पछिल्लो आन्दोलनको नेतृत्व गरेको जेनजी समूहले संसद् विघटन र अन्तरिम सरकार आफूहरूको प्रमुख एजेन्डा भएको बताएको छ ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने जेनजी समूहका अगुवाहरूले संसद् विघटनलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारेका हुन् ।
साथै, उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने पनि बताए ।
आफूहरूबीच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले त्यसप्रति सचेत हुनुपर्ने पनि बताए ।
हामी नेपाल समूहका नेतृत्वकर्ता सुदन गुरुङलगायत पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।


Leave a Reply