
आज तेस्रो सुनुवाइ हुँदै छ । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै आजका लागि पेशी तोकेको थियो ।
इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो ।
यसअघि न्यायाधीश पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो । मगलबार हुने सुनुवाइले विश्वासको मत लिन पर्ने वा नपर्ने र काम चलाउ भए नभएकोबारे निर्णय दिने छ ।


Leave a Reply