पर्यटकलाई हैरानी दिने सातजना युवा पक्राउ

पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो अनुकुलको होटलमा जान दवाव दिने सातजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुले कतिपय सर्वसाधारण र पर्यटकलाई आफुले भनेको बसमा यात्रा गर्न पनि बाध्य पार्दै आएका थिए।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखराको पृथ्वीचोक ओर्लेका यात्रु र पर्यटकलाई पक्राउ परेका ती युवाहरुले आफुले भनेको होटलमा बास बस्न जान दवाव दिने गरेका थिए। कतिपयलाई बसमा यात्रा गर्दा पनि आफुले भनेको बसमा यात्रा गर्नुपर्ने भन्दै उनै युवाहरुले दवाव दिने गरेका थिए।

‘बाहिरबाट पोखरा भित्रेका आन्तरिक र बाह्य यात्रुलाई ती युवाहरुले आफुले भनेको होटलमा जानुपर्ने भन्दै झोला तान्ने, पैसाको मोलामोलाई गर्ने गरेका थिए,’ शर्माले भने, ‘पोखराबाट बाहिर जान थालेका यात्रुलाई पनि आफुले भनेकै बसमा यात्रुा गर्न पनि उनीहरुले दवाव दिने गरेका थिए।’ प्रहरीका अनुसार लागु औषधजन्य पदार्थ सेवन गरि होहल्ला गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षिय यमबहादुर बिक, पोखरा–९ बस्ने २८ वर्षिय सागर क्षेत्री, २९ वर्षिय बिक्रम सुनार, २४ वर्षिय अर्जुन सेन्चुरी, २० वर्षिय लक्ष्मण सिंह, पोखरा–७ बस्ने २२ वर्षका विकाश श्रेष्ठ र २८ वर्षिय २८ साजन परियार रहेको प्रहरीको भनाई छ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी शर्माले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *