संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट जेनजीका माग पूरा गर्न प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताका मागहरू संविधानसम्मत् सम्बोधन गर्न अपिल गरेका छन् ।
बिहीबार बिहान चार पेज लामो १० बुँदे विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट उनीहरूका माग पूरा गर्न राष्ट्रपति र नेपाली सेनाबाट भैरहेको पहलको प्रशंसा गरेका हुन् ।
साथै उनले यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।  प्रतिकूल अवस्थामा पनि आशावादी हुन र संविधानको रक्षा र लोकतन्त्रको पक्षमा उत्रिन सबैलाई आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *