११ गते बस्नेगरी संसद्‍ बैठक स्थगित

प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित गरिएको छ।

मङ्गलवार बसेको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधकाबीच संसदीय कारबाही अघि बढाउँदै सभामुख देवराज घिमिरेले दुई वटा प्रस्ताव पारित गर्दै अर्को बैठक ११ गते बस्नेगरी स्थगित गरिएको घोषणा गरे। संसदको अर्को बैठक ११ गते बिहान ११ बजे बस्ने छ।

बैठकमा प्रतिपक्षी दलहरूको विरोध र नाराबाजीका बीच दुई वटा प्रस्ताव बहुमतले पारित भएको पनि सभामुखले घोषणा गरे।

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे भने मङ्गलवारको कार्यसूचीमा नराखिएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० फिर्ता सम्बन्धी प्रस्ताव गृहमन्त्री रवि लामिछानेले प्रस्तु गरेका थिए।

कांग्रेस लगायत प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी गरिरहँदा पनि संसदीय कारबाही अघि बढाउँदै सभामुखले दुबै प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *