संसद्‍मा कांग्रेसको अवरोध कायमै, नारावाजीका बीच बैठक जारी

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका छन्। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरिहेको छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्ने बित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।

यसपछि कांग्रेस सांसदहरूले विरोध गरेका थिए। विरोधका बीच सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद प्रस्ताव राख्न समय दिएका थिए। कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *