे कृषि रणनीति तय गर्दै सन्तुलित कृषि प्रणालीमा जाने प्रयास गरिरहेको छ। यद्यपि, अर्ग्यानिक सम्बन्धी कार्यक्रमहरू नीति तथा बजेटमा प्राथमिकता घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

  • छत्रेस्वरीमा किसानलाई अनुदानमा मिनी टेलर

    छत्रेस्वरीमा किसानलाई अनुदानमा मिनी टेलर

     सल्यान जिल्लाको छत्रेस्वरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा ३९ वटा मिनी टेलर वितरण गरेको छ ।

    कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन तथा श्रम लागत घटाउने उद्देश्यले पालिकाले समूह र सहकारीमा आबद्ध व्यवसायिक किसानलाई मिनी टेलर वितरण गरेको हो । पछिल्लो समयमा गाईगोरु पाल्न छाडिसकेका बेला खेतबारी बाँझिदै गएकाले किसानलाई आफ्नो खेत तथा पाखोबारी जोत्न सहज होस् भनेर पालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको मिनी टेलरले धेरै राहत हुने भएको छ । पालिकाले १९ लाख ४६ हजार रकम बराबरको मिनी टेलर किसानलाई वितरण गरेको छत्रेस्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताएका छन् । १९ लाख ४६ हजारमध्ये ५० प्रतिशत अनुदानमा पालिकाले ९ लाख ७३ हजार ब्यहोरेको र किसान तथा सहकारीले पनि त्यही अनुसारको रकम ब्यहोरेको उनले जानकारी दिए ।

    पछिल्नो समयमा किसानहरुले विभिन्न किसिमका समस्या देखाउँदै खेतबारी जोत्ने गोरु पाल्न छाडिसकेका छन् । जसका कारण भएका खेतीयोग्य जग्गाहरु बाँझिदै गएका छन् । जसको प्रभाव खाद्य उत्पादनमा परेको छ । भएका जग्गा पनि बाँझो राख्नु नपरोस र किसान उत्पादनमा आत्मनिर्भर हुन् भनेर पालिकाले किसानलाई मिनि टेलर वितरण गरेको हो, उनले भने । श्रमशक्ति घटिरहेका बेला किसानहरुको माग अनुसार नै पालिकाले ५० प्रतिशत अदनुदानमा मिनी टेलर वितरण गराएको पालिकाका कृषि प्राविधिक दीपक पुनले बताए । गाउँपालिकाले वितरण गरेको एक मिनी टेलरको मूल्य ४९ हजार ९ सय ११ रुपैयाँ परेकोमा किसानले ५० प्रतिशत ब्यहोरेको उनले जानकारी दिए ।

    गोरुले एउटा खेत जोत्न दुई घण्टा बढी समय लाग्नेमा मेसिनले जोत्दा एक घण्टामै सकिने भएकाले किसानलाई धेरै राहत हुने र समयको बचत हुँदा किसानले बचत समय अन्य काममा लगाउन सक्ने उनको भनाइ छ । कृषि उत्पादन बढाउन र खेतीपातीमा सहजताका लागि पालिकाले प्रत्येक वर्ष किसानलाई विभिन्न कृषि यन्त्रहरु वितरण गर्दै आएको उनको भनाइ छ ।

  • पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

    सुर्खेतको वीरेन्द्रनगरमा एक होटेलको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–११ घर भई हाल वीरेन्द्रनगर–३ तातोपानीमा बसोबास गर्दै आएकी १० वर्षीया प्रतिमा भण्डारी रहेको छन् । घटना शनिबार वीरेन्द्रनगर–४ स्थित पानारोमा होटेलमा भएको हो ।

    पौडी खेल्ने क्रममा डुबेर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । डिएसपी बुढथापाका अनुसार घटनापछि होटेलका एक कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

    तर होटल सञ्चालक दिनेश खड्कालाई भने पक्राउ गरिएको छैन । ‘स्वीमिङ पुलको जिम्मा अर्कै व्यक्तिले लिएको रहेछ,’ डिएसपी बुढथापाले भने, ‘हामीले अर्का एकजना कर्मचारीलाई सामान्य सोधपुछ गरेर छोडेका छौँ । जाहेरी आएपछि होटल सञ्चालकलाई पनि नियन्त्रणमा लिनेछौं ।,’ उनले हालसम्म पीडित परिवारबाट कुनै जाहेरी नआएकाले सञ्चालक खड्कालाई नियन्त्रणामा नलिएकाे बताए ।

    हाल घटनाको अनुसन्धानका लागि प्रहरी टोलीले सिसीटिभी फुटेज अध्ययन गरिरहेको उनले बताए । ‘अहिले सिसीटिभी क्यामेरा हेर्ने काम भइहरेको छ, अब पोष्टमार्टम रिर्पाेट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।,’

  • नारायणहिटी राजदरबारमा हत्या भएको आज २४औँ स्मृति दिवस

    नारायणहिटी राजदरबारमा हत्या भएको आज २४औँ स्मृति दिवस

     पूर्वराजा वीरेन्द्र शाहलागायत उनको परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो ।

    अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।

    पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस स्मृति दिवसका अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।