विदेशी नागरिकलाई सहयोगको आवश्यकता परेमा सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ ।
सेनाले आज एक विज्ञप्ति जारी गर्दै जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा परेको भएमा सम्पर्क गर्न आग्रह गरेको हो ।
‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनै पनि सहयोगको पर्खाइमा रहनुभएका सबै विदेशी नागरिकहरूले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुन समेत अनुरोध छ ।’



Leave a Reply