
प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।
थियाजिनमा आयोजित सांघाई सहयोग सङ्गठन (एससीओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई उनी आज बिहान बेइजिङ पुगेका हुन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।
त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।
उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।


Leave a Reply