Blog

  • ११ गते बस्नेगरी संसद्‍ बैठक स्थगित

    ११ गते बस्नेगरी संसद्‍ बैठक स्थगित

    प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित गरिएको छ।

    मङ्गलवार बसेको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधकाबीच संसदीय कारबाही अघि बढाउँदै सभामुख देवराज घिमिरेले दुई वटा प्रस्ताव पारित गर्दै अर्को बैठक ११ गते बस्नेगरी स्थगित गरिएको घोषणा गरे। संसदको अर्को बैठक ११ गते बिहान ११ बजे बस्ने छ।

    बैठकमा प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीका बीच दुई वटा प्रस्ताव बहुमतले पारित भएको पनि सभामुखले घोषणा गरे।

    प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे भने मङ्गलवारको कार्यसूचीमा नराखिएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० फिर्ता सम्बन्धी प्रस्ताव गृहमन्त्री रवि लामिछानेले प्रस्तु गरेका थिए।

    कांग्रेस लगायत प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी गरिरहँदा पनि संसदीय कारबाही अघि बढाउँदै सभामुखले दुबै प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

  • प्रतिपक्षीको नाराबजीका बीच दुई प्रस्ताव बहुमतले पारित

    प्रतिपक्षीको नाराबजीका बीच दुई प्रस्ताव बहुमतले पारित

    प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस र अन्य विपक्षी दलहरूको विरोध जारी छ। तर, सभामुख देवराज घिमिरेले संसदको कारबाहीलाई जारी राखेका छन्।

    निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको बैठकमा सभामुख घिमिरेले कांग्रेस लगायत विपक्षी दलहरूको विरोध जारी रहँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रममा बोलाए। प्रधानमन्त्री दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे भने मङ्गलवारको कार्यसूचीमा नराखिएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० फिर्ता सम्बन्धी प्रस्ताव पेश गरे।

    कांग्रेस लगायत प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी गरिरहँदा पनि संसदीय कारबाही अघि बढाउँदै सभामुखले दुबै प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

  • संसद्‍मा कांग्रेसको अवरोध कायमै, नारावाजीका बीच बैठक जारी

    संसद्‍मा कांग्रेसको अवरोध कायमै, नारावाजीका बीच बैठक जारी

    प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका छन्। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरिहेको छन्।

    सभामुख देवराज घिमिरेले बैठक सुरू गर्ने बित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।

    यसपछि कांग्रेस सांसदहरूले विरोध गरेका थिए। विरोधका बीच सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद प्रस्ताव राख्न समय दिएका थिए। कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका थिए।

  • कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया (Kailash Sirohiya) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत नेपाली कांग्रेसका बद्री पाण्डले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आपत्ति जनाए ।

    उनको नाममा पक्राउ पुर्जी जारी गरेकोबारे धनुषा प्रहरीले समेत पुष्टि गरेको छ ।

    १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।

  • पर्यटकलाई हैरानी दिने सातजना युवा पक्राउ

    पर्यटकलाई हैरानी दिने सातजना युवा पक्राउ

    पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो अनुकुलको होटलमा जान दवाव दिने सातजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुले कतिपय सर्वसाधारण र पर्यटकलाई आफुले भनेको बसमा यात्रा गर्न पनि बाध्य पार्दै आएका थिए।

    कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखराको पृथ्वीचोक ओर्लेका यात्रु र पर्यटकलाई पक्राउ परेका ती युवाहरुले आफुले भनेको होटलमा बास बस्न जान दवाव दिने गरेका थिए। कतिपयलाई बसमा यात्रा गर्दा पनि आफुले भनेको बसमा यात्रा गर्नुपर्ने भन्दै उनै युवाहरुले दवाव दिने गरेका थिए।

    ‘बाहिरबाट पोखरा भित्रेका आन्तरिक र बाह्य यात्रुलाई ती युवाहरुले आफुले भनेको होटलमा जानुपर्ने भन्दै झोला तान्ने, पैसाको मोलामोलाई गर्ने गरेका थिए,’ शर्माले भने, ‘पोखराबाट बाहिर जान थालेका यात्रुलाई पनि आफुले भनेकै बसमा यात्रुा गर्न पनि उनीहरुले दवाव दिने गरेका थिए।’ प्रहरीका अनुसार लागु औषधजन्य पदार्थ सेवन गरि होहल्ला गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षिय यमबहादुर बिक, पोखरा–९ बस्ने २८ वर्षिय सागर क्षेत्री, २९ वर्षिय बिक्रम सुनार, २४ वर्षिय अर्जुन सेन्चुरी, २० वर्षिय लक्ष्मण सिंह, पोखरा–७ बस्ने २२ वर्षका विकाश श्रेष्ठ र २८ वर्षिय २८ साजन परियार रहेको प्रहरीको भनाई छ।

    पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी शर्माले बताए।

  • पौने दुई घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु

    पौने दुई घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु

    प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने दुई घण्टा डिला गरी सुरु भएको हो ।

    यद्यपि मंगलबारको बैठकमा समेत नेपाली कांग्रेससहितका विपक्षी दलले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान दोहोर्‍याएका छन् ।

    बैठकको सुरु मै कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका छन् । उनले अहिले धारणाा राखिरहेका छन् ।

    संघीय संसद् सचिवालयले भने मंगलबारको बैठकका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापनसहित विभिन्न १० वटा कार्यसूची तयार पारेको छ ।

    कार्यसूचीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव, शिक्षामन्त्री सुमना श्रेष्ठले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची छ ।

  • बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै

    बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै

    बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन्। ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४-६५ देखि सुरु भएका दुईबर्से र पाँचबर्से योजना बजेट अभावमा डेढ दशकसम्म पनि बन्न सकेका छैनन्।

    हाल जिल्लामा सङ्घीय र प्रदेश सरकारका दुई करोडदेखि २० करोड लागतका एक सय ३० खानेपानी आयोजना छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङको पर्वत एकाइका इन्जिनियर प्रेम थापाले सात स्थानीय तहमा रहेका ती आयोजना सम्पन्न गर्न करिब एक अर्ब ८० करोड बजेट आवश्यक पर्ने बताए।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु आर्थिक वर्षमा १८ करोड ९० लाख मात्र अख्तियारी आएको बताए।

    ‘यो वर्ष आवश्यक बजेटको १० प्रतिशत मात्र विनियोजन भएको छ’, पौडेलले भने, ‘हामीले द्रुतगतिमा काम गर्छौं भने पनि बजेट अभावले कार्यान्वयनमा रहेका योजना पनि सोअनुसार अगाडि बढाउन सकेका छैनौं। त्यसैले धेरै योजना भग्नावशेषमा परिणत हुँदैछन्।’

    यहाँका अधिकांश आयोजना लागत साझेदारीमा सञ्चालित छन्। उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद लगानी गर्नुपर्ने नियम छ।

    ‘एक घर एक धारा पुर्‍याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १६ वर्षअघि देखिका योजनासमेत पूरा हुन सकेका छैनन्, यद्यपि करिब १५ हजार घरमा एक घर एक धारा जडान भएको छ’, कार्यालय प्रमुख पौडेलले भने, ‘योजना थप्दै जाने तर पर्याप्त बजेट विनियोजन नहुने समस्याले अधुरा र अपूरा योजनाको संख्या बढ्दै गएका छन्। अब बजेटको आकार बढाउन पहल गर्नुपर्ने आवश्यकता छ।’ –रासस

  • पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

    पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

    ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।

    ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सञ्चालित भलिबल प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्‍यो। पाथीभरा याङवरक पछिल्ला खेलहरुमा लगातार अपराजित रही खेलको लयमा रहेको टिम हो।

    उसले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि समेत जितेको थियो। संयोग के भने पछिल्ला तीन खेलहरुमै पाथीभरा याङवरकले सिदिङ्वा फाइनल प्रतिद्धन्दी पाएको थियो भने तीनै खेलमा सिदिङ्वालाई हराएको छ।

    जीतसंगै पाथीभरा याङवरक गाउँपालिकाले दुई लाख ७५ हजार एकसय रुपैयाँका साथ ट्रफी पाएको छ भने उपबिजेता भएको सिदिङ्वा गाउँपालिकाले एकलाख ४० हजार एकसय रुपैयाँ पाएको छ।

    सेमीफाईनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार एकसय रुपैयाँ पाएका छन्।

    पाथीभरा याङवरक गाउँपालिकाले खेलाडीको सम्मानका लागि भन्दै खेलाडीले जिते बराबर रकम पालिकाबाट थप गरेर खेलाडीलाई बितरण गर्दै आइरहेको छ।

  • दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

    दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

    प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

    विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग प्रारम्भमा छलफल गरेका सभामुख घिमिरेले अहिले सबै दलका प्रमुख सचेतकसँग समूहिक छलफल गरिरहेका छन् ।

    मार्सल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिएपछि रुष्ट बनेको कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म अब संसद चल्न नदिने अडान सभामुखसँगको छलफलमा राखेको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेको भूमिकामाथि नै कांग्रेसले प्रश्न उठाउँदै दलको कार्यकर्ता जस्तोमात्र देखिएको टिप्पणी गरेको थियो ।

    सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई दलहरुले अझै टुंगो लगाउन भने सकेका छैनन् । जसका कारण संघीय संसदका दुवै सदन पछिल्लो समय दलीय घेराबन्दीमा पर्दै आएका छन् ।

    राष्ट्रिय सभाको बैठक पनि मंगलबारै दिउँसो सवा एक बजेका लागि बोलाइएको छ। सहमति नजुटे राष्ट्रियसभा पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्ने पक्का छ ।

  • थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

    थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

    काठमाडौँको थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिएका छन्।

    कागेश्वरी मनोहरा नगरपालिका– ५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका हुन्।

    मृत भेटिएका भक्तपुर नगरपालिका– ७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई र उनकी छोरीलाई पनि बबरमहलबाट नियन्त्रणमा लिएको बताइएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।