सांसद गुरूङसँग यसबारे बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ छ ।



सांसद गुरूङसँग यसबारे बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ छ ।



सांसद कार्कीले राजनीतिक अस्थिरता र नीतिगत अस्थिरतालाई आर्थिक विकासको प्रमुख बाधाका रूपमा चित्रण गर्दै स्थिर नीति नभएसम्म लगानी, कार्यान्वयन र प्रतिफल सुनिश्चित हुन नसक्ने बताए ।



सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरे ।



यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको टिप्पणी गरे ।
सांसद बेदुराम भुसालले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्नेमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्ने ठोस कार्यक्रम विधेयकमा समावेश नभएको बताए ।


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को विन्दुमा कायम भएको हो ।
त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको रु ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।


नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुर्खेतको अध्यक्षमा जयप्रकाश पौडेल (जेपी) चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको वीरेन्द्रनगरमा मंगलबार भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विवेक कुमार थापा र रविन्द्र वहादुर शाही , महासचिवमा प्रेम सिंह ठकुरी , सहमहासचिवमा सन्तोष विसी ,कोषाध्यक्षमा देवेन्द्रदेव गिरी निर्वाचित भएका छन् । यस्तै सदस्यमा गणेश डिसी , रमेश आरसी , उमेश खड्का , प्रकास भेदी , टेकवहादुर रुचाल र लोकवहादुर गुरुड चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेल र उपसभापति विण्णु खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कर्णाली प्रदेश तदर्थ समितिका संयोजक मोहन प्रकाश आचार्यको सभापत्वि एवं नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए । साथै सहभागी वक्ताहरुले पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत आग्रह गरेका थिए ।


आमाबुवा नभएका, अपांगता भएका र अति विपन्न घर परिवारका ८३ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको छ ।
शुभकालिका गाउँपालिका–४ र ५ का ८३ जना अति जोखिममा रहेका बालबालिकालाई सहयोग गरिएको हो । सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको सहयोगमा बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको वितरण गरिएको सहयात्रा तेस्रो परियोजनाका फिल्ड अधिकृत हस्तबहादुर रोकायाले बताए । उनकाअनुसार आइतबार विपन्न र जोखिम बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, ज्यामिती, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । उनका अनुसार शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।
यस्तै, शुभकालिका–४ का १८ र ५ का १५ जना अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजनाअन्तर्गत शिक्षा थिममार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै, परियोजनाको बालअधिकार शासन र बालसंरक्षण थिमअन्तर्गत ३२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको राम सुनारले बताए । शुभकालिका गाउँपालिका-४ र ५ मा जम्मा ३ लाख २५ हजार रुपैयाँको खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रमुख राजेन्द्र सहकारीले जानकारी दिए ।


सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन्।
फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन्।
बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए।
फरारहरुको खोजी कार्य भैरहेको छ। प्रहरीले पनि खोजी गरिरहेको बताइन्छ।



