२०८३ कात्तिक २० , शुक्रबार

पोखराले टस जितेर बलिङ रोज्यो, चितवनले पहिले ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जित्दै चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि चितवनले निर्धारित २० ओभरमा ब्याटिङ गर्नेछ। आजको खेलमा पोखराले कप्तान परिवर्तन गरेको छ। नियमित कप्तान कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई टोलीको नयाँ कप्तानको जिम्मेवारी दिइएको छ। पोखराले आफ्नो प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ। शकिब अल हसनको स्थानमा युवराज सम्रा पहिलो रोजाइमा परेका छन्।

त्यस्तै सुदीप अर्याल र सागर ढकालले पनि आजको खेलमा मौका पाएका छन्। आकाश चन्द र विपिन आचार्य भने बेन्चमा छन्। यता चितवन राइनोजले पनि टोलीमा दुई परिवर्तन गरेको छ। मार्की खेलाडी कुशल मल्ल र डान माउस्लीले आज पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन्। देव खनाल र टम टेलर भने बेन्चमा राखिएका छन्। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार