Blog

  • देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ।

    राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • ०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

    ०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८३ साल मंसिर अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । शनिबार काठमाडौं आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रममा उनले ०८४ सालको आमनिर्वाचनपछि अधिवेशन धकेलिने भ्रमबाट बाहिर निस्किन आग्रह गरे ।

    हामी २०८३ साल मंसिरभन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्, उनले भने ।

    उनले महाधिवेशन सार्दा अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ सालको मंसिर रहेको तर त्यहाँसम्म पुर्‍याउन नहुने बताए ।

    नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरू एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ । पाइँदैन, उनले भने ।

    महामन्त्री थापाले भ्रातृ संस्थाको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए । नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न चाहे पार्टीको पूर्ण सहयोग हुने उनको भनाइ छ ।

  • विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त

    विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिने नहुने बताएका छन् । आज सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु नहुने बताए । उनले भने, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ । न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन । यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैँकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ ।’

    मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिउँ । तर होइन भने नपठाऔँ । १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो । सम्भव भएसम्म राजनीतिक दलहरूले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन । यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्न । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’

  • अहमदावाद दुर्घटनामा २७५ को ज्यान गयो

    अहमदावाद दुर्घटनामा २७५ को ज्यान गयो

    whatsapp sharing button
     बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामास्थलमा शनिबार थप उक शव फेला परेको छ ।

    बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो । पोस्टमार्टमपछि उक्त शव एयर होस्टेजको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् ।

    अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ । आड शवको शनाखत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् । बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएको छ । जसमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए । अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।

  • इरानको इजरायलमाथि दोश्रो जबाफी हमला

    इरानको इजरायलमाथि दोश्रो जबाफी हमला

    इरानले इसराइलमाथि दोस्रो चरणको हमला थालेको छ।इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो। गएरातिदेखि इसराइलको राजधानी तेल अभिभ,जेरूसलेम, रमात गान लगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। पहिलो चरणको हमला इरानले शुक्रबार बिहानै गरेको थियो। इसराइलले दुई सय लडाकू विमानसहित अरू हवाई हतियार प्रयोग गरी इरानमा ठूलो भौतिक र मानवीय क्षति हुनेगरी हमला गरेको थियो।

    त्यसको जबाफमा इरानले करिब एक सय ड्रोनले इसराइलमाथि प्रहार गरेको थियो। इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ त्यसकारण सय वटा ड्रोनहरूलाई पनि उसले सजिलै निष्क्रिय तुल्याएको थियो। शुक्रबार रातिबाट भने इरानले इसराइलमाथि ठूलो परिमाणमा ब्यालिस्टिक मिसाइल, रकेट र ड्रोनहरूले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    इसराइली डिफेन्स फोर्सले पनि इरानबाट प्रहार भएका एक सय भन्दा मिसाइलहरूलाई एयर डिफेन्स सिस्टमबाट नष्ट गरिएको भनेका छन्। साथै इसराइली आकाशमा इरानी ड्रोनहरू पनि देखिएको उसले बताएको छ।

  • मासु अड्किएर वृद्धको मृत्यु

    मासु अड्किएर वृद्धको मृत्यु

    धनकुटाको महालक्ष्मी नगरपालिकामा मासु खाँदै गर्दा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

    मासु अड्किएर धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो । उनको उपचारको क्रममा विराट टिचिंग अस्पताल विराटनगगर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जेठ २१ गते राति ९ बजे मासु खाँदै गर्दा लिम्बूको घाँटीमा मासु अड्किएको थियो। अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उनको जेठ ३० गते राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

    करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

    sharethis sharing button
    करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ ।

    सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।

    मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

  • संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

    संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

    sharethis sharing button
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।

    आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भने ।

    उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् ।

    त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए ।
  • चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्टले १०१ करोडको लगानी विस्तार गर्दै

    चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्टले १०१ करोडको लगानी विस्तार गर्दै

    काठमाडौँ चावहीलमा रहेको चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले १०१ करोडको लगानी विस्तार गर्दैछ । बुधबार कम्पनीले लगानीकर्ता भेटघाट कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/८३ मा विभिन्न क्षेत्रहरुमा १०१ करोडको लगानी गर्ने अध्यक्ष चद्रसिंह साउदले बताए ।

    अध्यक्ष साउदका अनुसार लागानीको ४० प्रतिशत दोस्रो बजार(secondary market) गरिने छ । जसमा  सेयर बजार, इक्विटी आदिलाई समाबेश गरिएको छ । किनकी छोटो र मध्यम अवधिमा पनि प्रतिफल प्राप्त गर्न सकियोस् । यस्तै ४० प्रतिशत लगानी वास्तविक क्षेत्र (Real Sector) को  उत्पादनशील उद्योगहरुमा लगानी गरिने छ । यसले लगानीको दीर्घकालीन मूल्य सिर्जना गर्न सकियोस् ।

    अर्को बाँकी २० प्रतिशत आरक्षित् कोष  ( Reserve Equity ) का रुपमा राखिनेछ । जसले तरलता , वित्तीय स्थायित्व र आकस्मिक लगानी अवसरहरुको सदुपयोगका लागि तयारी गर्न सकिनेछ ।

    नयाँ लागानीको स्रोत विद्यमान सेयरधनीहरुबाट , नयाँ सेयरधनीहरु र केहि रकम बैंक लोनबाट व्यवस्थापन गरीने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार प्रस्तावित परियोजनाहरु लाभदायक , जोखिम नियन्त्रित र दीर्घकालीन टिकाउका रहेका छन् । यसमा लगानीकर्ताहरुलाई १०० प्रतिशत प्रतिफल र वार्षिक लाभांशको सुनिश्चिचतता पर्दान गरिने छ ।