पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघको सुर्खेत शाखाका अध्यक्ष समेत रहेका शर्माद्वारा लिखित पुस्तकको शनिवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमोचन गरे ।
मुख्यमन्त्री कँडेलले पुस्तकमा दस्ताबेजीकरण गरिएका तथ्यका सुर्खेत जिल्लाको विकास नीति तय गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । उनले हरेक प्राज्ञिक र तथ्यगत लेखनले नीति निर्माणका साथै समाज रूपान्तरणमा सहयोग पुग्ने धारणा राखे ।
पुस्तकमा सुर्खेत जिल्लाको पुरातात्विक, सांस्कृतिक, सामाजिक, भौगोलिक, प्रशासनिक, राजनीतिक, जनसाख्यि अवस्था तथा जनविश्वास र मूल्यलाई लिपिबद्ध गरिएको छ । त्यसैगरी, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, सङ्गीतलगायतका विविध पाटोलाई तथ्यपरक ढङ्गबाट पुस्तकमा चर्चा गरिएको छ ।
शर्माले यसअघि ‘सुर्खेतको इतिवृत्त–१’ प्रकाशन गरिसकेका छन् । यो पुस्तक अंग्रेजी र नेपाली भाषामा लेखिएको छ । शर्मा यस काँक्रेविहार दैनिकका सम्पादक समेत हुन् ।
+ There are no comments
Add yours