प्रतिपक्षीको नाराबजीका बीच दुई प्रस्ताव बहुमतले पारित

प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस र अन्य विपक्षी दलहरूको विरोध जारी छ। तर, सभामुख देवराज घिमिरेले संसदको कारबाहीलाई जारी राखेका छन्।

निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको बैठकमा सभामुख घिमिरेले कांग्रेस लगायत विपक्षी दलहरूको विरोध जारी रहँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रममा बोलाए। प्रधानमन्त्री दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरे भने मङ्गलवारको कार्यसूचीमा नराखिएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० फिर्ता सम्बन्धी प्रस्ताव पेश गरे।

कांग्रेस लगायत प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी गरिरहँदा पनि संसदीय कारबाही अघि बढाउँदै सभामुखले दुबै प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *