Blog

  • सेटिंग मिलाएर वन मास्ने   प्रवृत्ति रोक्नुपर्छ : मुख्यमन्त्री कंडेल

    सेटिंग मिलाएर वन मास्ने प्रवृत्ति रोक्नुपर्छ : मुख्यमन्त्री कंडेल

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वन क्षेत्र घट्दै गइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै उनले मिलेमतोमा वन मास्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई तत्काल रोक्न आवश्यक रहेको बताए।

    “प्रत्येक वर्ष लाखौं विरुवा रोपिन्छन्, राज्यको ठूलो लगानी हुन्छ, तर वन क्षेत्र विस्तारको सट्टा संकुचित हुँदै गएको छ,” उनले भने, “अब सेटिंग मिलाएर वन मास्ने प्रवृत्तिको अन्त्य गर्नैपर्छ।”

    मुख्यमन्त्री कंडेलले रोपिएका विरुवाको संरक्षण र रेखदेखमा सरोकारवालाहरूको सक्रियता आवश्यक रहेको उल्लेख गरे। उनले कर्णालीको समृद्धिमा वन क्षेत्र महत्वपूर्ण स्रोत बन्न सक्ने तर यसको समुचित उपयोग हुन नसकेको धारणा पनि व्यक्त गरे।

    कार्यक्रममा कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यस वर्ष सुर्खेतमा ३ लाख ५० हजार विरुवा रोप्ने लक्ष्य रहेको बताए। उनले वन विस्तार र संरक्षणका लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए।

    डिभिजन वन कार्यालय प्रमुख वसन्त श्रेष्ठले रोपिएका विरुवाको नियमित रेखदेख गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र नागरिकहरूको उल्लेखनीय सहभागिता थियो।

  • एसईई नतिजा : सबैभन्दा बढी विद्यार्थी गणितमा अनुर्त्तिण

    एसईई नतिजा : सबैभन्दा बढी विद्यार्थी गणितमा अनुर्त्तिण

    २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा ननग्रेडेड (एनजी) भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार १ लाख २८ हजार २१५ जना विद्यार्थी गणितमा फेल भएका हुन्।

    बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमा समग्र नतिजामा सुधार देखिए पनि गणित विषयमा अत्यधिक ननग्रेडेड हुनु दुःखद् भएको बताए।

    अन्य प्रमुख विषयहरूमा पनि उल्लेख्य संख्यामा विद्यार्थी फेल भएका छन्—अंग्रेजीमा ८० हजार ६७२, विज्ञान तथा प्रविधिमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५ र सामाजिकमा ५३ हजार १८६ जनाले ननग्रेडेड पाएका छन्।

  • राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

    राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

    राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

  • कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

    कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

     नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउन चुकेको बताएका छन् ।

    नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्‍याउन नसकिएको बताएका हुन् ।

    ‘नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पुर्‍याउन भने सकिरहेका छैनौँ,’ उनले भने, ‘त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ ।’

    उनले भपे, ‘हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पुर्‍याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरूले सो पुर्‍याउन मद्दत पुर्‍यायाउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।’

    उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पुर्‍याउन नसकेको गुनासो व्यक्त गरे ।

    ‘मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा कांग्रेसको भूमिका अहम् छ’, उनले भने, ‘हामीले गरेका कामलाई जनतामाझ पुर्‍याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी
    छ ।’

    उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतिर पुर्‍याउन नसकेको स्वीकार गरे ।

    उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दाबी गरे ।

  • निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे समितिमा जुट्यो सहमति

    निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे समितिमा जुट्यो सहमति

     निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।

    सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले जानकारी
    दिए ।

    विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा बिहीबार निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समितिमा दुइृ धार  देखिएको थियो ।

    बिहीबारको समिति बैठकमा समितिमा कांग्रेस र एमालेका सांसदले निजी विद्यालयलाई कम्पनीमा रहन अथवा गुठीमा जान दुवै सुविधा दिनुपर्नेमा जोड दिएका थिए ।

  • कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः सभापति देउवा

    कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः सभापति देउवा

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने बताएका छन् ।

    नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व। गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे ।

    नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो । कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे।

  • विष्णुमतीको बाढीमा बगेकी महिलाको जीवितै उद्धार गर्ने तीन प्रहरीसहित पाँच जनालाई सम्मान

    विष्णुमतीको बाढीमा बगेकी महिलाको जीवितै उद्धार गर्ने तीन प्रहरीसहित पाँच जनालाई सम्मान

     काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारसँगै बगेकी एक महिलाको जीवितै उद्धार गर्ने तीन प्रहरीसहित पाँच जनालाई नेपाल प्रहरीले सम्मान गरिएको छ ।

    बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले उनीहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् ।

    सम्मान एवं पुरस्कृत भएकाहरूमा प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी हवलदार उमेश कुमार लोहनी,  प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक हवलदार समीर बिक, प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी जवान सुमन थापा रहेका छन् ।

    त्यस्तै लमजुङ घर भई जिल्ला काठमाडौँ टोखा बस्ने वर्ष १९ को अर्जुन गुरुङ र सोही स्थान बस्ने वर्ष २९ को राजु तामाङले पनि सहयोग गरेको भन्दै प्रहरीले पुरस्कृत गरेको छ ।

    विष्णुमतीमा खसेको बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारमा बगिरहेकी दाङ घर  भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीलाई बुधबार राति १० बजे  उद्धार गरिएको  थियो ।

  • डोल्पाको काइकेमा लेदोसहितको पहिरो, ८ घर पुरिए, ५३ घरमा क्षति

    डोल्पाको काइकेमा लेदोसहितको पहिरो, ८ घर पुरिए, ५३ घरमा क्षति

    अविरल वर्षापछि डोल्पाको काइके गाउँपालिका–४, रिवा गाउँमा गएको लेदोसहितको भीषण पहिरोले ८ घर पुरिएर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने अन्य ५३ घरमा आंशिक देखि मध्यम क्षति पुगेको छ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काका अनुसार, गएराति करिब साढे १२ बजे बस्तीभन्दा करिब ५०० मिटर माथिबाट खसेको पहिरो मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेपछि ठूलो क्षति भएको हो।

    पहिरोका कारण एउटा विद्यालय भवन पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाँकी १२ घरमा मध्यम र अन्य घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

    घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। सशस्त्र प्रहरीका सईको नेतृत्वमा ११ जनाको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको छ।

    उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै घरभित्रका सामग्री निकाल्न र राहत व्यवस्थापनमा सहयोग गरिरहेको डिएसपी खड्काले जानकारी दिए।

    काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि राहत र बासको व्यवस्था मिलाउन घटनास्थलतर्फ लागेका छन्।

    स्थानीय बासिन्दाहरूका अनुसार बर्खामा मात्र बहने तीनवटा खहरे खोलाबाट ठूलो आवाजसहित माटो ढुङ्गा बग्न थालेपछि खतरा महसुस गरी धेरैजना समयमै सुरक्षित स्थानमा जान सफल भएका थिए।

    घटनास्थल जिल्ला सदरमुकाम दुनैबाट करिब ६–७ घण्टाको पैदल दूरीमा पर्छ।

    मानवीय क्षति नभए पनि अधिकांश घरमा लेदो पसिसकेकाले स्थानीयहरू विस्थापित भएका छन्।

  • बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

    बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

    रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् ।

    उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

    प्रहरी अनुसन्धान त्यसलगत्तै अनुसन्धान थालेपनि उनी फरार रहँदै आएका थिए । ‘पछिल्लो समय उनी सानोभेरी गाउँपालिकामा बसिरहेको भन्ने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’