Blog

  • थियाचिनबाट रेलमार्ग हुँदै बेइजिङ पुगे प्रधानमन्त्री ओली

    थियाचिनबाट रेलमार्ग हुँदै बेइजिङ पुगे प्रधानमन्त्री ओली

    चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् ।

    उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।

    उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

    यस्तै रुसी राष्टपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रधानमन्त्रीको भेट भैसकेको छ ।

    भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

    त्यही दिन प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कनेछ ।

  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, ढुवानी गरिएका स्याउ बाटोमै कुहिने डर

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, ढुवानी गरिएका स्याउ बाटोमै कुहिने डर

    messenger sharing button
    sharethis sharing button
    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ ।
    कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो ।
    जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन् ।

    यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् ।

    गन्तव्यमा पुर्‍याइसक्नुपर्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ । राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालराम नेपालीले बताए ।

    जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिरोका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएको बताए ।

    उनका अनुसार १३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ । किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दै आएका छन् ।

    जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुङ्गा फुटाउन नसकिएको बताए ।

    ‘ढुंगा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदैछ’, उनले भने ।

    वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उनले बताए ।

    कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सहितको टोली पहिरो खसेको स्थानमा गएको जानकारी दिए ।(लाेकान्तर)

  • रेल चढेर बेइजिङ पुगे प्रधानमन्त्री ओली

    रेल चढेर बेइजिङ पुगे प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।
    थियाजिनमा आयोजित सांघाई सहयोग सङ्गठन (एससीओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई उनी आज बिहान बेइजिङ पुगेका हुन् ।

    प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।

    त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

    चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।

    उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

    चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

  • सरकार अवकाश उमेरसम्बन्धी अडानबाट पछि हट्यो

    सरकार अवकाश उमेरसम्बन्धी अडानबाट पछि हट्यो

    The government backed down from its stand to reverse the decision regarding the retirement age of civil servants

     निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउँदाको कार्यान्वयन विधिमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको सर्वसम्मतिको निर्णय उल्ट्याउने अडानबाट सरकार र सत्तापक्ष पछि हटेका छन् ।

    विधायन व्यवस्थापन समितिले शुक्रबारको बैठकबाट निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुने र तीन चरणमा कार्यान्वयनमा आउने निर्णय गरेको थियो । अब ऐनको दफा ५८ मा अवकाश उमेर कार्यान्वयन विधि ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालु आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछि ५९ वर्ष र त्यसको १ वर्षपछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ ।

    उक्त व्यवस्था उल्ट्याउनुपर्ने र ऐन प्रारम्भ भएदेखि नै अवकाशमा जाने कर्मचारीको उमेर ५९ हुनुपर्ने सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको थियो । मन्त्रीले समितिको निर्णय उल्टिनुपर्ने भनेपछि सत्तापक्ष कांग्रेस र एमालेका सांसदले पनि साथ दिएका थिए ।

    दुई दिन यसै विषयमा समिति अनिर्णीत भएको थियो । मंगलबारको बैठकमा मन्त्री न्यौपानेले समितिको निर्णय उल्टिनुपर्ने अडान छोडेकी थिइन् । ‘मैले व्यक्तिगत लाभका लागि केही पनि गर्दिनँ । कसैको अनुचित लाभका लागि म केही पनि गर्दिनँ । कर्मचारीको साथ आवश्यक हुन्छ । उनीहरूको मनोबल माथि उठाउन सरकारले ध्यान दिनुपर्छ । सबै कर्मचारीको हित कसरी हुन्छ भनेर सोचिएको हो,’ उनले भनिन्, ‘मैले यही अधिवेशनबाट विधेयक दुवै सदनबाट पारित हुन्छ भन्ने प्रतिबद्धता जनाएको थिए । अहिले पनि प्रतिबद्ध छु । यो विधेयकको महत्त्व छ । मैँले राखेको धारणामा कुनै व्यक्तिगत स्वार्थ छैन । सर्वसम्मत गरेर जाने परम्परा छ, त्यसलाई भत्किन नदिऊँ । प्रतिनिधिसभाबाट जे पारित व्यवस्था छ, त्यही अनुसार जाऊँ ।’

    सत्तापक्षबाट कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेको गरेको प्रस्ताव अनुसार अगाडि बढ्न सहमति जनाएका थिए । ‘निजामती कर्मचारी विधेयकमा अनिवार्य अवकाशको उमेरसम्बन्धी भएको बहसमा सामान्य प्रशासनमन्त्रीले प्रतिनिधिसभाबाट पारित भएर आएको उमेरलाई स्वीकार गरेर अघि बढौँ। भन्नुभयो । समितिले मन्त्रीको प्रस्ताव स्वीकार गरेमा कर्मचारीको अनिवार्य अवकाश कानुन लागू भएको वर्षदेखि क्रमशः पहिलो वर्ष ५८ वर्ष,दोस्रो वर्ष ५९ वर्षमा र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश हुनेछ,’ सिटौलाको भनाइ थियो ।

    मन्त्री र सत्तापक्षले विधेयकमा पारित गरिएको व्यवस्था उल्ट्याउनबाट पछि हटेपछि समिति सचिवालय प्रतिवेदन लेखनमा जुटेको छ ।

    मन्त्री र सत्तापक्षले निर्णय उल्ट्याउनुपर्ने भनेपछि विपक्षी माओवादी, एकीकृत समाजवादी र जसपा नेपालका सांसदले मत विभाजन माग गरेका थिए । विधायन व्यवस्थापन समितिमा विपक्षी दलहरूको बहुमत छ ।

    यो विधेयक राष्ट्रिय सभाबाट मंगलबार पारित गरिसक्नुपर्ने छ । राष्ट्रिय सभाको बैठक मंगलबार नै बोलाइएको छ ।
  • प्रधानमन्त्रीको विश्वास मत विवाद सर्वोच्च सुनुवाइ

    प्रधानमन्त्रीको विश्वास मत विवाद सर्वोच्च सुनुवाइ

    Prime Minister's vote of confidence controversy: Justices Shrestha and Paudel appear before the bench

    आज तेस्रो सुनुवाइ हुँदै छ । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै आजका लागि पेशी तोकेको थियो ।

    इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो ।

    यसअघि न्यायाधीश पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो । म‌गलबार हुने सुनुवाइले विश्वासको मत लिन पर्ने वा नपर्ने र काम चलाउ भए नभएकोबारे निर्णय दिने छ ।

  • अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

    अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

    अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

    भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो ।

    खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ ।

    भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो ।

    भूकम्पको केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको थियो । मध्यरातमा अएकाे भूकम्पले

     माटो र ढुंगाले बनेका ग्रामिण क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् ।

    सञ्चारमाध्यममा आएका भिडियो फुटेजहरूमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

    भूकम्पले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था राेयटस ले जनाएको छ ।

    गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुन: संकटमा पारेको छ ।

    मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ ।

    तालिबान सरकारको आन्तरिक मन्त्रालयले पूर्वी प्रान्त कुनार र नाग्गाहारमा थुप्रै घरहरू भत्किएका र ठूलो धनजनको क्षति भएको जनाएको छ ।

    ‘पूर्ण सहायताका लागि उद्धार र राहतमा हाम्रा सबै टोलीहरूलाई परिचालित छन्,’ मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले भने, ‘सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि प्रयास भइरहेको छ ।’

    भूकम्प र बाढीले प्राय: प्रभावित भइरहने ग्रामिण क्षेत्रमा उद्धारकर्मीहरू परिचालित भइरहेका राजधानी काबुलका अधिकारीहरूले बताएका छन् ।

    पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला झण्डै एक हजार मानिसको मृत्यु भएको थियो । गएराति त्यसयताकै ठूलो भूकम्प गएको हो ।

  • आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    उदयपुरमा आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
    जिल्लाको बेलका नगरपालिका-२ मा सञ्चालित कञ्चनजङ्गा हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् ।
    उनले आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ । ‘तीन दिन अगाडिको घटना रहेछ’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले भने, ‘हिजो आइतबार जाहेरी परेको थियो । हिजो नै हामीले नियन्त्रणमा लिएका हौं ।’

    आरोपित श्रेष्ठले विद्यालयकै कोठामा बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनि बालिकाका आफन्तले आइतबार नै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी दोङले बताए ।

    पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
  • पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

    पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

    बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे। उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए।

    भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै दाहालले भने, ‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।’

    अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए। उनले निर्देशन दिँदै भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।’

    त्यसैगरी, उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेकले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

  • रास्वपाका उम्मेदवार लेखजंग थापाले साेमबार पत्रकार सम्मेलन गर्दै

    रास्वपाका उम्मेदवार लेखजंग थापाले साेमबार पत्रकार सम्मेलन गर्दै

     रुपन्देही क्षेत्र नं.३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले साेमबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

    पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालयमा हुनेछ। सम्मेलनमा थापाले आगामी उपनिर्वाचनका लागि पार्टीको रणनीति, एजेण्डा र अभियानबारे जानकारी दिनेछन्।

    रास्वपाका शीर्ष नेताहरूको पनि उपस्थिति रहने कार्यक्रममार्फत उम्मेदवार थापाले आफ्नो चुनावी दृष्टिकोण सार्वजनिक गर्ने बताइएको छ।

    कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा उनको बहुविवाहसम्बन्धी आलोचना समेत सुरु भएको छ।