२०८३ असार ३२ , बिहीबार

‘लाग्छ कि लाग्दैन भिसा बरी लै’ बजारमा



जहाज चढी अस्ट्रेलिया जाने मेरो रहर

कस्तो होला भन वरै तिनको सहर

लाग्छ कि लाग्दैन भिसा बरी लै

नजिकिँदो तीजको अवसर पारेर तयार पारिएको प्रस्तुत नयाँ तीज गीत ‘लाग्छ कि लाग्दैन भिसा बरी लै’ भर्खरै बजारमा आएको छ। युवा संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको यस गीतमा बाल गायिका आश्रिया सुवेदीको स्वर रहेको छ भने संगीतकार अनिल सुवेदीको शब्द रचना रहेको छ।

अशोक थापाको संगीत संयोजन रहेको यस गीतमा दिल सार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ मास्टिरिङ रहेको छ। गीतको भिडियो निर्देशन कृष्णदेव रूपाखेतीले गरेका छन् भने स्मारिका ढकालको अभिनय रहेको छ। राहुल बराइलीको नृत्य, उत्सव दाहालकोे छांयाकन रहेको यस गीतको सम्पादन मिन रावलले गरेका छन्।

नेपाली नारी जातिकै महान् पर्व हरितालिका तिजलाई लक्षित गरी ल्याइएको प्रस्तुत गीतमा नयाँ विषयवस्तु र फरक शैली रहेकाले गीत सफल हुने गीतकार सुवेदी बताउँछन्। आफ्नो स्वर रहेको यो गीतलाई दर्शक एवं श्रोताले मन पराइदिनेमा आफू ढुक्क रहेको बाल गायिका सुवेदीले बताइन्।

गीत र संगीतको मर्मअनुरुप भिडियो तयार पारिएको निर्देशक कृष्णदेव रूपाखेतीले बताए। गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको छायाकार उत्सव दाहालले बताए। ओएसआरबाट सार्वजनिक भएको गीत मनोरञ्जनमूलक रहेकाले दर्शकले रुचाउनेमा मोडल स्मारिका ढकाल पनि विश्वस्त छिन्।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार